Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सामन्तवादी युगमा वंश परम्परा कायम भएको हुन्छ : गिदाेन लामिछाने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 2, 2024
33 shares

सामन्तवादी युगमा वंश परम्परा कायम भएको हुन्छ । जुन व्यवस्थामा लिङ्गभेद चरम रहन्छ । सामन्तवादी व्यवस्थामा कुनै एक व्यक्ति राजामहाराजा बन्ने र अरु आम मानिस रैती बन्नुपर्ने अवस्था रहन्छ । हुनेखाने व्यक्तिहरु नै सामन्तहरु हुन भने हुदा खानेहरु उत्पीडित हुन् । वर्गीय समाजको रेखा कोर्ने नै सामन्तवादी व्यवस्था हो । सामन्तवादको नाइके राजतन्त्र हो । विश्वमा अहिले सामाजिक व्यवस्थाको परिवर्तनसगै राजतन्त्रको अन्त्य भइसकेको छ । केहि मुलुकमा भएको राजतन्त्र सामन्तवादी छैन, त्यो त समाजवाद उन्मूख पुजीवादी भइसकेको छ ।

तर धार्मिक सत्ता कायम भएका कतिपय मुलुकमा अहिले पनि लिङ्गभेद कायमै छ । पुरुष र स्त्रीबीचको भिन्नताले लिङ्गभेद भएको होइन तर शासक वर्गले गर्ने परिभाषा र सामाजिक संरचनाले फरक पार्दछ । नेपालमा करिब अढाई सय वर्षसम्म राजतन्त्र कायम रह्याे। त्यसअघि नै सामन्ती व्यवस्था थियो । त्यहि सामन्ती व्यवस्थामा राजतन्त्र हुर्कियो र सामन्तहरुले रजाई गरे । सामन्ती व्यवस्थाले छोरा र छोरीमा ठुलो सामाजिक पर्खाल खडा गरेर राज्यसत्तामा पुरुषहरु र महिलाहरुलाई घरधन्दा, चुल्होचौकामा सिमित गरियो । त्यसको परिणाम सम्पत्ति र अधिकारको मालिक पुरुष मात्रै बन्यो ।

नारीहरु केवल पुरुषको आवश्यकता पुरा गर्ने वस्तुका रुपमा मात्रै सिमित बनाइयो यो निकै दुःखदायी घटना थियो । पति मर्दा जिउ“दो पत्निले पतिससै चितामा जल्नुपर्ने सतिप्रथा हटेको सय वर्ष पनि राम्रो पुगेको छैन । सामन्तवादको अन्त्य भएको दुई दशक पुग्न लाग्यो ।

समाज विकासक्रम अनुसार सामन्तवादको अन्त्य पछि पुजीवाद र पुजीवादको अन्त्य पछि समाजवाद स्थापना हुने हो । पुजीवादले अहिले विश्वमा चरम उत्कर्ष लिईरहेको छ । अब विश्वमा पुजीवादी र समाजवादीका बीचमा घमासान भिडन्त भईरहेको छ । नेपालमा अहिले दलाल पुजीवादले शासन चलाईरहेको छ । सत्ताको नेतृत्वमा समाजवादीहरु नै भएपनि दलाल पु“जीवादीहरुको नियन्त्रणमा सम्पूर्ण सत्ता भएका कारण समाजवादीहरुले निर्मम संघर्ष गर्नुपरेको छ ।

नेपालको पूजीवादले पनि सामन्तवादको रक्षा गरेको पाइन्छ । पुजीवादमा अझ महिलामाथिको शोषणको रुप चरम बन्न पुगेको छ । पुजीवादले नारीहरुलाई उपभोक्ताको बस्तुका रुपमा प्रयोग गर्न चाहन्छ । यसैले अहिलेसम्म नेपाली महिलाहरु सम्पत्ति र अधिकारमा पछाडी पारिएका छन् । छोराछोरी जन्माउनै पर्ने र अझ छोरा चाहि अनिवार्य चाहिने मूल्यमान्यता हिन्दु धार्मिक नियम बन्न पुग्यो । अहिले पनि नेपाली समाजमा छोरा खोज्ने चलन यथावत छ ।

मानिसको सन्तान जन्मने वा नजन्मने भन्ने कुरा प्राकृतिक हो । व्यक्तिभित्रको आन्तरिक कारणले बच्चा जन्मन वा नजन्मन सक्छ तर रुढीवादी अन्धविश्वासकै कारण अहिले पनि महिलाहरु अन्यायमा परेका छन् । बच्चा जन्मनु र नजन्मनुमा महिलाको दोष दिइन्छ र पुरुषहरु बहुविवाह गर्न तम्सिन्छन् । बल्ल मुलुकी ऐनबाट नै बहुविवाह अपराधको रुपमा परिभाषित गरेपछि मुद्दा लाग्न थालेको छ । कतिपयले मुद्दालाई भन्दा भाग्य र कर्मलाई दोष दिएर पीडा सहेर बसेका छन् ।

कतिले कृतिम बच्चा जन्माउन थालेका छन्, कतिले अरुका बच्चा चोरेर ल्याउने गरेका छन् त कतिले अरुका बच्चालाई किनेर समेत आफ्नो बनाउने गरेका छन् यो पुरुषका लागि भन्दा महिलाका लागि अपरिहार्य बनाइएको छ । बच्चा हुनु र नहुनु पति पत्नि दुवैको जिम्मेवारी हुन्छ तर नेपाली समाजमा अहिले पनि महिलालाई मात्रै दोष दिने चलन भनेको एकदमै नराम्रो हो ।

यसैकारण संविधान तथा कानूनले समतामूलक समाज बनाउनमा नै जोड दिएको छ । यो संविधान नेपाली जनताको त्याग, बलिदान र संघर्षबाट निर्माण भएको हुनाले यसको कार्यान्वयनमा बाधक बनेका सबै सामाजिक बिकृति बिसंगतिलाई अन्त्य गर्न लागि परौं । पितृसत्तात्मक सोंच बदलौं ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved