Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली समाजमा बेबि सावरको चलन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 1, 2024
69 shares

 डिकेन्द्र बस्नेत। केही वर्ष यता नेपाली समुदायमा बेबि सावरको चलन निकै बढदै गएको पाइन्छ । आफू बसेको वरपर कसैले केही गरेको भरमा त्यसको नक्कल गर्न नेपाली समाज निकै अग्रसर भएको देखिन्छ । हुनत: त्यो आफ्नो विचारको कुरा हो । यस प्रचलनले समाजमा कस्तो प्रभाव पारिरहेको छ त। विशेषतः कार्यक्रम गर्ने मात्रै कहाँ होर अझ पेट देखिने गरि फोटो सुट समेत गरिन्छ । अहिले त ट्रेण्ड नै जस्तो भएको छ। फोटो सुट गर्न भनेर पैसा तिरेर क्यामेरा मेन बोलाई बोलाई विभिन्न स्टाईलमा फोटो लिने गरेको छ।

ठिकै छ हुन सक्नेले त गर्लान् जो सामाजिक सञ्जाल लगाएत मिडियामा देख्छन जस्लाई बिहान बेलुका छाक टार्न गार्‍हो हुन्छ तिनिहरुले के गर्लान् त। उनिहरुले पनि आफ्नो अवस्था अनुरुप कम खर्चमा गर्न सकिन्छ । तर बेबि सावर गर्ने कि नगर्ने त्यो व्यक्तिको आफ्नो विचार हो । आफैंमा भर पर्ने कुरा हो ।

हरेक विवाहित जोडिको सपना हुन्छ आफ्नो एउटा सन्तान होस् । नवसन्तानको आगमनसँगै आफ्नो नजिकका साथीभाइ, आफ्नतसँग खुशि साट्नका लागि भनेर यस कार्यक्रमको आयोजना गर्ने गरेका छन । भन्ने गरेकोे पाइन्छ सबैको जीवन जिउने तरिका फरक छ तर अरुको जीवनमा दखल दिने वा समस्याको कारण भने पक्कै बन्नु हुदैन ।

विशेषगरी पहिले समयको समाजमा बाहिरफेर खुल्न लजाउने, र तमकझमक गर्ने पनि त्यत्ति प्रचलनमा थिएन । घरको सबै व्यवहार तथा आर्थिक पाटो अभिभावकले नै गर्दे आएका थिए । समय र अवस्थाहरु परिवर्तन हुन थाले । धेरैजसो नेपालीहरु विदेशिन थाले कोहि खाडि मुलुक, युरोप तथा विकसित रास्ट्रहरु गएसँगै उनिहरुको सोच, विचार र दृष्टिकोण फेरिन थाल्यो। अब हामी हाम्रो समाजमा लुकेर, लजाएर होइन तर खुल्न जरुरी रहेको महशुस गर्न थालेका छन् । अहिलेको दम्पती पनि आर्थिकरुपमा सक्षम हुन थाले ।

कसैले भनेका छन बेबी शावर एउटा उदयमान प्रवृत्ति हो जसले आफ्नो नयाँ बच्चाप्रति माया र करुणा देखाउँछ। मलाई लाग्छ बेबी सावरको दुबै पक्षहरू छन्, नकारात्मक र सकारात्मक सबै चीजहरू जस्तै। यदि तपाइँ सोच्नुहुन्छ कि यसले तपाइँको जीवनमा मूल्य र खुशी थप्न सक्छ, तपाइँ यसलाई मनाउन सक्नुहुन्छ । तर, यो सबैको बाध्यता भने पक्कै हुनुहुँदैन ।

बेबी सावर गरेकाहरु भन्छन गर्भावस्था यात्राको मीठो सम्झनाहरुलाई निर्माण गर्ने र नयाँ बच्चालाई स्वागत गर्दा परिवारमा थप आनन्द र आनन्द ल्याउन सक्ने आशा गर्छन।

के हो बेबी शावरको अर्थ :
बेबी शावर एक पार्टी अर्थात कार्यक्रम हो जुन नवजात शिशुको स्वागतको लागि मनाइन्छ। नेपालीमा बेबी शावरको अर्थ (दहिचुरा) हो। यो गर्भावस्थाको ९ महिनाको अवधिमा मनाइन्छ जसको अर्थ गर्भावस्थाको अन्तिम ट्रिमिस्टर हो। नेपाली समाजमा दही (दही) लाई हरेक संस्कारका लागि शुभको रूपमा लिइन्छ । नवजात शिशु र आमाको सुरक्षित प्रसवको लागि दही–चुरा शुभ र आशीर्वादका रूपमा पनि मनाइन्छ ।

कतिपयको मनमा होला यस्ता किसिमका कार्यक्रम गरेर पैसा किन फेजुल खर्च गर्ने । तर ९० प्रतिशत आमाबुबाहरु यसप्रति सकरात्मक देखिन्छ १० प्रतिशत मात्रै होला जो यस विषयमा सहमत हुदैनन् । जस्ले भन्ने गरेका छन यो त देखावटी र नराम्रो दृस्टीले हेर्ने गरेका छन। विचार तपाईंको हो यो राम्रो भन्ने लाग्छ भने स्वतन्त्र हुनुहुन्छ यदि होइन भने तपाईंले नगरे पनि गलत होइन ।

लेखक : डिकेन्द्र बस्नेत suchanachautari.com का जिल्ला संवाददाता हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved