Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रबिकाे रास्वपा नामले चिनिने फरक तर फगत बाहुनवादकाे ब्रान्ड : दावा छिरिङ शेर्पा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 19, 2024

राजनैतिक अलग धार भन्नेबित्तिकै समयानुकूलकाे अन्य दलको एजेन्डा भन्दा बिलकुलै अलग धार भित्र सबै अटाउने नयाँ भिजन्दार खाका अर्थात सडकबाट उठेको सबैखाले असन्तुष्टिहरु समेट्ने बलियो एजेन्डा जनताको माझ पस्केर बफादार जनप्रिय स्पस्ट र सहअस्तित्व भावनात्मक निस्वार्थ हुनुपर्छ ।त्यसलाई भनिन्छ, सच्चा देशभक्त जनप्रेमी नेता ! तर नेपालमा राजनिती गर्ने नेताकाे आचरण रंग न ढंगको घाटबाट तर्सेर भागेकाे मान्छे जस्ता कसैले एउटा फरक प्रस्न राख्दा पनि झस्किने देश र जनताको मन मनमा बस्न सकिन्छ त ? यस्तै प्रस्नले घेरिएको जमात देखेका छौँ ।

उदाहरणका लागि नयाँ उदय भएको रास्वपा ब्रान्डलाई लिन सकिन्छ । रास्वपा स्थापना काल देखि नै मेजर टिममा बाहुनवाद गन्हाउने नश्लिय झुन्ड लिएर दोहोरो नागरिकता दोहोरो चरित्र बोकेर चोरबाटाे हुँदै निर्वाचन आयोगमा रास्वपा ब्रान्ड दर्ता गरेकाे थियो । जन्मनु सुरुदेखि रास्वपा पार्टी परिवर्तनको सम्बाहक बन्न सक्ने पार्टी होइनन् भन्ने प्रष्ट छ । रास्वपा देश बनाउने दर्शन बिहिन एउटा झुन्ड अँध्यारोमा झट्टी हानेर फल खान झटारो बोकेर हिडेका लुटेरा रहेको झनक देखिन्छ । जुन झुन्डमा लुट्न आतुर लुटेर जस्तो दुख्छ । दर्शन बिनाको आर्यदलमा एकदुई जना आदिवासी समुदाय हुनु दस जना पागलकाे बिचमा दुईजना पागल थपियो भने ती दुईजना पनि आपसेआप पाल बन्नेछन् ।

खासगरी रास्वपा ब्रान्डको उदेश्य आदिवासी माथि खेल्ने अर्काे सतरन्ज जस्तो देखिन्छन् । भने कतै बाहिय शक्तिबाट परिचालित ब्रान्ड जनताको शुभचिन्तक होइनन् कि बाहुन समुदायको शुभचिन्तक हुन भन्ने बुझिन्छ । अहिले जनताको मस्तिष्कमा रास्वपा ब्रान्ड देखेर उदासीनतामानौँ बूढो गोरु लखेट्ने लठ्ठी जस्तो मात्रै देखिएको नयाँ योजना लगायत संघीयताको बिपरित उभिएको देखेर पुरानो दल राप्रपा जस्तो मात्रै भएको देखेर जनता निराश देखिन्छ ।

सुरुसुरुमा रास्वपाले छोटो समयमै गरेको उपलब्धि हासिल गरेको कसरी भन्दा काँग्रेस कम्युनिस्ट ब्रान्डका यथास्थितिवादी चिन्तन र भ्रष्टाचार घोटाला जस्ता गीद्वे नजरकाे नालायकपनाले जनता भयंकर भयभित भएर नयाँ दललाई केही गर्ने आशाकाे किरण बनेर जन्मेको ब्रान्ड सहकारी काण्डमा विवादित थियो ।

नेपालको राजनीतिक इतिहासमा पुराना पार्टीहरूबाट निराश जनता एउटा सशक्त र इमानदार नेतृत्वको खोजीमा थिए । यस कठिन परिप्रेक्ष्यमा रास्वपा ब्रान्ड नेतृत्वमा रास्वपाले जनतामा आशा र भरोसा जगाउन सक्षम हुने थियो । छोटो समयमै २० सिटको जित हासिल राष्ट्रिय पार्टीको मान्यता र चौथो ठूलो पार्टी बन्नु भनेको साँच्चै गर्वका विषय पनि थियो ।

रास्वपाको उदय धेरै हदसम्म पुराना दलहरू प्रतिको असन्तुष्टिमा आधारित थियो र “सिधाकुरा जनता संग” जस्तो लोकप्रिय मिडिया कार्यक्रममा साहसी पत्रकारिताको प्रभावमा जनताले रास्वपालाई वैकल्पिक शक्ति मान्न थालेका पनि हो । यो नै प्रमुख कारण हो जसले रास्वपाको शुरुआती सफलतामा योगदान पुर्यायो । तर, समयसँगै देखा परेका चुनौतीहरूको सामना गर्न रास्वपाले पार्टीको नीतिगत स्पष्टता र संगठनात्मक क्षमता अझ मजबुत हुने भयरहित पार्टी बन्नेछन् भन्ने भरोसा थियाे ।

पार्टीमा अर्थविद् डा. स्वर्णिम वाग्ले, सफल बैंकर अनिल केशरी शाह र विभिन्न क्षेत्रका विशेषज्ञहरूको उपस्थिति भनेर जनतामा एक प्रकारको उत्साह र भरोसा थपेको थियो । तर उनीहरु पनि नेतृत्वको जिम्मेवारी लिन नसकिने नै हुन आफैमा दुःखद विषय हो । पछिल्लो समय भएको इलाम उपचुनाव, सहकारी काण्ड र अन्य विवादहरूले रास्वपाको छविमा केही असर गर्न सुरु भयो । यी घटनाले पब्लिकको आँखामा पार्टीप्रतिको विश्वासमा कमी आउन थालेपछि तुरुन्तै सरकारमा पुन सामेल भयो ।

पुराना दलहरूले रास्वपाको उदयलाई चुनौतीका रूपमा एमाले र कांग्रेस जस्ता ठूला दलहरूले रास्वपालाई दबाउने रणनीति अपनाइरहेका देखिन्छन् । जसको रास्वपाले गम्भीर रूपमा सामना गर्नुपर्नेछ । एमाले र कांग्रेस बीचको हालको गठबन्धन र उनीहरूले रास्वपालाई निष्क्रिय पार्ने प्रयास समेत देखिन्छ । पहाडी जिल्लाहरूमा रास्वपाको लोकप्रियता घटिरहेको स्पष्ट देखिएको छ, जसको प्रमुख कारण भनेको संगठनको कमजोरी र जिम्मेवारी लिएर बसेका नेताहरूको राजनीतिक र व्यवस्थापकीय ज्ञानको कमी हो ।

रास्वपाको “जान्नेलाई छान्ने” भन्ने नाराले धेरै जनतामा आकर्षण भएको थियाे तर जिम्मेवार नेताहरूले आफूलाई जिम्मेवार ठान्दै आफ्नो भूमिका राम्ररी निर्वाह नगर्ने एउटै नश्लका आर्यहरुकाे जमातकाे भिड देखियाे । पदीय दायित्व निर्वाह गर्न सक्ने सक्षमलाई मात्र संगठनको नेतृत्वमा राख्नपर्छ भन्ने विषयमा रास्वपा चुक्यो । यस समस्यालाई समाधान गर्न, योग्य र सक्षम व्यक्तिहरूलाई अगाडि ल्याउने र जिम्मेवारी सही रूपमा बाँड्ने नीति शुन्य देखिन्छ । कुनै नेताले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको ठहर भए, उनले स्वाभिमानपूर्वक पदबाट हट्नुपर्छ र योग्य व्यक्तिलाई अवसर दिनुपर्छ भन्ने मार्ग बिर्सेर एकात्मकवादी बाहुन खलककाे गड भेला गरेकाे मात्रै देखिन्छन् । भने उहि पुरानाे दलगत दलालकाे गठमा नयाँ रंग भरेकाे रंगीचंगी मात्रै झल्किन्छ ।

रास्वपाकोे प्रमुख ध्यान आगामी २०८४ सालको चुनावमा संघीय र प्रदेशको चुनाव त्यति बहुमत ल्याउन स्थानीय तहमा प्रभावशाली व्यक्तिको उपस्थिति हुन सक्ने छनक देख्दैनन् । रास्वपाकाे मुख्य एजेन्डा पृथ्बी नारायण शाहले नेपाल एकीकरण गरेको सिद्धान्तलाई रास्वपाले शिरोधार्य गरेको देखिन्छ ।
रास्वपाको उदय कुनै साधारण राजनीतिक प्रयोग होइन ।

नयाँ दल भन्नाले नेतृत्व तहमा स्पष्ट अडान र जिम्मेवारीको बारेमा स्पष्ट नीतिहरू बनाइनु पदर्छ । तीन तहको सरकार सञ्चालनका लागि स्पष्ट खाका बनाउँदै, मौज्दात विधिलाई परिमार्जन गरेर माष्टर प्लान अनुसारको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक नीति, रक्षानीति आदि क्षेत्रहरूमा ठोस कार्यक्रमहरू ल्याउन कुनै भिजन देखिएनन् ।

गुणस्तरीय शिक्षा सबैका लागि पहुँचयोग्य बनाउन शिक्षा प्रणालीमा राजनीतिलाई शिक्षाबाट अलग पारेर आमुल सुधार ल्याउनुपर्ने थियाे । खेलकुद, संगीत र अन्य रचनात्मक क्षेत्रहरूको संस्थागत विकास गरेर विद्यार्थीहरूको समग्र विकास सुनिश्चित गरिनुपर्ने योजना छैनन् । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विशेष गरी निमुखा र आर्थिक रूपमा कमजोर जनताका लागि लक्षित कार्यक्रमहरू बनाइनुपर्ने थियो ।

कृषि, पर्यटन, जलबिद्युत, उद्योगहरुको उचित प्रवद्र्धन र बढावा दिदैं रोजगारीका अवसर सिर्जना गर्दै नेपाली युवाहरूलाई विदेश जानबाट रोक्न देशमै रोजगारीको वातावरण निर्माण गर्नु आवश्यक थाँती नै छ भने त्यतातिर कुनै चासो दिएको पाउदैनन् । वैदेशिक नीतिमा सुधार गरेर, विदेशमा रहेका नेपालीहरूको हकहित सुनिश्चित गर्न सरकारले ठोस कदम हुनुपर्नेमा उल्टै ठगी खान झुन्ड तयार पारि ठग्न थालेको छ भन्नेमा सुन्न आकाे छ । रास्वपा पार्टीको लक्ष्य भनेको केवल पुराना दलहरूसँग प्रतिस्पर्धा गर्नु मात्र हो । बरु नयाँ, सशक्त र इमानदार शक्तिहरूसँग मिलेर दीर्घकालीन राजनीतिक स्थिरता र समृद्धि हासिल सकियो भने उपयुक्त हुने अनुमान गर्नसकिन्छ ।

यद्यपी नयाँ शक्तिहरु मिलेनन् भने, यी पनि कोही दोस्रो वा तेस्रो मुलुकबाट परिचालित छन् भनेर बुझ्न कठिन नहोला । ध्यान, त्याग, समर्पण र व्यवस्थापनको उचित संगमले मात्र यो अवस्थाको समाजलाई सुधारक बन्न सक्ने भएकोले राष्ट्रिय भेलाले समग्र बाधा अड्चन फुकाउदैं मुलुकभरि उठेको यावत एजेन्डालाई एकैसाथ लैजानु पर्ने यथार्थहरुकाे चाङमा यस्ता ठगचतुर्‍याइँ बाट देशले निकास पाउलान भन्नू पहिरो मुनिकाे घर जस्तो मात्रै हुनेछ ।

समग्रमा यी रास्वपा नामले चिनिने फरक तर फगत बाहुनवादकाे ब्रान्डहरु जतिसुकै सुनले धोएकाे हाेस समाज सुधारक बन्ने छैनन् । अन्य जुनसुकै दल हाेस संघीयता सम्हालेर लैजान सक्ने सच्चा लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र, सामुदायिक समाजवाद प्रति झुकाव भएको हाेस त्यसले यो समाजलाई सजिलैसँग समेटेर लाने हिम्मत भएकालाई आगामी दिनहरुमा चुन्नु जरुरी छ ।

लेख दावा छिरिङ शेर्पा संघीय शेर्पा प्रान्तीय मञ्चमा आवद्ध हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आइतबार बिदा र ढिलो शैक्षिक सत्र सुरु गर्ने निर्णयप्रति स्थानीय...

  • April 17, 2026

आजका लागि कृषिउपजको थोक मूल्य

  • April 17, 2026

चाँगुनारायणको आन्तरिक आम्दानी २१ करोड नाघ्यो

  • April 16, 2026

विभिन्न कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रकाे छड्के ६३२ जना ...

  • April 16, 2026

सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापन बिषयमरकाे छलफलमा ज...

  • April 16, 2026

संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता

  • April 16, 2026

दाइजोमुक्त विवाहको पक्षमा उपसभामुख रुबी कुमारी ठाकुरको स्पष्ट ...

  • April 16, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved