Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सत्यकथा- साहू

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 29, 2024
33 shares

===========Anil KH Poudel
नारायणगढबाट काठमाडौं जानू थियो । यौटा बैँस ढल्केको माइक्रो ढोका आँ…गरेर घ्यारघ्यार गरिरहेको थियो तर चालक थिएनन् । हातमा टिकटको बण्डल बोकेका केही थान चुल्ठेहरूले मुखभरी जर्दा चपाउँदै बाजले सिकार झम्टिएझैँ मलाई झम्टे ।

दाइ काठमाडौं जाने हो ?
मैले जाने, नजाने, अैले जाने, भरे जाने, गाडीमा जाने, पैदलै जाने क्यै भन्नै नपाई सिट खाली छ यसमा, हिँडिहाल्ने हो, मुङ्लिङको जाम कट्ने लाष्ट भाले गाडी हो( मुङ्लिङ-नारनघाटको बाटो अस्ति भर्खरै ५/७ वर्ष अगाडि बनाउन सुरु गरेको अब चाँडो भन्दा चाँडो लगभग ८/१० वर्ष भित्रैमा काम सक्ने भनेर दिनको १२-४ बजेसम्म बन्द गरिन्छ ।) भन्दै टिकटमा फटाफट “देखि”मा नारनघाट र “सम्म”मा काठमाडौं लेखिहाल्यो । सङ्ख्या १, सिट नं ७, रू ५५०/- ।
पान्सए पचास ? दिनुपर्ने चैँ कति ?
पान्सए पचासै हो सब्लाई याँबड । छिटो गर्नु दाइ याँ धेरैबेर रोक्न मिल्दैन ट्राफिकले “ल्याङ हान्छ” । नाम भन्नु त दाइ । भनेँ । लेख्यो ।
टिकस दियो, हेरेँ : छि ! एस्तो अक्छेर लेख्ने हात लिएर त भैँसी फारममा काम गर्नु नि ! गोबर सोर्न त हुन्छ ।🤔

जम्मा यौटा मेच खाली रहेछ त्यसैमा बसेँ । ड्राइभर पनि बस्यो गद्धीमा । खलासी थिएन । चुल्ठे ड्याम्म ढोका लगाएर ड्राइभरको झ्यालमा गएर भन्यो : १४ जना हाल्देको छु, मैले १७ सय राखेँ है । ल जाऊ ।
ड्राइभर सोझो प्रकृतिको जस्तो लाग्यो । बोली पनि नरम थियो । उनले भने: हजार राख्नुस् न ।
चुल्ठे एक्कासी जंगियो: जाम हुने बेलामा यत्रो मान्छे खोजेर हाल्द्या छु । जाउ न खुरुक्क ।
बिचरा ड्राईभर केही बोलेन ।

ट्राफिकले “ल्याङ” हान्नु अघि नै गाडीले बाटो समात्यो । मैले यात्रु गनेँ जम्मा १४ नै रहेछन् । हिसाब गरेँ ।
चौध इन्टु पान्सए पचास ।
सात हजार सात सए ।😲
सत्र सए त्यै धोतीमुङ्ग्रेले लगिहाल्यो । बाँकि रह्यो ठ्याक्क ६ हजार ।

एकछिन् बाटो नापेपछि रामनगरमा देब्रे पटि ॐ साई नाम बोकेको तेलको कुवामा रोकियो । म पनि ढोकै छेउमा भकोले फुत्त ओर्लेँ । ड्राईभर इकु जस्तै झण्डै । दाप्से अन्बार, झुस्स केही थान दाह्री, साना गाँठीको । निकै तिर्खाएको रहेछ मोटर । टन्न पियो तेल । मिल्के अङ्कमा हिसाब देखायो ५ हजार ९ सए ९९ रूप्याँ ८५ पैसा ।
बचत भयो पूरै १५ पैसा । ६ हजार दियो फिर्ता आएन ।
लौ ड्राइभर त टाट पल्टियो त छिन् को छिन् मै !

बाटो लागियो । ड्राइभरको अनुहारमा एक चिम्टी खुसी छैन । मैले सोचेँ: बिच बाटोमा टायर पड्कियो या केही बिग्रियो भने के गर्छ यसले ! यात्रुसँग सापटी माग्छ कि ! बिचरा ! एस्तो पाराको गाडी कुदाइले त के काम देला त !
डल्ले मोटरले करिब १० वर्षको छोटो अवधिमा बनेको ३६ किमी बाटोमा फन्को लगाउँदै, रमाउँदै मुङ्लिङ काट्यो । कुरिनटार आउने बेलामा भनेँ : दाइ त्यहाँ रोक्नुस् है सुन्तला लानू छ । रोक्यो यौटा पसल छेउमा । पसलेका लोग्नेस्वास्नी मगर भाषामा कुरा गरेको सुनेँ । खाना खाने विषयमा कुरा गर्दै थिए । मैले ३ किलो किनेँ पैसा दिएँ । ड्राईभरले ५ किलो लिँदै भन्यो: फर्कँदा दिन्छु है । सधैँ हिँड्ने मान्छेलाई बाँकि दिइहाल्छन् ।

कुरैकुरामा थाहा भयो गाडी उसको आफ्नै रहेछ । बस्ने ढुङ्गाअड्डा । रून्चे अनुहार, कमाईको पारा त्यस्तो छ, बाटो संसारकै सबै भन्दा रड्डी, गाडी बैँस ढल्किसकेको । घरीघरी लाग्थ्यो काठमाडौं चाहिँ ड्राइभर र हेण्डल मात्र पुग्छन् होला !
बाटोका कारण धेरै थर्किँदा रिस उठ्दो हो…बेलाबेला बेतोड दौडाउँथ्यो । भौडीमै जाकिहाल्छ कि जस्तो लाग्ने गाँठे ।
खानीखोलाबाट २ जना महिला चढे । ६०/६० दिनुस् न भन्यो । ५० दिन्छौँ भनेर १००० बराबरको कचकच गरे । ल हुन्छ भन्यो । १०० को नोट दिए त्यसपछि अरू १५ मिनेट जति त्यही ५० र ६० को बारेमा गलफती गरे । त्यो सुन्दा धेरै आनन्द आएर वाक्क, दिक्कै भइयो । सधैँ त्यो बाटो हिन्छन् रे उनीहरू । लाग्थ्यो गाडी भन्दा बढी उनीहरू हिँड्छन् त्यो बाटोमा ।

यात्रा जम्मा १४० किलोमिटरको मात्र । बिहान १०:१५ तिर मोटर चढेको बेलैमा साढे तीनै बजे कलंकी ल्यायो । दौडेको दौडेकै गर्नाले पाँचै घण्टामा पार गरियो । नाथे कतारबाट काठमाडौं आए जस्तो चारै घण्टामा के आउनु यत्रो लामो बाटो !

देशको राजधानी आउने बाटो । बिगत १०/१२ वर्ष जति बाट निर्माणाधीन छ, अब चाँडै १५/२० वर्षमा बनिहाले त सरर दौडिन पाइन्थ्यो भन्ने किसिमले ठट्टात्मक कुरा गर्थे यात्रु । मैले भनेँ बीसै वर्ष त नलाग्ला…काम तिब्र गतिमा भैराछ १७/१८ सम्ममा त पक्कै बनिसक्ला !🤔

कतै असारे खेत देखिन्थ्यो, कतै कोइला खन्ने सिलाङका खाडल जस्ता, कतै लेदो बोकेर खहरे उर्लिएका त कतै माईखोलाको बगर जस्तो । हिँड्दै जाँदा थाहा भयो ती सबै बाटोकै मनोरम दृष्य पो रहेछन्, जम्मै छिचोल्नुपर्ने । लाग्थ्यो, ड्राइभरलाई कसरी थाहा हुन्छ होला यो बाटै हो भनेर !

एक ठाउँ सुख्खा पहिरो झरेछ । बाटो बन्द । बेलाबेला झर्दै थियो बुर्र-बुर्र कुखुरालाई चारो छरेजस्तो । सारा गाडी त्यहीँ अड्के । हिँडिहाल्दा पनि गर्लम्मै खसेर पुर्यो भने के गर्नु ! अर्को युगमा डाइनोसरको हड्डी भन्दै निकाल्लान् । तुरुन्तै १ घण्टा जति पर्खँदा डोजर आयो । सफा गर्यो माथि हेर्दै । डराउँदो रहेछ डोजरवाले पनि ।
घरी दायाँ ढल्किने, घरी बायाँ । घरी बेढङ्गले उफार्ने, घरी सिटै भाँचिने गरि थेचार्ने । टाउको त झ्यालमा कति ठोकियो कति, धन्न बेच्नु पर्दैन र मात्र नत्र स्याउ भको भए कसले किन्थ्यो होला मेरो टाउको !
आहा ! क्या मज्जाको यात्रा राजधानीको ।😲

कलंकीमा ओर्ले सबै । म पनि निस्केँ । ड्राइभरले गाडी फनक्क घुमायो । कुटीतिरै लागेको होला । बेखुस आत्मा लिएर फिर्ता नआएको पूरा १५ पैसा र ५ किलो सुन्तला बोकेर खिस्स हाँस्दै घर छिर्यो होला ! सुन्तला देख्दा घरमा खुशी पनि होलान्, खालान् तर उसले के जवाफ देला जब उसको थकित शरिर बिसाउने बेलामा श्रीमतीले सोध्छिन्: आज कति बचत भयो बुढा ?🤔

Anil KH Poudel काे फेसबुकमा जान याे लिङ्कलाई Highlight गरेर फेसबुककाे icon मा थिच्नाेस

https://www.facebook.com/anil.poudel.144?mibextid=ZbWKwL

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved