Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भारत कि जम्बुद्वीप ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 6, 2023
18 shares

-चन्द्रप्रकाश बानियाँ

छिमेकी मुलुकको नाम अब “भारत” मात्र प्रचलनमा ल्याइने भएको छ । भारतको संविधानमा “India that is Bharat” भनिएको छ तर अब राष्ट्रिय स्वयम सेवक संघद्वारा समर्थित भारतीय जनता पार्टीको मोदी सरकारले संविधानको पुरानो परिभाषा बदल्ने आसय प्रकट गरेको छ ।

के थियो India नामकरणको आधार ?

इसापूर्व ३५० मा एशियामाइनरमा जन्मेका मेगास्थनिजभन्दा अगाडि आधुनिक भारतको नाम India प्रयोग गरिएको इतिहास प्रमाण फेला परेको छैन ।

मेगास्थनिज युनानी राजा सेल्युकस निकेटरको दूतको रुपमा जम्बुद्विपका राजा चन्द्रगुप्त मौर्यको शासनकालमा आएका थिए । उनले भारतको सम्बन्धमा लेखेको पुस्तकमा जम्बुद्विपलाई इन्डिका लेखिएको छ । त्यसैले उनको किताबको नाम इन्डिका रहेको हो ।

भारतको एकिकरण ब्रिट्शहरुले गरेका थिए । ब्रिटिशहरु आउनुपूर्व वर्तमान भारतको भूगोलमा सानाठूला ७५० राज्यहरु थिए । अर्थात भारत नामको एउटै राज्य थिएन । इष्ट इन्डिया नामको व्यापारिक कम्पनीको पहलमा एकिकरण गरिएको राज्यलाई “इन्डिया” भन्न थालिएको हो ।

भारत नाम कसरी रह्यो त ?

कुनै जमानामा जम्बुद्विप भित्र भरत नामका चक्रवर्ती राजाको “भरत खण्ड” नामको राज्य थियो भन्ने आधारमा राज्यको नाम इण्डियाको पर्यायको रुपमा संविधानमा भारत लेखिएको हो ।

भारत इतिहास प्रमाणित नाम होइन । रामायण महाभारत जस्तै भरत राजाको कथा एउटा मिथक मात्रै हो । इतिहासले प्रमाणित नगर्ने पुराणकथाको नाम हो “भारत” !

एउटा सत्य के हो भने इण्डिया विदेशीहरुले दिएको नाम हो र पुराण कथाबाटै लिइएको भए पनि भारत भन्ने नाम स्थानीय हो ।

इन्डियालाई भारतले पूर्णरुपमा विस्थापित गर्ने भारत सरकारको निर्णय स्वभाविक लाग्छ । सकारात्मक कदम हो भन्नैपर्छ ।

अब प्रश्न आउँछ “हिन्दुस्तान”, “हिन्दूधर्म” र “हिन्दी” भाषाको के हुन्छ ?

भारतलाई हिन्दुस्तान पनि भनिन्छ । भारतको मुख्य धर्मलाई ” हिन्दू” भनिन्छ । भारतको राष्ट्र भाषालाई “हिन्दी” भनिन्छ ।

हिन्दू शब्द भारतीय होइन । संस्कृत पनि होइन । यो फारसी भाषाबाट आएको हो । हिन्दूस्तान र हिन्दू दुबै विदेशीले दिएका नाम हुन् । के अब हिन्दूराष्ट्रलाई मुख्य मर्गदर्शन बनाएको RSS ले हिन्दू शब्दलाई पनि हटाउला ?!!

भारतको राष्ट्रभाषा हिन्दी निकै कान्छो भाषा हो । त्यसको प्रारम्भिक नाम “खडीबोली” हो । भारतको भाषा अब खडी हुन्छ त । धर्मको नामसंग पनि खडी जोडिएला कि ? हिन्दू र हिन्दूत्व भन्ने मान्यता अब संकटमा पर्ने भो त ?!!

मौर्यवंशी राजा अशोकको राज्य अफगानिस्तानदेखि बर्मासम्म फैलिएको थियो भनिन्छ । त्यही इतिहासको आधारमा विशाल भारतको एकीकरणको सपना RSS ले देख्ने गरेको हो भनिन्छ । सम्राट अशोकको राज्यको नाम भारत थिएन । जम्बुद्विप भनिन्थ्यो ।

एकल नाम भारत रोज्नुको कारण RSS हुनु पर्छ । देशको नाम जम्बुद्वीप राख्न RSS तयार हुदैनथ्यो । किनकि त्यो बौद्ध राज्य थियो । बुद्धको इतिहासको महिमामण्डन हुने कुरा RSS ले पचाउन सक्ने कुरा थिएन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved