Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दसैँ नमान्नेहरुलाइ किन दसैँ मान्न बाध्य पारिदैछ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 3, 2023
111 shares

मानिसको जीवन स्वतन्त्र प्रकारले बाच्ने सर्ब श्रेष्ठ प्राणी भए त पनि उहि मानिसलाई नै मानिसले नै केही न केही कुरामा ब्यक्तिगत इच्छा बिपरित बाध्यतामा पार्ने काम त हुँदै नै आएको थियो र छ।मानिसको समाज यस्तो समाज पनि हो कि जहा विविधतामा एकताले भरिएको हुन्छ।किन भने मानिसको समाज फुलबारी हो,तोरीबारी होइन।

मानिसको समाज भित्र नै फरक बिचार,फरक दर्शन,फरक स्वभावका ब्यक्तिहरु हुन्छन।फरक बिचार,फरक दर्शन र फरक स्वभावका मानिसहरु हुदा हुँदै पनि समाजका यदाकदा लुकिबसेका गलत र अब्यबहारिक ब्यक्तिहरुले आपनै दर्शन र बिचारको दायरा भित्र बस्न र चल्न बाध्य पार्ने काम किन हुदैछ?जो ब्यक्तिले फरक दर्शन र बिचारका ब्यक्तिहरुलाइ आपनो बिचार र दर्शनको दायरा भित्र रहन बाध्य पार्न खोज्छ,त्यही नै द्वन्दको सुरुवात हुन्छ।जहाँ द्वन्द हुन्छ त्यहा प्रेम मिलाप र शान्तीले स्थान पाउदैन।

जो ब्यक्ती आपनो बिचार र दर्शन अनि कला अनुसार नचलेर अरुको इसारामा चल्न थाल्छ,त्यो ब्यक्ती जहिले पनि पिजडामा थुनिएको सुगा जस्तो बन्न बाध्य भएको कारण त्यो ब्यक्तिको पनि कहिल्यै पनि केही गरि पनि उन्नती र बिकास हुनै सक्दैन।यहा त कसैले कसैलाइ बाध्यतामा पार्न चहाने ब्यक्तिहरुको कारण समाज द्वन्दको स्थितिमा धकेलिने काम हुदैछ।कोहि ब्यक्ती आपनो दर्शन र बिचार अनुसार नचल्दैमा खोक्रो राष्ट्रबादीको गफ दिदै अरुको बदनाम गर्ने अनि हिंसा गर्ने कामले अति नै स्थान पाएको देखिन्छ।उदाहरणको लागी कोहि ब्यक्ती म दसै मान्दिन भन्दैमा दसै मान्नेहरुले दसै नमान्नेहरुलाइ हिंसाको बोली र असभ्य बोली बोल्दै दसै मान्न बाध्य पार्न खोजेको अवस्था देखिन्छ।

कति हिन्दु संस्कार संस्कृतीको नियम पालन नगर्नेहरुलाइ डलरमा बिकेको र बिदेसी धर्म मान्नेको बिल्ला भिराएर उहि गलत र सामन्ती बिचार भएकाहरुले अरु बिचार र असल दर्शन बोकेका ब्यक्तिहरुलाइ अपमान हिंसा गर्ने काम गर्दैछन।के हिन्दु धर्म संस्कार पालन गर्नेहरु मात्र नेपाली हुन त?के नेपालमा हिन्दु धर्मले स्थान पाउनु भन्दा अगाडी नेपाली थिएनन र?के हिन्दु आर्यहरु नेपालमा प्रबेस गर्नु भन्दा अगाडी नेपाल भन्ने देसै थिएन त?के पृथ्वीनारायण साहले कथित नेपाल एकीकरणको नाममा गोर्खा हिन्दु साह राज्य बिस्तार गर्नु भन्दा अगाडी नेपाल भन्ने देस थिएन त अनि?हामीमा यो भ्रम हटोस कि हिन्दु धर्म भित्रका संस्कार र संकृतिलाइ पालन गर्नेहरु मात्र नेपाली हुन भन्ने सामन्ति असभ्य बिचार हटोस।

किन भने नेपालमा हिन्दु धर्मले स्थान पाउनु अगाडी नै नेपाल भन्ने देस थियो नै।नेपालमा हिन्दु आर्यहरुले प्रबेस पाउनु भन्दा अगाडी नै पनि नेपाल देस थियो र नेपालीहरु थिए नै।नेपालमा हिन्दु धर्मले स्थान पाउनु भन्दा अगाडी नै हिन्दु धर्म नमान्ने नेपालीहरु थिए नै।यसैले हिन्दु चाडपर्वहरु र हिन्दु संस्कृती पालन गर्नेहरु मात्र नेपाली हुन भन्ने सामन्ती सोचाइ त्यागौ।अब हिन्दु पर्व दसैको बारेमा छोटो चर्चा गर्ने अनुमती चहान्छु।

(क)दसै शब्दको अर्थ र इतिहासमा दसै:
दसहरा,दस भन्ने शब्दबाट दसै शब्द आएको हो,किन भने दस दिन सम्म मानिसहरु द्वारा स्थापित देबिहरुको पुजा गरि दस दिनमा दसै पर्व सम्पन्न हुन्छ।अर्को महत्त्वपूर्ण कुरा दसै एकप्रकारले भन्ने हो भने हत्याको उत्सबको रुपमा पनि देखिन्छ,सति अर्थात दुर्गा देबिले महिषासुर,सुम्भ निसुम्भ र बितुन्द नाम गरेको मानिसहरुको हत्या गरि बजय पाएको कथित इतिहासबाट दसैको अवधारणा आएको हो।दुर्गा देवि नाम गरेको स्त्रीको षड्यन्त्रको पासोमा परेर हत्याका सिकार भएकाहरुलाइ राक्षसको उपमा दिए त पनि ती ब्यक्तिहरु तत्कालीन समयका क्रान्तिकारी ब्यक्तिहरु थिए भन्न सकिन्छ।राक्षस भने बित्तिकै त्यस्तो फरक प्राणी नभएर फरक दर्शन भएका ब्यक्तिहरुलाइ अहिले सम्म पनि राक्षसको उपमा दिने चलन छ।यी र यस्ता काल्पनिक कथासग जोडिएको दसै मान्ने चलनको सुरुवात नेपालमा भएको त्यति लामो समय भएको छैन।नेपालमा दसै मान्ने चलनको सुरुवात किरातकालको अन्तसगै लिच्छविहरुको शासन सुरुवात भएसगै दसै मान्ने चलनले पुर्णरुपमा स्थान पाउदै गएको देखिन्छ।हाल दसैलाइ नेपालीहरुको महान चाड भन्दै झुट बोल्ने काम गरिएको पनि देखिन्छ र सुनिन्छ।यथार्थमा दसै भनेको सबै नेपालीको महान चाड नभएर नेपाली हिन्दुहरुको चाड मात्र हो दसै।किरातकाल सम्मको इतिहास हेर्ने हो भने नेपालमा दसै मान्ने चलन थिएन।यसको अर्थ नेपालमा आर्यहरु भन्दा अगाडी बसोबास गर्दै आएका मङ्गोल अनुहारका अनार्यहरुले दसै मान्दैन थिए र अनार्यहरुको दसै होइन भन्ने कुरा स्पष्ट हुन्छ।स्मरण रहोस कि मेसोपोटामिया वा बेबिलोन हुदै मङ्गोलियामा हाङ र हवाङ थरका ब्यक्तिहरु बिच युद्ध भएपछी तिब्बत भोट क्षेत्र हुदै आर्यहरु भन्दा अगाडी नेपालमा बसोबास गर्न आएका मङ्गोल अनुहारका ब्यक्तिहरुले दसै मान्दैन थिए र दसै मङ्गोल अनुहारका ब्यक्तिहरुको चाड थिएन र होइन पनि।दसै भनेको मेसोपोटामिया र फारस पर्सियाको ककेसियस पहाड क्षेत्र हुदै पाकिस्तानको सप्तसिन्धु नदि हुदै भारतबाट नेपालमा बसोबास गर्न आउने हिन्दु आर्यहरुको चाड पर्व मात्र हो।हिन्दु आर्यहरु त्यो हुन जसले जनै लगाएको छ र टुपि पालेको छ त्यो मात्र हिन्दु हो।

(ख)दसै मान्न बाध्य पारिएको बारे चर्चा:
नेपालको इतिहासलाई नियाल्ने हो भने किरातकाल पछि लिच्छविहरुको शासन सुरुवात भएसगै जबर्जस्ती हिन्दुकरण गर्ने र जमिन भुमिलाइ समेत आर्यकरण र हिन्दुकरण गर्ने कार्यले तिब्रता पाउदै गएसगै हिन्दु चाड पर्व मान्नका लागी जबर्जस्ती गरेको र यदि हिन्दु चाडपर्व नमानेको खण्डमा हत्याको सिकार हुनु परेको इतिहासमा जिबित छन।अहिले २१ औ सताब्दिमा विश्व अगाडी बढदै गरेको अवस्थामा समेत हिन्दु धर्म नमान्ने र हिन्दु चाडपर्व नमान्नेहरु हिंसाको सिकार बदनामको सिकार हुनु परेको दुखद परिस्थिति छ भने त्यो जमानाका चेतना नखुलेका अशिक्षित पुर्खाहरुलाइ कति दमन शोषण गरे होलान?त्यो जमानामा जसले हिन्दु धर्म र हिन्दु धर्म भित्रका चाडपर्व अनि संस्कारलाइ समर्थन गर्दैन त्यो ब्यक्तिलाइ गाउनिकाला देखि सर्बस्व हरण सम्म गर्ने काम भएको देखिन्छ।दसै मान्न बाध्य पारिएको र दसै नमानेको कारण हत्याको सिकार हुनु परेको दुई वटा उदाहरण छोटो रुपमा चर्चा गर्न चहान्छु।

(१)दसै मानेको प्रमाण देखाउनका लागी ढोकामा औंला छाप लगाउनै पर्ने :
कुरा बिक्रम सम्बत १६१६ देखि १६२७ सम्म द्रब्य साह गोर्खा लिगलिगकोटमा राजा हुन आए।द्रब्य साहले राणा,अर्याल पाण्डे पन्त थरका ब्यक्तिहरुलाइ प्रयोग गरि स्थानीय घले(मतवाली खडका)राजाको टाउको छिनाएर रगतको खोलो बगाएर द्रब्य साह राजा हुन आएका हुन।घलेहरु आपनै प्रकारको पर्बलाइ मान्यता दिदै राजा चुन्नका लागी लिगलिग कोट दौड प्रतियोगिताको आयोजना गर्दै थिए भने दसैको मौका पारेर स्थानीय घले राजाको हत्या गर्ने योजनामा थिए द्रब्य साह।जब द्रब्य साहको पुर्बयोजना अनुसार घले राजाको हत्या गरि कथित राजा भए तब अनिवार्य हिन्दु चाड मान्नु पर्ने र दसै मान्नु पर्ने उर्दि निकाले।पछिल्लो समय द्रब्य साहले यसो सम्म भन्न भ्याए कि,दसै मानेको प्रमाण देखाउनका लागी मार हानेको औलाको छाप ढोकामा अनिवार्य लगाउनु पर्ने यदि मार हानेको छाप ढोकामा नदेखिएको खण्डमा सर्बस्व हरण गरिने र गाउँ निकाला गरिने हुकुमी नियम समेत लागू गरे।पछिल्लो समय उहि गोर्खाका कथित राजा पृथ्वीनारायण साहले हिन्दु साह राज्य बिस्तार गरेसगै बिक्रम सम्बत १८२६ साल पछि त सबैले हिन्दु धर्म अनिवार्य मान्नु पर्ने,हरेकले हिन्दुहरुको चाड मान्नै पर्ने र दसै मानेको प्रमाण देखाउनका लागी मार हानेको औंला छाप ढोकामा लगाएको हुनु पर्ने हुकुमी नियम लागू गरे।त्यो जमाना देखि अहिले सम्म किरात समाज यदाकदा दसैमा मार हानेपछी ढोकामा औला छाप लगाउने गरेको पाइन्छ,त्यसो हुनुको अर्थ तत्कालीन सामन्तिहरुले जबर्जस्ती दसै मान्न बाध्य पारेका थिए यदि दसै नमानेको खण्डमा सर्बस्व हरण गरिने र गाउँ समाजबाट बहिस्कार समेत गरिने नियम जबर्जस्ती लागेको कारण हो।यदि दसैमा मार हानेको छाप ढोकामा देखिएन भने दरबारबाट खटाइएका भारदारहरुले प्रस्न गर्थे तैले दसै के कारणले मनाएनस?यदि म दसै मान्दिन त्यसैले नमनाएको भन्ने उत्तर आएको खण्डमा गाउँ समाजबाट बहिस्कार हुनु पर्थ्यो त्यो जमानामा।

(२)दसै नमानेको कारण हत्याको सिकार भए दुई जना राई:कुरा बिक्रम सम्बत १९२४ को हो,तत्कालीन समय देसमा जंग बहादुर राणा प्रधानमन्त्री थिए।जंग बहादुर राणा कठोर सामन्ती हत्यारा हिन्दु सासक थिए।जंग बहादुर राणाको सासन चल्दै गर्दा देसमा जंग बहादुर राणाको सामन्ती शासन सैलिको बिरोध गर्ने जो जति छन तिनिहरु हत्याको सिकार हुनु पर्थ्यो।जंग बहादुर कठोर हिन्दु भएको कारण हिन्दु धर्म र हिन्दु चाड मान्न बाध्य पार्दै जाने क्रममा अनार्यहरु त हिन्दु थिएन र हिन्दु होइनन,आफू हिन्दु नभएकै कारण धनकुटा जिल्ला निबासी रिदामा आठपहरिया राई र राम्लिहाङ आठपहरिया राईले दसै मान्न अस्वीकार गरेकै कारण तत्कालीन सासक जङ्ग बहादुर राणाको आदेसमा हत्याको सिकार भएका थिए।हाल सम्म पनि दसै नमान्नेहरुलाइ र हरेक हिन्दु चाड नमान्नेहरुलाइ जबर्जस्ती हिन्दु धर्म र हिन्दु चाड मान्न बाध्य पार्ने काम हुदैछ भने त्यो जमानामा कस्तो होला?हाल देसमा हुकुमी शासन प्रणालीको अन्त भएर देस प्रजातान्त्रिक गणतान्त्रिक र लोकतान्त्रिक सासन प्रणालीमा प्रबेस गर्दै गरेको अवस्थामा पनि हत्यारा द्रब्य साह,हत्यारा पृथ्वीनारायण साह र हत्यारा जङ्ग बहादुर राणाका स्वभावले भरिएका ब्यक्तिहरु छन जोहरुले दसै नमान्ने,हिन्दु धर्म र हिन्दु चाड नमान्नेहरुलाइ बिदेशी धर्ममा लागेको,डलरमा बिकेको भन्दै हिंसाको भाषा बोल्ने र बदनाम गर्ने काम गर्दैछन भनेपछि त्यो जमानामा कस्तो होला?त्यो जमानामा शोषक सामन्तिको रजाइ कस्तो थियो होल बिचार गरौ।

आउदाहरणको लागी बर्तमान अवस्थामा दसै मान्नेहरुले दसै नमान्नेहरु प्रती हिंसाको भाषा र असभ्य शब्द बोल्दै बदनाम गर्नुले यहि अर्थ दिन्छ कि लिच्छविकाल देखि यता कसैले कसैलाई बाध्य पार्दै आएका थिए र दसै नमान्नेहरुलाइ दमन शोषण गर्दै नै आएका थिए।नेपालमा दसै मान्ने र नमान्ने पहिला देखि नै थिए।दसै मान्नेहरु भन्दा दसै नमान्नेहरु त नेपालमा दसै मान्ने चलन आउनु भन्दा अगाडी देखि नै थिए त पनि जबर्जस्ती दसै मान्नलाइ बाध्य पार्ने काम भएको थियो।यदाकदा किरात समाजमा अझै पनि यो चलन छ कि,आगनमा मार हानेपछी मार हानेको पसु पक्षिको रगतलाइ खुट्टामा टेकेर र हातमा टेकेर ढोकामा छाप लगाउनु पर्ने थियो र छ।किन यसो गर्नु परेको थियो?यस्तो चलन किन कसरी र कसले सुरुवात गरायो नेपाल?भन्दै प्रस्न गर्ने चलन भएन र अझै पनि छैन।आगनमा मार हानेको पसु वा पक्षिको रगतलाई खुट्टा र हातले टेकेर ढोकामा छाप हन्नुको अर्थ नै दसै मानेको प्रमाण देखाउनका लागी र जबर्जस्ती दसै मान्न बाध्य पारेको गतिलो उदाहरण हो।कसले दसै मान्यो र कसले दसै मानेन भन्ने कुराको प्रमाण चाही आगनमा मार हानेको पसु पक्षिको रगतको छाप ढोकामा लगाएको र नलगाएको उदाहरणबाट थाहा हुन्थ्यो।तत्कालीन समयमा जसले दसै मानेन त्यसको सर्बस्वहरण देखि दसै नमान्नेलाइ हत्या गर्ने कार्य समेत हुन्थ्यो।तर हामी हिन्दु हौ भनेर गर्व गर्नेहरु र हिन्दु चाडपर्वहरु मध्य दसै मान्नेहरुले यो बुझेकै छैनन कि दसै भनेको हुने खानेको लागी मात्र पर्व र चाड हो भने गरिब दुखिको लागी दसै चाही दसा साबित भएकोछ भनेर सोचेकै पनि छैनन होला।हामी हिन्दु हौ भन्ने गरिबहरुले नै बर्षमा एकचोटि दसै आयो कि?दसा आयो भन्दै बोल्न बाध्य भएको देखिन्छ।कतिको आपनै हिन्दु समाजमा दसै चाही कतिको लागी दसाको रुपमा देखा पर्दै गर्दा समेत दसै नमान्नेहरुलाइ दसै मान्नेहरुले बिरोध,हिंसा र बदनाम गर्ने काम हुदैगरेको देखिन्छ।

(ग)दसै बहिस्कार गर्नेहरु बढनुको कारण के हो? :
जब नेपालमा बिक्रम सम्बत २०५२ साल फागुन १ गतेका दिन देखि बिक्रम सम्बत २०६२ साल सम्म गरि दस बर्षे माओवादी ससत्र जनयुद्ध भयो तब धेरै जना शिक्षित नेपालीहरु दिमागमा राजनीतिक चेतनाले स्थान पायो र राजनीतिक चेतनासगै तिब्रगतिले आपनो यथार्थ इतिहास खोज्ने र सत्य के हो त?भन्दै खोजी गर्ने कार्यले स्थान पायो।जब जब राजनीतिक चेतना आयो तब बढी मात्रमा चेतना खुल्यो कि कुनै चलन चल्ती बर्तमान अवस्थामा अभ्यास गरिदैछ,त्यसको सुरुवात कसले?कहिले देखि?किन र केको लागी सुरुवात गरायो?भन्ने कुराको खोजी गर्ने काम हुनेक्रम बढयो।अनि कसले कसलाइ?कसरी शोषण दमन गर्दै आएका थिए?भन्ने कुराको खोजी गर्ने क्रमले स्थान पाएको कारण नै बढी मात्रमा दसैलाइ बहिस्कार गर्नेहरुको वृद्धि भएको हो भन्न सकिन्छ।यो पनि स्मरण रहोस कि दस बर्षे माओवादी ससस्त्र जनयुद्ध पछि मात्र नेपालमा बुध्दिजिबी र शिक्षित ब्यक्तिहरुले आपनो अस्तित्व खोज्न थालेको नभएर लिच्छविकाल देखि राणा र साहकाल देखि नै दसैको त बहिस्कार हुदै नै आएको थियो।तर दुखको कुरो यो थियो कि समाजका सामन्ती दलाल र धुर्त ब्यक्तिहरुले दरबारको बल र सक्तिको कारण हिन्दु चाडपर्व र संस्कार मान्न अस्वीकार गर्नेहरुलाइ शोषण र दमन गर्दै नै आएका थिए।हाल देसमा लोकतन्त्र र गणतन्त्रको युग चल्दै गर्दा समेत अवशेषका रुपमा रहेका सामन्ती दरबारिया सैलिका ब्यक्तिहरुबाट नै हिन्दु संस्कार र हिन्दु चाडपर्व नमान्नेहरु माथी शोषण र दमन गर्ने काम हुदैछ।नेपालमा वास्तविक नेपाली संस्कृतिको त अन्त नै भएको जस्तो देखिन्छ।तर नेपाली संस्कृती भन्दै जबर्जस्ती हिन्दु संस्कार र संसकृतिको अभ्यास गराउने कामले भने अझै पनि स्थान पाउदैछ।

दसै मान्नेहरुबाट दसै नमान्नेहरुलाइ जबर्जस्ती गर्ने काम इतिहासमा भए जस्तै अहिले पनि जबर्जस्ती गर्ने काम हुदैछ।जसले दसै मान्छ मान्दै गरोस।जसले दसै मान्दैन वा हिन्दु चाडपर्व मान्दैन भने शोषण दमन गर्ने काम नगरियोस मात्र भन्न खोजिएको हो।हिन्दु चाडपर्व मान्दैमा मात्र नेपाली हुने होइन।किन भने नेपालमा हिन्दु मात्र छैनन,हिन्दु बाहेक अरु पनि छन तसर्थ मान्नेले मानाैँ नमान्नेलाई जबर्जस्ती नगराैँ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved