Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आज विश्व रेडियो दिवस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 13, 2024
0 shares

डि बि मुखिया। आज विश्व रेडियो दिवस,नेपालमा रेडियो सुन्नका लागी लाइसेन्स लिने चलन थियो। सन २०११ फेब्रुअरी १३ का दिन देखि विश्व रेडियो दिवस मनाउने चलन सुरु भएसगै नेपालले पनि सन २०१२ फेब्रुअरी १३ का दिन अर्थात फागुन १ गतेका देखि विश्व रेडियो दिवस मनाउन थालेको हो।स्मरण रहोस जमानामा रेडियो बारे रमाइलो प्रसंग यस्तो थियो।जमनामा गाउघर तिर रेडियो बोक्ने र राख्ने ब्यक्तिको निकै इज्जत र सान थियो।पछिल्लो समय क्यासेट रेडियो आउन थाल्यो।

क्यासेट रेडियो बोक्नेको त झन अति नै सान र इज्जत छुट्टै नै थियो।जो कसैले रेडियो बजाउदै हिडेको देखियो र सुनियो भने केटाकेटी देखि ठुला सम्म डाडामा उभिएर हेर्ने चलन थियो।अझ क्यासेट रेडियो बजाउदै बोकेर हिडने हिडनेहरुलाइ त झन अलि बढिले नै ध्यान लगाएर हेर्ने चलन थियो।जमानामा रेडियो र क्यासेट रेडियो बोक्ने ब्यक्तिलाइ लाहुरे र धनी मान्छे अनि ठुला मान्छे भन्ने चलन थियो।साचै हो पनि,रेडियो बोक्ने ब्यक्तिहरु कि त मुग्लान,भोटोङ,दोर्लिङ र सुकिम गएर आउनेहरु हुन्थे,कि त लाहुर गएर आउनेहरु मात्र हुन्थे।जमानामा बुढापाकाहरुले स्थानिय बोलचालीको भाषामा रेडियोलाइ रेरी,रेरिवा,रेरियो भन्थे भने टेपरेकर्डिङ क्यासेट रेडियोलाइ भने टेपरीकोट भन्थे।त्यो जमानामा अर्थात तत्कालीन समयमा कसैले रेडियो लिएर आयो र क्यासेट रेडियो लिएर आयो भने वल्लापल्ला घरबाट रेडियो हेर्न र सुन्नका लागी जम्मा हुन्थे।

अझ पछिल्लो समय क्यासेट रेडियो निस्के पछि त झन कति दिदी बहिनिहरु रातीको जातो बिधिसकेर सम्म टेपरीकोट सुन्न जाने भन्दै रेडियो क्यासेट भएको घरमा जम्मा हुन पुग्थे।तत्कालीन समयमा ब्याट्रीबाट रेडियो र क्यासेट रेडियो बज्थ्यो।गाउमा,समाजमा कसैको बिवाह हुदा पनि रेडियो क्यासेट बजाएर खुप नाच्ने चलन हुन्थ्यो।जमानामा निकै लोकप्रिय रेडियोको चर्चा अझै यदाकदा भए त पनि यसको महत्त्व हराउदै गएकोछ।अझ टेपरेकर्डिङ रेडियो क्यासेटको त झन पुर्ण रुपमा अन्त भएर इतिहासमा मात्र सिमित हुन पुगेकोछ।

स्मरण रहोस कि जमानामा रेडियोको जति नै लोकप्रिय र चर्चा चहाना थियो त्यति नै रेडियो बजाउन र सुन्न भने सजिलो थिएन।नेपामा पदमा शमशेर राणाको सासनकाल हुदा बिक्रम सम्बत २००४ सालमा पहिलो पटक नेपालमा रेडियो बजाउने चलनको सुरुवात भएको थियो।बिक्रम सम्बत २००४ सालमा रेडियो बजाउने चलन राणाहरुले सुरु गरे त पनि राणाहरुले मात्र रेडियो बजाउन र सुन्न पाउथे भने सर्बसाधरण रैतिहरुले रेडियो सुन्न पाउने अनुमती थिएन।पछिल्लो समय बिक्रम सम्बत २००७ साल मंसिर २८ गते बिहान ८:३० बजे अचानक यो नेपाल प्रजातन्त्र रेडियो हो।हामी बिराटनगर मुक्तिमोर्चाबाट बोलिरहेकाछौ भन्दै राणा बिरोधी क्रान्तिको रुपमा रेडियो बज्न थाले पछि तत्कालीन मोहन शमशेर राणा प्रधानमन्त्री दङ्ग र आश्चर्य चकित परेका थिए।

उक्त बिराटनगरबाट राणा बिरोधी क्रान्तिको रुपमा सर्बशारण रैतिहरुले बिराटनगरबाट पहिलो पटक बजाइएको रेडियो भारतबाट नेपालमा ल्याएर तत्कालीन काङग्रेस मुक्तिसेनाहरुले बजाएका थिए।पछिल्लो समय नेपालमा प्रजातन्त्रको स्थापना भए पछि बिक्रम सम्बत २००७ साल चैत २० गते तारिणी प्रसाद कोइरालाको निर्देशनमा सर्बशाधरण रैतिहरुको लागी बिराटनगरबाट अधिकारीक रुपमा रेडियो बजाउन थालिएको हो।प्रजातन्त्र स्थापनाकाल पछि सर्बसाधरणको लागी रेडियो बजाउन थालेसगै अब भने सर्बसाधरण रैतिहरु मध्य जो कसैले रेडियो राख्न चाहेमा लाइसेन्स लिएर मात्र रेडियो राख्न र सुन्न पाउने नियमको सुरुवात तत्कालीन सरकारले बसाले।

यसरी रेडियो राख्न र सुन्नका लागी लाइसेन्स लिने चलन पन्चायतकाल बिक्रम सम्बत २०३७ साल पछि सम्म पनि भएको इतिहास छ।बिक्रम सम्बत २०३७ साल पछि पनि रेडियो सुन्नका लागी लाइसेन्स लिनु पर्ने र बार्षिक नवीकरण गर्दा १० रुपिया तिरेर नवीकरण गर्ने चलन थियो।नेपालमा बिक्रम सम्बत २००४ सालमा रेडियो आउनु भन्दा धेरै बर्ष अगाडी नै सन १८९४ सालमा बैज्ञानिक मार्कोनीले हावाको तरंगबाट तार बिना नै रेडियो बच्ने बारेमा पत्ता लगाएसगै बिस्वमा रेडियोको चर्चा हुन थालेको हो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved