Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हुतिहारा प्रकाश र हुइयाँ नेपाली समाज

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 30, 2024
51 shares

डा.भक्त राई🖊️ हेर्ने कथाकी प्रस्तोता विधा चापागाइँले दुई वर्ष अघि बनाएको हेर्ने कथाको पात्र प्रकाश तामाङ अर्थात् काले यतिबेला एकाएक भाइरल भएको छ । युरोप, अमेरिकाजस्तो अत्यन्तै अनकण्टार ठाउँमा पुगेको अपठित नेपाली युवाहरु, साउदी, कतार, बहराइन, ओमान, कुवेद आदि देशमा पुगेर बिचल्ली परेका अपठित कैयौं नेपाली चेलीहरु अनेक प्रयास गरेर नेपाल आइपुग्छन् ।

न उनीहरुले त्यहाँको भाषा बुझ्छन्, न त त्यो देशको कानुन । न त उनीहरुसङ्ग त्यो देशको पैसा हुन्छन् न त हिँडेरै नेपाल आइपुग्न सम्भावना हुन्छ । तर याहीँ काठमाडौ नजिकै गोर्खामा भासिएका त्यो प्रकाश काले आफ्नो जन्मस्थान झापा पुग्न के गारो थियो ? त्यसैले त्यो प्रकाश काले हुतिहारा हो, निकम्मा हो, लमुते हो, बेकुफ हो, भाते हो अनि कामै नलाग्ने लाछी हो । ल त्यो कालेलाई घरको ठेगाना थाहा थिएन रे, आफन्तबारे थाहा थिएन रे थाहै नभै कसरी हेर्ने कथाको टिमले उसलाई कसरी घर पुर्यायो त? उसैले दिएको सूचनाको आधारमा ऊ आफ्नो घर पुग्यो त्यही सूचनाको आधारमा ऊ एक्लै खोज्दै गएको भए पनि त पुग्नेथियो । रह्यो खर्चको कुरा उनको साहुको भनाइ अनुसार “उसको ठेगाना थाहा नभएर मात्र हो नत्र हामी पठाउँथ्यो ” यसबाट के प्रष्ट छ भने प्रकाश कालेले नै घर जान चाहेन ।

नत्र भने त साहुसङ्ग अनुरोध गरेर नत्र विद्रोह गरेरै भने पनि पाँचदश हजार खर्च त मिलिहाल्थ्यो नि । साँच्ची भन्ने हो भने त्यत्रो हिउँपाखामा उकालो उरालो गर्ने मान्छे हिँडेरै पनि चारपाँच दिनमा झापा वा भोजपुर पुगिन्छ । मानिलिउँ साउले पैसा दिदै दिएन रे त्यस्तो अवस्थामा पनि कैयौं बिखर्ची मान्छे अरुकै सहयोगमा कहाँकहाँ पुग्छ त्यो प्रकाश काले चाहिँ पुग्न नसक्ने हुन्छ ? कैयौं अपाङ्ग मान्छे, आँखा नदेख्ने मान्छे देशभर पुग्छ त्यो काले चाहिँ गोर्खाबाट झापा नपुग्ने भन्ने हुन्छ ? ल सानो बालक हुँदा त ऊ घर जान सकेन त्यो उसको बाध्यता थियो जब ऊ जवान भयो, यो उमेरसम्म के हेरेर बस्यो ? त्यत्रो बुढो भैन्जेल बाउआमा, घरपरिवार, गाउँघर जान नखोज्ने अनि कसैले तिम्रो घर जान्छौ ? भन्दा लुसुक्क पछिपछि लाग्नु उसको गल्ती हो । जस्तै लाटाले पनि आफ्नो घरपरिवारको त माया गर्छ नि । कति अपठित गाउँले युवायुवतीहरु विश्वको कस्ता अनकण्टार कुनाबाट त नेपाल आइपुग्छ भने गोर्खाबाट झापा जानु कुनै ठुलो कुरै होइन उसैले नचाहेरै हो ।

धिक्कार होस नेपाली समाज यस्तै हुतिहारा मान्छेलाई सहयोग गर्ने बाहनामा भाइरल बन्न भाइरलेहरुको तछाडमछाड छ । प्रकाशजस्ता हराएको गरिब पात्र त नेपालको गाउँगाउँमा छ सबैलाई घर, जग्गा पैसा, जागिर बाँडेर सकिन्छ ? उसलाई सहयोग गर्नुहुन्न भन्ने मेरो आशय होइन बरु उसलाई त न्याय दिलाई दिने हो । साउसङ्ग उसको परिश्रमको ज्याला दिलाइदिने हो । हो मान्छेलाई पैसा होइन पैसा कमाउने चेतना र सिप बाँड्नु पर्छ ।

मान्छेलाई घरघरमा माछा बाँड्ने होइन माछा उत्पादन गर्ने र खाने सिप पो बाँड्नु पर्छ त । सबै हावाको पछि कुद्ने ? प्रकाशले त अर्काको घरमा दुख पायो आफ्नै घरमा बसेर दुख पाउने कति छन? प्रकाश त आफ्नै देशमा हरायो अन्जान मुलुकको अनकण्टार ठाउँमा हराउनेहरु कति छन ? कसैको चासो छ ? सम्झिदा नि दिक्क लिसा ।

https://www.facebook.com/share/p/VxGTFB6ceKnRmaTU/?mibextid=oFDknk

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved