Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्वदेशमा नै मिहेनत गरौ : गिदाेन लामिछाने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 15, 2024
18 shares

✏️गिदाेन लामिछाने, नेपालीमा एउटा भनाई छ, ‘मिहेनतीको भागमा माछा र मासु, अल्छेको भागमा आँसु नै आँसु ।’ ‘नेपाल अब सकियो, केहि काम छैन, नेताले देश विगारे, नेपालमा युवाको भविष्य छैन’ आदि इत्यादि भाष्य सृजना गरेर साच्चिकै नेपाल काम नलाग्ने देश बन्दैछ र अब युवाहरुले आफ्नो भविष्य निर्माणका लागि विदेश जानु नै विकल्प भएको भन्न थालिएको छ ।

यदि यसरी नै कामको खोजीमा भविष्य राम्रो बनाउने भन्दै सबै जनशक्ति विदेश पलायन हुने हो भने नेपालको वर्तमान भन्दा भविष्य निकै डरलाग्दो देखिँदैछ । पढेको वा नपढेको, छोरा वा छोरी सबै विदेश जानु नै सुन्दर भविष्य हो भन्ने मान्यता स्थापित हुन थालेको छ यो खतराको विषय हो । किनभने देशको जनशक्ति विदेशमा पलायन हुनु र अझ उतैतिर नागरिकता लिएर विदेशी बन्नु भनेको दिनप्रतिदिन देश, राष्ट्रिय कमजोर बन्नु हो ।

” विदेशको कमाईले नेपाल बन्दैन । केही आर्थिक अवस्थामा सुधार आए पनि यसले सामाजिक तथा जैविक विकासमा नकरात्मक असर पारिरहेको छ । त्यसैले देशको जनशक्ति देशभित्रै खपत गर्न गराउन मिहेनती बनौं । “

विदेशमा पैसाको रुख हुने होइन । नेपालबाट विदेश गएकाहरुले बोटबाट पैसा टिपेर नेपालमा पठाउने होइनन् तर विदेशमा काम, समय र पैसा सबै बुझिएको हुन्छ । नेपालमा बस्ने युवाहरु रातभरी मोबाइलमा व्यस्त हुन्छन्, विहान १० बजेसम्म सुत्छन् र दिनभरी आङ तान्दै कता मिठो मसिनो पाक्छ भनेर डुलि हिड्ने गर्छन् । भेटेसम्म सित्तैमा खान खोज्छन् र सित्तैमा लाउन खोज्छन् । भुईमा निहुरिन चाहँदैनन् ।

त्यसैले नेपालमा युवाहरु आफ्नो भविष्य देख्दैनन् । बरु साहुंको महंगो व्याजमा ऋण काडेर विदेश जान तयार हुन्छन् । उनीहरु विदेशमा पुगेपछि जस्तोसुकै काम गर्न पनि तयार हुन्छन् । उनीहरुले आफ्नो देशमा घर परिवारमा लुगाधुन, भाडा माझ्न र कुचो लगाउन पनि जान्दैनन् तर विदेशीका हर सेवा गर्न तयार हुन्छन् । यसले के स्पष्ट गराउँछ भने नेपालीहरु अल्छे बन्दैछन् ।

विहान कम्तिमा ५ बजे उठेर बेलुका ७ बजेसम्म नेपालमा परिश्रम गर्ने मानिसले उन्नती प्रगति गर्न सक्छ । प्रविधिको सदुपयोग गरेमा नेपालमा ८ घण्टा काम गरे अरु १६ घण्टा आरामले जीवन जिउन सक्छ । स–साना लगानीबाट धेरै आम्दानी गर्न सकिन्छ । नेपालमा एक जना काम गर्ने अनि ५ जना बसेर खाने संस्कार छ त्यो सबैभन्दा खत्तम संस्कार हो । सबैले आफुले सकेसम्मको काम गर्नुपर्छ । अरुसँग आसा गर्नुभन्दा आफ्नो लागि आफै काम गरेर खाने हुनुपर्छ । अशक्तहरुको हकमा नभए पनि सामान्य जीवन अवस्था भएकाहरुले आफुलाई ठिक ढंगले परिचालन गरेमात्र नेपाल सुन्दर छ ।

यहाँको जैविक, भौगोलिक तथा सांस्कृतिक विविधता ठूलो सम्पत्ति हो। यो सम्पत्तिलाई प्रयोग गर्न सके नेपाल संसारका अन्य धनि देशहरुसँग प्रतिष्पर्धा गर्न सक्छ । आफ्नो स्रोत साधन विदेशीले कौडीको भाउमा लाने र विदेशीका सरसमान बहुमुल्य हालेर खरिद गर्नाले नेपालको सबै पूँजी आखिर विदेशमा नै जाने हो ।

विदेशको कमाईले नेपाल बन्दैन । केही आर्थिक अवस्थामा सुधार आए पनि यसले सामाजिक तथा जैविक विकासमा नकरात्मक असर पारिरहेको छ । त्यसैले देशको जनशक्ति देशभित्रै खपत गर्न गराउन मिहेनती बनौं । अरुलाई दोषी देखाएर भविष्य नविगारौं, आफ्नो भविष्य आफै बनाउने हो, सँधै मिहेनत गरौं ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved