Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

के हिन्दु आर्य र किरात एउटै पहिचानकाे हो त?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 17, 2023
39 shares

बिक्रम सम्बत २०७८ सालमा नेपालमा जनगणना हुने हुँदै गर्दा जनगणनाको समयमा किरात वंश भित्र पर्ने वल्लो किरात कोइच सुनुवार,माझ किरात जिमि खम्बु राई र पल्लो किरात याकथुम्बा लिम्बू र याखा देवानहरुले आपनो थर र धर्म के लेख्ने र लेखाउने होला?भन्दै आफुहरु अन्योलमा परेको देख्दा पो मलाई कुरिकुरी लाग्न लागेको थियो।मदिराले मातेर सुत्ने ब्यक्तीलाई जब मदिराले छोडछ तब उठेपछी पो बल्लतल्ल सोच्न थाले जस्तै गरि अहिले आएर हाम्रो किरात दाजु भाइ दिदी बहिनिहरु पनि सोचबिचारमा पर्न थालेका छन।समय हुदा नै सोचबिचार गर्नु पर्ने बिषयलाइ अहिले ढिलो भए पछि सोचेर कहा हुन्छ होला र?

अब त बर्तमान अवस्थामा किरातहरु जसरी परिचित छन त्यसरी नै परिचित हुनु बाहेक अरु कुनै उपाय छैन।समय हुदा नै सोचबिचार नगर्ने किरातहरुले अब समय बितिसकेको बेला जात,थर,धर्मको बिबाद गरि बस्नुको कुनै औचित्य छैन।समय हुदा नै सोचबिचार गर्ने अनि बुध्दिजिबी किरातहरु यदि हुने हो भने किरातहरु जाडको घ्याम्पोबाट निस्कनु पर्छ अनि मात्र आपनो ठण्डा दिमागले सोचबिचार गर्न थाल्छन र अरुको इसारामा चल्न छोडछ्न।अब किरातहरु माथी कसरी हिन्दुकरण आर्यकरण भयो?हिन्दु आर्यहरु को हुन?किरात भनेको के हो?त्यसबारे छोटो चर्चा गराैँ :

१, किरातहरु कहिले देखि हिन्दुकरण र आर्यकरणको सिकार भए?
कति जना किरात दाजु भाइ दिदी बहिनिहरुले यो कहिल्यै सोचेका पनि छैनन होला कि आफुहरु कहिले देखि हिन्दुकरण र आर्यकरणको सिकार हुन पुगियो भनेर।कति जना किरात दाजु भाइ दिदी बहिनिहरुले किरात र हिन्दु बिचको फरक पहिचान र इतिहास बारे ज्ञान नभएको कारण किरातहरु हिन्दु हुन भन्न समेत भ्याइसकेका छन।किरात र हिन्दुको पहिचान फरक हो भन्ने यथार्थलाई हामीले भुल्नु हुदैन।नेपालको इतिहासमा दोस्रो सासक किरातहरु नै हुन।किरातहरुले नेपालमा करिब १००० बर्ष सम्म शासन गरेका थिए।जम्मा ३२ जना किरात राजाहरुले करिब १००० बर्ष सम्म नेपालमा शासन गरेका थिए।किरातीहरु दयालु हृदय भएका अनि लैङ्गिक र जातिय विभेद नगर्ने स्वभावको भएकै कारण भारत हुदै नेपाल पसेका हिन्दु आर्यहरुलाइ किरातहरुले शरण दिनु नै किरात माथीको अभिशाप साबित हुन गयो।जब किरातहरुले हिन्दु आर्यहरुलाइ सरण दिन थाले तब बिक्रम सम्बत २४७ साल देखि बिक्रम सम्बत १८३१ को बिचमा किरातहरु पुर्णरुपमा हिन्दुकरण र आर्यकरणको सिकार हुन पुगेका हुन।जब किरातहरु हिन्दुकरण र आर्यकरणको सिकार भए तब वल्लो किरात कोइचहरुलाइ सुनुवार र मुखिया भन्दै पहिचान माथी हिन्दु आर्यकरण गरियो।माझ किरात जिमि खम्बुहरुलाइ राईहरु भन्दै हिन्दु आर्यकरण गरियो।पल्लो किरात याकथुम्बा लिम्बू र याखाहरुलाइ सुब्बा र देवान भन्दै हिन्दु आर्यकरण गरियो।स्मरण रहोस कि पृथ्वीनारायण साहले कथित नेपाल एकीकरण गर्नु भन्दा अगाडी वल्लो,माझ,पल्लो किरात भन्ने थिएन मात्र संयुक्त किरात थियो।हुदा हुदा किरातहरु जब हिन्दु आर्यकरणको सिकार भए तब किरातहरुलाइ जबर्जस्ती हिन्दु धर्म मान्न बाध्यता बनाइयो।बर्तमान अवस्थामा दसैको मार हानेपछी बलिको रगत माथी कुल्चेर अनि हातले टेकेको छाप अनि खुट्टाको छाप घरको ढोकामा हान्नुको अर्थ पनि जबर्जस्ती हिन्दु हुन बाध्य पारेको चिन्ह थियो।

२, के हिन्दु आर्य र किरात एउटै पहिचान हो त?
जसले जे भन्यो यथार्थ तिर खोज अनुसन्धान नगरी सजिलै पत्याउने भएको कारण पनि आफैलाइ कुहिरो भित्र हराएको काग जस्तो बनाउन बाध्य हुन्छौ।कथित ठुला जात ठानिएका धुर्त बाहुनबाद सासकहरुले किरातहरु पनि हिन्दु हुन भन्दै झुटो गफ दिएकै भरमा किरातहरुले पत्याउनु नै मुर्खता हो।कति जना किरातहरुले हिन्दु आर्यहरु र किरातको धर्म आस्था र पहिचान एउटै हो भन्दै झुटो गफ दिदै पनि छन।गाई र भैंसी सगै बसे पनि गाई र भैंसी एउटै हुन भन्नू कति मुर्खता हुन्छ। बाख्रा र भेडा सगै बसे पनि बाख्रा र भेडा एउटै हुन भन्नू कति मुर्खता हुन्छ।यसैले किरात र हिन्दु आर्यहरु बिचको फरक :

(क) हिन्दु आर्य:- हिन्दु र आर्य शब्द कति जनाले संस्कृत भाषाको शब्द हो भने त पनि हिन्दु र आर्य शब्द खस भाषा र संस्कृत भाषाको शब्दबाट आएको शब्द नभएर फारसी भाषाको शब्दबाट आएको हो।फारसी भाषा भनेको फारस देसका मानिसहरुले बोल्ने भाषा हो।फारस देस भनेको आधुनिक इरान देस हो।आधुनिक इरानको पुरानो नाम नै आर्यन हो।आर्यन हुदै इरान हुन पुगेको हो।इराक इरानको ककेसियस पहाड हुदै फारसी आर्यन थरका ब्यक्तिहरु इ.पु ३००० मा बर्तमान पाकिस्तानमा अवस्थित शिन्धु नदिमा आए पछि हिन्दु भनेर चिनिए।हिन्दु शब्दको अर्थ फारसी भाषमा नदि किनारमा बसोबास गर्ने मानिसहरु भन्ने अर्थ लाग्छ।हिन्दु धर्म नभएर पहिचान हो।हिन्दुको आस्था वा धर्म प्रकृति पुजा र आत्माको पुजा गर्नु हो। पछिल्लो समय यहि हिन्दु समाज र पहिचानलाइ नै हिन्दु धर्म भनेर बुझ्न थालियो।नेपाली शब्दकोकोशमा आर्य भनेको उच्च ठूलो सभ्य जाती भनेर अर्थ लगाए त पनि त्यो झुट हो भनेर बुझ्न म अनुरोध गर्दछु।हाल नेपाली भाषा भनेर बुझिएको खस पर्बते भाषा पनि संस्कृत,फारसी,हिन्दी र अरबी अनि उर्दु भाषासग मिश्रत भएर बनेको भाषा हो भनेर यहाहरुलाइ स्पष्ट पार्न चहान्छु।त्यसैले आर्य शब्दको अर्थ फारसी भाषामा इराक इरानमा बसोबास गर्ने ब्यक्तिहरुको प्राचीन पहिचान हो र आर्यन हुदै इरान देसको नाम रहेको हो भनेर पनि यहाहरुलाइ जानकारी गराउन चहान्छु।यहि इराक इरानबाट यात्रा गर्दै सप्तसिन्धु पाकिस्तान र भारत हुदै नेपाल पसेका अनि पछिल्लो समय बाहुन,क्षेत्री र ठकुरी,कामी दमाई र सार्की भनेर चिनिएका ब्यक्तिहरुलाइ आर्यहरु भनेर पनि चिनिन्छ।

(ख) किरात:- किरात भनेको चाही हिन्दु आर्यहरुको पहिचान भन्दा फरक पहिचान हो।इतिहासलाई हेर्ने हो भने मेसोपोटामिया अर्थात बेबिलोन देखि किरातहरुको इतिहास सुरु हुन्छ।भाषा,अक्षर,फरक संस्कृती र मानव सभ्यताको सुरु हुने ठाउ नै मेसोपोटामिया अर्थात बेबिलोन हो।मानव सृष्टि पछि मानिब समाजले सिकारी युगमा प्रबेस गरेसगै किरातहरुको इतिहास सुरु हुन्छ।किरातहरु मेसोपोटामियाबाट सुरु भएर मङ्गोलिया,तिब्बत,भारत हुदै नेपालमा प्रबेस गरेका हुन।किरातहरुको यहि नै इतिहासलाई आधार बनाउदै हिन्दु आर्यहरुले किरातको अर्थ जङ्गल जङ्गल घुम्दै सिकार खेल्दै हिडने जातीहरु भनेर अर्थ लगाउन थालेका हुन।हुदा हुदा पछिल्लो समय किरातहरु हिन्दुहरुसग नमिल्ने देखे पछि किरातको अर्थ जङ्गल जङ्गल घुमेर सिकार खेल्दै मातेर हिड्ने अनार्य जातीहरु भनेर समेत अर्थ लगाउन भ्याए अनि आर्यहरुले लगाएको यस्ता गलत अर्थलाइ कति किरातहरुले सजिलै पत्याएको पनि पाइन्छ।यथार्थमा किरातको अर्थ यस्तो छ।

किराड:- कति करात इतिहासकारहरुले ग्रीक भाषाको किराड भन्ने शब्दबाट किरात भन्ने शब्द रहन गएको हो भन्ने तर्क गरेको पाइन्छ।किराड ग्रीक भाषाको किराड शब्दको अर्थ मङ्गोलियन अनुहारसग मेलखाने गहुगोरा मानिसहरुको समूह भन्ने अर्थ लाग्छ।

किरियात:- भुमध्यसागर आसपास बोलिने मोबाइट mobite भाषाको किरियात भन्ने शब्दबाट किरात हुन पुगेको हो भनेर पनि कति किरात इतिहासकारहरुले तर्क गर्छन।किरियातको अर्थ किल्ला र सहर भन्ने भुझिन्छ।समग्रमा किरातको अर्थ आपनो सहर र किल्लाको रक्षा गर्दै शासन गर्दै हिडने जातीहरुको समूह नै किरातहरु हुन भन्न सकिन्छ।

किरात भन्ने शब्द किराड किरियात जस्तो शब्दबाट आए त पनि म दुबै शब्दसग सहमतछु।किरातको अर्थ धर्म नभएर पहिचान हो।पछिल्लो समय किरातहरुले प्रकृति र आत्माको पुजा गर्ने आस्था र धर्मको सुरुवात गरेका हुन भन्ने कुराको यहाहरुलाइ स्मरण दिलाउन चहान्छु।यसैले धर्म आस्था जसको जे जस्तो भए त पनि किरात र बर्तमान प्रचलित थर लेखौ र परिचय दिउ।आदिम इतिहास खोज्ने हो भने अब ढिलो भयो।

(३)किरात भित्रका थरहरु:
किरात भित्रका थरहरु धेरै जना भए  पनि मुख्य तीन प्रकारका थरहरुको बारेमा मात्र छोटो चर्चा गराेैँ :

(क) वल्लो किरात कोइच सुनुवार:- वल्लो किरात कोइचहरुलाइ पछिल्लो समय सुनुवार अनि मुखिया भनेर हिन्दु आर्यकरण गर्ने काम भयो।सुनकोसी वारीपारी क्षेत्रमा बसोबास गर्दै विभिन्न क्षेत्रमा फैलिएका वल्लो किरात कोइचहरुलाइ सुनकोसी वार भन्ने शब्दबाट सुनुवार भनिएको हो।किपट राज्यमा कोइच वल्लो किरातहरुले मुखियाको पदमा रहेर शासन गरेको कारण कोइच किरातलाइ मुखिया पनि भनिएको हो।मुखिया र सुनुवार आर्यकरण शब्द हो भने कोइच किरात पहिचान हो।सुनुवार भनेको भुगोलको आधारमा रहन गएको हो अनि मुखिया भनेको जिम्मेवारी र पद ओहदाको आधारमा रहन गएको हो।पछिल्लो समय आर्य वंश भित्र पर्ने बिस्वकर्म सुनारहरुले पनि आपनो थर सुनुवार भनेर लेख्न र लेखाउन थालेको पाइएको छ।तर सुनार भनेको बिस्वकर्म बि क भित्र पर्छ र बिस्वकर्म सुनारहरु आर्य वंशमा पर्छन।तर सुनुवार भनेको राई लिम्बू वंशको वल्लो किरात मङ्गोलियन समूह भित्र पर्छन।

(ख)माझ किरात जिमि खम्बु राई:- माझ किरात जिमि खम्बुहरुलाइ पछिल्लो समय राई थरबाट चिनिन थालियो।राई भनेको थर नभएर पद ओहदा हो।लिच्छविकाल र मल्लकालमा सासकहरुलाइ राय भनिन्थ्यो।पृथ्वीनारायण साहले कथित नेपाल एकीकरण गरेपछि मात्र रायबाट राई भनिएको हो।राई भनेर चिनिनु भन्दा अगाडी जिमि खम्बु किरात भनेर चिनिन्थ्यो।जिमि खम्बु भनेको जमिनदार र जमिनको मालिक अनि सासकहरु भन्ने बुझिन्छ।

(ग)पल्लो किरात याकथुम्बा लिम्बुहरु:- लिम्बुहरुलाइ पल्लो किरात याकथुम्बाहरु भनेर चिनिन्छ। लिम्बू शब्द भित्र यस्तो अर्थ लुकेकोछ,लि+अबु=लिम्बू हुन पुग्छ। लि भनेको धनुष अनि अबु भनेको धारण गर्ने भन्ने अर्थ लाग्छ। समग्रमा लिम्बुको अर्थ धनुषको प्रयोग गरि सिकार गर्ने किरातहरु भन्ने बुझन्छ।लिम्बू भन्ने शब्द लिङबा भन्ने शब्दबाट आएको हो।लिङबाको अर्थ सृष्टि भएको उम्रीएको भन्ने अर्थ लाग्छ।पछिल्लो समय लिम्बुहरुले किपट राज्य हुदा सुब्बाको पदमा रहेर निजामति कर्मचारी भएर शासन गरेको र काम गरेको कारण लिम्बुहरुलाइ सुब्बा पनि भनियो।सुब्बा भनेको नायब सुब्बा भन्दा माथिल्लो तहको निजामती कर्मचारीको पद हो।

तसर्थ , लेखक डि बि मुखिया  आफुलाइ किरात भन्नेहरु सबै भन्दा पहिला जाडको घ्याम्पोबाट बाहिर निस्कनु पर्दछ भन्ने मेराे मुख्य मान्यता हाे भन्नुहुन्छ। याे लेख उहाँको फेसबुक बाट साभार गरिएकाे हाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved