Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

” पुरानो मानचित्र ” कविता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 5, 2024

देशका शासकहरु
देश भत्काएर,देश टुक्राएर
निर्माण गर्न अभ्यास्त छन्
शिहंमर्रमर्र जडित निजी महल।

भ्यु टावर भन्दा अल्गा अल्गा
गगनचुम्वी शासकका महलहरु
हेरेपछी लाग्न थाल्छ बुर्ज खलिफा
शहरको कुनै भब्य घण्टाघर
अथवा माथी पहाडको टुप्पो देउराली।

वर्गमिटरमा क्रमश ………
खुम्चिदै गरको मेरो प्यारो देश
सुस्ता ,दशगजा,कालापानी र लिपुलेक
सिमा अतिक्रमण भोग्न विवश छ
प्राचिन नक्शाका प्रमाणहरु छोपेर
सिमानाको जंङ्गे पिलरहरु ढालेर
कसरी गरियो एकाएक मेरो
देशको सिमा अतिक्रमण?

चुच्चे नक्शा जारी गर्नेहरु लाई
सोध्न मन छ यस्ता प्रश्नहरु!
कीन प्राप्त भएन नक्शामा जारी
हाम्रो लिपुलेक,कालापानी
देशको भुभाग आज सम्म देशलाई?

ग्रेटर नेपालको त्यो प्राचिन नक्शा
टिस्टाकाँगडा,सतलज,भाग्सु र देहरादुन
पर्वतकी रानी शुन्दर दार्जिलिङ
वीर पूर्खाहरुको रगत पसिनाले आर्जेको
वीर गोर्खालीको वीरता र श्वाभिमानले सिर्जिएको
नेपाल आमाको नासो,अतिक्रमित ती भुमीहरु
चाँडै स्वदेश फर्काउने देशभक्तहरु
कोहि छ? प्रश्न अनुत्तरित छ
देशले भक्ति थापा र
कालुपाण्डेहरु पर्खिरहेछ
अमर शिंह र बलभद्र खोजिरहेछ।

कला,सौन्दर्यले भरिपुर्ण
शान्तिको शान्त तपभुमी
साँस्कृतिक,पृथक पहिचान बोकेर
सगरमाथा उभिएको छ विश्वमाझ
ईतिहासको पाना बाट कोट्याएर
नेपाली माटोको मिठो सुगन्ध
सारा संसार भरि फैलाउने
कुनै वीर योद्धालाई संम्झेर
जोड्दैछु नेपाली आस्थाको स्तम्भ।

उठाएर एकताको पर्खाल
भुगोल भित्र खोजिरहेछु
बर्षौ देखि वेखवर बाँचिरहेको
पुर्खाहरुको साहसको निसानी
पुर्खाहरुले रोपेका संस्कारका विरुवाहरु
र वैरीको चंगुलबाट रगत,पसिना बहाएर
कोरेको वलिदानको अमर कथा
दुःखले आर्जेको देशको जिवित अस्तित्व
सबै सबै पुरानो ऐतिहासिक मानचित्रमा
हेर्न लालयित नयाँ पिढिँहरु
जस्लाई जोडनु छ, देशको मुटु संग
नयाँ नेपालको नयाँ मुहारहरु संग।

सर्जक :- हिमांशु राय
बेलबारी न.पा.११,लक्ष्मीमार्ग मोरङ,
[email protected],

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रास्वपा मकवानपुरकाे जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा : सञ्जीव ...

  • June 6, 2026

आधा पालिका बाँकी राख्दै सुरु भएको रास्वपा रौतहटको जिल्ला अधिवे...

  • June 6, 2026

रास्वपा भक्तपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभातिमा पुन: र...

  • June 6, 2026

रास्वपाको जिल्ला अधिवेशन देशभर सुरु, दुई दिनमा ६७ जिल्लामा नेत...

  • June 6, 2026

डीआईजी ओमबहादुर रानाको नेतृत्वमा सुदूरपश्चिम प्रहरी देशभरमा प्रथम

  • June 6, 2026

विश्व वातावरण दिवसमा थापाठाना माविको उदाहरणीय पहल

  • June 6, 2026

रास्वपा भक्तपुरको प्रथम जिल्ला अधिवेशन सुरु, संगठन विस्तार र न...

  • June 6, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved