Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कुरो पत्रकार तिनी संग सम्बन्धित मिडिया हाउसको

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 12, 2024
231 shares

लेख्न चाहिँ मिल्ला कि नमिल्ल तर लेखिदी हाले ल।यति लेख्दैमा मलाइ साइबरको मुद्दा लाग्छ भने पनि म भोग्न तयार है।

कुरो पत्रकार तिनी संग सम्बन्धित मिडिया हाउसको:- मलाइ अरु तिरको त्यति ज्ञान छैन तर म पुर्बकै भएकोले पुर्बै कुरा गर्छु ल।

म झापा दमकमा वडा न.५मा बस्छु।मेरो स्वभाव अलिक चिथोर्ने खाले छ भन्नुको आशय गल्ती गर्यो भने मेरै बाउलाई पनि औला ठडयाएर प्रश्न गर्छु सायद त्यसैले कसैको प्यारो बन्न सकेको छैन।म दमकमै जन्मे,पढे,बसे र हुर्के अनि त्यही बाट पत्रकारीता पनि सुरु गरे अब लगभग ८/९ बर्षको दौरानमा कुददै छु।यो बिचमा सिक्न धेरै छ सिकेको पनि धेरै छु।अग्रज पत्रकार सर,दाइहरु प्रती त नस्तमस्तक नै छु अर्थात आभारी नै छु धेरै कुरा सिकाउनु भएको छ।मलाई अलिक ज्यादै माया गर्दै हप्काउदै सिकाउनेमा उत्तम रिजाल दाइ कहिले नबिर्सिने नाम अनि कहिले काहीँ लेख्दै जादा भाषा शैलीमा यो भएन है भाइ भन्दै सिकाउने चिरञ्जीवी घिमिरे अनि पत्रकारीता छोड्यो कि गर्दै छ भनेर झकझकाइ रहने मन कुमार गढाल दाइ अनि पत्रकारको जिबनमा अर्थले ठुलै भुमिका बाधेको हुन्छ कहिले काहीँ अप्ठ्यारो परि हाल्यो भने कोशिस सिवाकोटी,डिबि थापा,चन्द्र राई दाइ।सायद उहाहरुकै देन हो आज सम्म जसो तसो पत्रकार भन्न पाएको छु र टिकि रहेको छु।

यो थ्यो मेरो ब्यक्तिगत कुरा अब आउ पुर्वको पत्रकार र पत्रकारीता तिर:-

पुर्बका पत्रकार प्रायः कस्ता छन भने पार्टीको झोला बोकेर पार्टीको गुनगान गाएर भनी नसक्नु छ डुङ डुङ्ती गनाउने बोका जस्तो गनाएको छ पुर्वको पत्रकारीता।

हिजैको एउटा घटना दमकमा दमक महोत्सव सुरु भयो उटघाटनका लागि संघिय अर्थ मन्त्री जानू भयो उहाले भन्नु भएछ देशमा अर्थ तन्त्र लेबलमा आइसक्यो देख्या जस्तो देशको अर्थ तन्त्र ध्वस्त भएको छैन भन्नू भएछ अनि अर्को कुरा गज्जब कै गर्नु भए छ सायद उहाँ समक्ष त्यसतै रिपोर्टिङ पुग्या हुनुपर्छ र त्यो वास्तब मै सत्य पनि हो

दमकमा एउटा भ्यु टावर बन्दै छ।अब सकिनै लाग्यो तर मैले पहिले देखि नै भन्दै आएको कुरा त्यहा ब्यापार चाहि कसले गर्ने?पुर्ब प्रधानमन्त्री केपि ओलि ज्युले भ्यु टावर त ठड्याउनु भयो अब?

यहि बिषयमा हिजो अर्थ मन्त्री ज्युले भन्नू भएछ अब दमकका सबै ब्यपारी त्यही गएर दोकान खोले चल्छ नत्र नया ब्यापार सुरु गर्न कसैले आट गर्दैनन भन्ने आशयका साथ उहाले आफ्नो मन्तब्य राख्नु भएछ त्यो भासण सकिन साथ दमक कै एक पत्रकारले यसो लेख्न भ्याउनु भएछ:-

“दमक महोत्सब उद्घाटनका क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत ज्यूको भाषण सुन्दा त देश अहिले हामीले भोगेको जस्तो आर्थिक संकटमा पटक्कै छदै छैन । हुन त उहाले भन्नु स्वभाबिकै हो । कहिल्यै गाडीबाट ओर्लिएर बजार हेरेको भए पो बुझ्नु ?
दोश्रो — बिगतका सरकारले सुरु गरेका काम देखाउदै अब मुलुक यस्तो हुन्छ भन्दा झन् भद्दा मजाक लाग्यो ।
तेश्रो — भ्यू टावर पूर्ण रुपमा सञ्चालनमा ल्याउन चाहि दमकका सबै पशल उतै सार्नुपर्छ रे …हेर हेर डा. साबको सोच र बुद्धी । सिधै अर्काले गरेको कामको किन बखान गर्नु भनेको भए गज्जब हुन्थ्यो ।
सभाहल सञ्चालनका बिषयमा पनि उहाको भनाइ प्रति असहमत ।
प्रस्तुत बिचारहरु मेरा ब्याक्तिगत सोच हुन् यसले कसैलाई हानी गरेमा संयोग मात्र हुनेछ ।”

उहाले यो ब्यक्तिगत बिचार भनिराख्दा पनि यहि कुरा चाहिँ सायद केपि ओलिले भन्नू भएको भए कस्तो आउथ्यो होला उहाको प्रतिकृया?

हाम्रो पुर्वमा प्रवृत्ति कस्तो छ भने आफ्नो नेताले हरियो रंगलाइ रातो हो भन्दियो भने पत्रकार महोदयहरुले हो त्यो त रातै पो हो त भन्न र लेख्न भ्याइदिनु हुन्छ।त्यसकै एउटा नमुना हुन हाम्रा एक जना पत्रकार कम……ज्यादा उहाको लेख पनि हेरि र पढि हालौ त।उहाँ चाहिँ प्रेस चौतारीको मोरङ जिल्ला हो जिल्लाबाट कोशी प्रदेश कमिटी हो तर सदस्य हुनुहुन्छ अबिषेक बान्तावा राई :-

“राज दरबार ह,त्या कान्डको नाङ्गै झार पार्न सक्छन् त्यो हो एउटै दुरदर्शि नेता केपि ओलि हुन् !!! अरु त्यस्तो नेता देखिदैन ।।।”

यो त्यस बेलाको लेख हो जति बेला केपि ओलिले दरबार हत्या काण्ड बारे बोल्दै हुनुहुन्थ्यो।अब मेरो प्रश्न उहाँ महोदयलाई अनि आफ्नै सहयोद्दा मदन भण्डारीको हत्या बारे किन मौन बस्या छन त तपाइको दुर्दर्शी नेता?किन गिरि बन्धुटी स्टेट बारे बोल्दैनन त तपाइको दुरदर्शिताले सुसम्पन्न नेता?

अब उहाकै अर्को हतकण्ड पढौ ल:-

“पुर्ब प्रदेश नम्बर एकका सस्थापक मुख्यमन्त्री: मा. शेरधन राई ज्युको जीवन सङ्गिनी छना:- जाङ्मु सेर्पा राई ज्युलाई जन्मदिनको अनगिन्ती लाखौं लाख शुभकामना दिन चाहान्छु ।”

यो चाहिँ बुझी हाल्नु भयो होला धेरै लेख्न नपर्ला जस्तो लाग्छ।मुख्य मन्त्री पनि संस्थापक हुन्छ र?संस्थापक भनेको त एउटा संस्था जन्माउने ब्यक्ती होला नि? के प्रदेश न.१ शेर धन राइले जन्माउनु भएको हो त?

हाम्रो तिर एमालेका पत्रकार साथीहरु कस्तो हुनुहुन्छ भने नि त्यो बसन्तपुरमा केपि ओलिले झाप्पु त खाएको स्पस्टसंग देख्या हो नि भिडियोमा त्यति बेला के भनेर प्रचार गर्न भ्याउनु भयो भने त्योबाट पनि हामी टाडा छैन हैन त?

अब काङ्ग्रेस र माओवादी लगायत अरु पार्टीको पत्रकारको बारे नबोलेकै जित्छ होला।मैले भन्न खोजेको स्पस्ट कुरा के हो भने पुर्वमा भइ रहेको पत्रकारीता भनेको सायद इतिहासकै पित पत्रकारीता भन्दा फरक नपर्ला?हिजो आफ्नो पार्टी स्थानिय सरकारमा हुदा गलत गरे पनि नलेख्ने पत्रकार गुफा भित्र पसेका पत्रकारहरु आज भोलि एउटा मेयरबाट सानो गल्ती हुदा पनि सिंह झै गर्जिन्छन त्यो ब्यथा दमकमा छुट्टै छ।हिजो करोडौंमा अनियमितता हुदा चुइ नबोल्ने नलेख्ने पत्रकारहरु आज एउटा लेटरहेड परिवर्तन भएको छैन भन्दै रुवाबासी गर्दैछन।

पत्रकारले अनतर्बार्ता गरेको पैसा लिने कि बिज्ञापन बापतको पैसा लिने?पत्रकारले स्थानिय तहमा गएर त्यहाको बेथिति बारे बोल्ने कि जनप्रतिनिधिको ५ बर्षे योजना मात्र बोल्ने?खान पाए तारिफ नपाए खण्डन?अन्तरबार्तालाई खोज पत्रकारीताको नाम दिनु?

एउटा वडा अध्यक्ष रक्सी खान्छ त्यसैको भिडियो बनाएर पोस्ट गरेर खोज पत्रकारीताको नाम दिनु?एउटा वडा अध्यक्ष कहिले पनि वडामा देखा पर्दैनन त्यहाको जनतालाइ टाउको दुखाइ भको छैन फेरि टाडाको पत्रकारलाई किन टाउ दुखाइ?उ जहाँ रहे पनि जनताले सहज बाताबरणमा सुबिधा पाई राख्या छ त्यही महत्वपूर्ण कुरा हैन र?

अहिलेको समयमा खोज पत्रकारीता माथी पुर्वमा ठूलो प्रश्न चिन्ह खडा भैरहेको छ।यो कहिले सम्म?खोज पत्रकार र पत्रकारीताको मापदण्ड के? पत्रकार र संचारकर्मी बिचको भिन्नता के?पत्रकार महासंघको अस्तित्व के?काम के?घरमा बस्यो न्युज कपि पेस्ट गर्यो सकियो?

अन्त्यमा,
पत्रकार देशको चौथो अंग हो।यसको गरिमा बचाइराख्नु जरुरी छ।चाहे आफ्नोले गल्ती गरून् या अर्काकाले जो सुकैले गल्ती गरे पनि औला उठाउने प्रयास गरौ।पत्रकारको धर्म बहन गरौ ना कि पार्टीको।पित पत्रकारीता गर्ने कि त्यो भन्दा माथी उठ्ने अब त्यो पुर्वका पत्रकार ज्युहरुको हातमा छोडिदिए।प्रश्न सदैब उठाइराखने छु।पित पत्रकारीतामा रमाउने पत्रकारहरु माथी सदैब प्रश्न तेर्साइ राख्ने छु।

सुझाब:-
अब साच्चै भन्ने हो भने दमकको हिमशिखर टिभी,पुर्व सन्देश दैनिक,उज्यालो खबर.com
बिराटनगरबाट संचालनमा आएको समाज रुपान्तरण मिडिया(खासै यो नाम आवश्यक हैन तर यो मैले पनि आफै काम गरेको संस्था हुनाले मात्र यहाँ समेटेको हु),
आवर बिराटनगर,धरानका कपुरी न्युज,ब्लास्ट खबर,बिर्तामोडबाट संचालनमा आएको दृश्य,इजलास दैनिक,पुर्वन्चल दैनिक,अर्जुनधाराबाट यलमबर टाइम्स,इलामबाट नया बुलुन्द यी नाम दिएका मिडियाहरुको प्राय म समाचार हेरिरहेको हुन्छ।अब थोरै अभ्यस्त भएर खोज पत्रकारीता तिर लागे भोलिको दिनमा प्रदेश न.१ को पत्रकारिताको साख बचाउने मिडियाहरु यिनिहरु नै हुनेछन।

 

लेखक : अबिन मेनयाङ्बाे यस सुूचना चाैतारी डट कम का जिल्ला सम्दबादाता हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved