Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मनुस्मृतिमा लिखित ब्यवस्था अनुसार जात-थरकाे आधारमा विभेद र छुवाछुत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 31, 2023
45 shares
जयवन्त विक्रम शाह
मूलत: मनुस्मृतिमा यस प्रकार लिखित ब्यवस्था गरिएकाे हुनाले जात-थरकाे आधारमा जातिय विभेद,छुवाछुत,शाेषण र उत्पीडन भईआईरहेकाे रहेछ । अब कसाे गर्ने ?
हिन्दु धर्म शास्त्रका विभेदपूर्ण सन्धर्भहरु सामान्यत: वेद,गीता,उपनिषद,पुराण हुँदै मूलत: मनुस्मृतिसम्म देख्न सकिन्छ :-
#किनिएको भएपनि त्यसै पाइएको भएपनि शुद्र लाई दास बनाएर राख्नु ,किनभने बिधाताले ब्राह्मणको दास हुनका निमित्त नै शुद्रको सृष्टि गरेका हुन् ( मनुस्मृती , ८ / ४१३)
#शुद्रहरु अरुका कमारा हुन् र स्वेच्छाले तिनीहरुलाई राख्न र निकाल्न पाइन्छ ! (ऐतरेय ब्राह्मण)
#मालिकले त्याग गरेपनि शुद्र जाति दासताबाट छुट्न सक्दैन किनभने कमारो बन्नु नै त्यस्को स्वाभाविक कर्म हो । त्यो कसरी छुट्न सक्छ ? ” (मनुस्मृती ८/४१४)
#यदि कुनै शुद्रले लोभमा परेर उच्च जातिले अपनाएको ब्यवसाय गर्छ भने सर्वस्वसहित तुरुन्तै देशनिकाला गर्नु !” ( मनुस्मृती १०/९६)
#गैर आर्यहरुले आफ्ना सन्तान बेच्दा वा बन्धक राख्दा कुनै दोष हुँदैन,तर आर्य मूलको मान्छे दास हुन सक्दैन !”(कौटिल्य अर्थशास्त्र )
#शुद्रलाई बुद्धि नदिनु कुनै वर्तको उपदेश पनि नदिनु ।”(मनुस्मृती ४/८०)
# ब्राह्मणले गर्ने जप-होम आदि काम गर्न खोज्ने शुद्रलाई राजाले मृत्युदणड दिनु, किनभने पानीले आगो निभाए झैं जप-होम आदि गर्ने शुद्रले सम्पूर्ण राष्ट्रलाई नष्ट गर्दछ ।”(आत्रीसंहिता-१९)
# शुद्रले वेद सुनेमा सिषा र लाह पगालेर उसको कानमा हाली दिनु, वेदको मत्र उचाराण गरेमा जिब्रो काटीदिनु,वेदमन्त्र कण्ठस्थ गरेमा ज्यानै खतम गरिदिनु,उसले आशन विस्तरा बाटो आदिमा उच्च जातिसङ्ग टाँसिन खोजे १०० पण दण्ड गर्नु ।”(गौतमशुत्र – १२)
#शुद्रलाई जुठो अन्न,पुराना कपडा , ओछ्याउनलाई पराल र ओढ्नलाई थाङ्ना-भोत्रा दिनु ।”(मनुस्मृती १०/१२५)
#जतिसुकै धन कमाउन सक्ने भए पनि शुद्रहरुलाई धन संग्रह गर्नु हुँदैन । किनभने शुद्र धनी भयो भने त्यस्ले ब्राह्मणलाई नै बाधा पुर्याउछ ।” (मनुस्मृति १०/१२९)
#शुद्रजातिले ब्राह्मण-क्षेत्री र वैश्य जातिप्रति कडा वचन बोल्छ भने त्यस्को जिब्रो काटीदिनु पर्छ,किनभने जिब्रो काटिने जघन्य अपराध त्यस्ले गरेको हो ।”(मनुस्मृती ८/२७०)
#बाहुनको सेवा-सुश्रुषा र दासत्व गर्नु नै शुद्रहरुको विशिष्ट काम मानिन्छ । यदि दास र शुद्रले अरुकाम गर्न खोजे भने त्यो विफल हुनेछ ।” मनुस्मृती (१०/१२३ )
# शुद्रजातिका लागि एउटा मात्र काम निर्धारित गरिएको छ ।त्यो इर्ष्र्यारहित भएर मालिक वर्गको सेवा गर्नु हो ।” (मनुस्मृती ८-१-९१)
#शुद्र वा दासले बाहुनको कपाल समात्छ भने कुनै किसिमको छानविन वा विचारै नगरी उसका दुवै हात काटी दिनुपर्छ तथा बाहुनका दार्ही,खुट्टा,घाँटि वा अण्डकोष मात्र छुन्छ भने पनि उसका हातहरु पूरै काटीदिनु पर्छ ।”(मनुस्मृती ८/ २८१)
#बुद्धि,विवेक र योग्यताले सम्पन्न शुद्रले राज्य-शासनका बारेमा कुनै पनि मूर्ख वा अविवेकी राजालाई उचित वा अनुचित सम्बन्धी कुराको विवेचना मात्र गर्छ भने त्यो पूरै राष्ट्र हिलोमा फसेको गाई झैं हुन जान्छ ।” ( मनुस्मृती ८/२२)
#जुन ठाउँमा दास र शुद्रहरुको संख्या धेरै छ,जहाँका मानिस तर्कशील छन्,जहाँ बाहुनहरुको खास गणना गरिँदैन अथवा बाहुनहरुका बारेमा आलोचना पनि गरिन्छ,त्यस्तो ठाउँ चाडै नै विनाश हुन्छ र त्यहाँ ठूलो बिद्रोह आदि सृजना हुन्छ ।”( मनुस्मृती ८/२१)
# अन्तत: खराब आचरण भएको मानिस आदि ब्राह्मण जातिको छ भने,त्यो पुजनीय हुन्छ र असल आचरण भएको मानिस यदि शुद्र जातिको छ भने,त्यो निन्दनीय नै हुन्छ । किन भने कसैले पनि दुष्ट वा बैगुनी गाई नदुहेर गदहीलाई त अवस्य पनि दुहुँदैन ।”(मनुस्मृती ८/२३)
# चाहे आफैले बनाएको धार्मिक नीति अनुसार होस वा अर्कालाई फकाई-फुस्लाई गरेर होस या छल-प्रपन्च,जालझेल गरेर होस्,हरेक तरिकाबाट आफ्नो मतलव पूरा हुने आर्थिक साधनहरु जुटाउन पछि पर्नु हुँदैन । यदि कसैले वा तल्ला जातिका मानुषले ब्राह्मण वा क्षेत्रीयले चाहे अनुसारको सम्पत्ति दिँदैन भने, त्यसलाई बाँधेर हुन्छ कि ? घरमा थुनेर हुन्छ कि ? पिटपाट गरेर हुन्छ कि ? जुनसुकै बल प्रयोग गरेर हुन्छ,आफूले भने अनुसारको धन असुल-उपर गर्नु पर्छ ।”( मनुस्मृती ८/४९/५०)
# वेद बिद्या जानेको बाहुनलाई सबै जातका मानिसले आफ्नो धन,जीवन,घर र सम्पूर्ण कुराहरु दिनु उचित हुन्छ ।” (मनुस्मृती ११/७६)
# वेद पढ्न जानेका बाहुनलाई आफूले सकेको धन दिनै पर्छ किनभने बाहुनलाई धन-सम्पत्ति दियो भने स्वर्ग जान पाईन्छ ।” (मनुस्मृती ११/६)(२)हिन्दु धर्मभित्रका जातिय छुवाछूत, बिभेद र जातिय अत्याचार वेद-गीतादेखि स्मृति पुराण, उपनिषद र मनुस्मृतीसम्म दलित बिरुद्ध लेखिएका धार्मीक सिद्धान्तहरु यस प्रकार देख्न पाईन्छ :-
शुद्रलाई दास बनाएर राख्नु किन भने विधाताले ब्राह्मणको दास हुनको निम्ति नै शुद्रको सृष्टि गरेका हुन ।” (मनुस्मृती, ८/४१३)
#जप-होम आदि गर्न खोज्ने शुद्रलाइ राजाले मृत्युदन्ड दिनुपर्छ किनभने पानीले आगोलाई निभाउछ, त्यसरी नै जप-होम आदि गर्ने शुद्रले सम्पूर्ण राष्ट्रलाई नै नष्ट गर्दछ ।” (आत्रीसहिँता, १९)
# स्त्री र शुद्रलाई पढ्न दिनु हुँदैन ।” (मनुस्मृती , ६/७)
# जतिसुकै धन कमाउन सक्ने शक्ति भएता पनि शुद्रले धन कमाउने कुरा सोंच्नु पनि हुँदैन,किनभने शुद्रले धन कमाएमा ब्राह्मणलाई सताउन थाल्छ, ।”( मनुस्मृती ,, १०/१२९)
#आफ्नो दास,चाकर र शुद्रले कमाएको धन मालिक (ब्राह्मण)ले खोस्न हुन्छ । किनभने शुद्रको आफ्नो भन्ने धन नै केही हुँदैन ।” (मनुस्मृती, ७/४१७)
#गैर आर्य,म्लेच्छ मूलका मानिसहरुले दास बनाउनको निम्ति आफ्ना सन्तान बेच्दा र बन्धक राख्दा कुनै दन्ड हुँदैन तर आर्य मूलको मान्छे दास हुन सक्दैन ।”(मनुस्मृती,३/१३)
#यदि शुद्रले द्वीजाति(ब्राह्मण, क्षेत्रीयहरु)लाई कडा बोलीले गाली गर्यो भने त्यसको जिब्रोकाटी दिनु ।” ( मनुस्मृती,८/२७०)
#ढोलक (बाजा),शुद्र,गाउँले,पशु र नारी यिनीहरुलाई नपिटीकन काम आउँदैन ।” (बाबा तुल्सीदास रामायण )
#शुद्रले पुरानो फाटेको बस्त्र लगाउनु,बाहुनको जुठो पुरो खानु, आफ्नै स्वास्नीसङ्ग मात्र संभोग(रतिकृया) गर्नु र अर्काकी आइमाईदेखि टाँढै रहनु । शुद्रले सँधै मन- वचन- कर्मले यसप्रकार आचारण गरेमा उस्को सम्पुर्ण पाप नष्ट हुन्छ ।
यसका साथसाथै नेपालकाे प्राचीन इतिहासलाई केलाउँदै आउँदा,नेपाल(गाेरखा राज्य) हुँदै,विशेषत: राणाकालसम्म आउँदा,नेपाल मुलुकमा तात्कालीन शासक तथा हुनेखाने सामन्त वर्गकाहरुले जात-पात,छुवाछुत र भेदभाव गर्ने,गराउने र गर्न लगाउने गरेका घटनाहरु निकै नै भएका पाईन्छन् । जस्तै :- १- ब्राह्मण(बाहुन)बाट कामी,दशनामी,गन्धर्व र वादी बनाईएकाे(जातच्युत गरिएकाे) । २-ठकुरीबाट सार्की बनाईएकाे ।(पृथ्वी नारायण शाहले आफ्नै शशुरालाई सार्की बनाएका थिए ।) ३-क्षेत्रीबाट दमाई बनाईएकाे । ४)सिद्धार्थ गाैतम बुद्धका मावली देशका वासिन्दाहरु(हालकाे नवलपरासी)का मल्लहरु कान्तिपुरका मल्ल नेवार र यहि नवलपरासीका अन्य उच्च वर्गकाहरुलाई राणाकालमासमेत श्रेष्ठ नेवार बनाईएकाे । यसरी मान्छेका जाति, जात,थर र बाेली,शैली एवं ब्यवहारहरु तल-माथि तथा दायाँ-बायाँ गर्ने शासकीय-सामन्ती अभ्यासहरु मूलत: हिन्दूस्तान र नेपालका इतिहासहरुमा देख्न पाईन्छन् ।
यसाे गर्नका मूल कारणहरुमा :-
१)राजा,राज परिवार,मालिक,मालिकका परिवार,उपल्लाे वर्गकाहरुले आज्ञा,हुकुम गरेकाे अर्थात भनेकाे नमान्नू ।
२)लिएकाे ऋण-सापटी तिर्न नसक्नु ।
३)कानूनी,सामाजिक र राजनीतिक अपराध गर्नु ।
४)धार्मिक-साँस्कृतिक पाप गर्नु ।
५)विभिन्न कारणहरुले मनमुटाव भई,वैरभाव-दुश्मनी हुनु ।
अत: कुनै ईश्वर-परमेश्वरले जातपात,छुवाछुत र भेदभाव गरेकाे नभई,यहि दुनियाँमा अर्थात यहि देशका शासक-हुनेखाने पहुँचवाला वर्गका मानिसहरुले नै यस्ता अमानवीय जघन्य चलन-थितिकाे थालनी गरेका हुनाले र चलाउँदै आईरहेका हुनाले,याे अमानुषिक आपराधिक विभेदयुक्त प्रचलन अहिलेका हामी नेपाली मानिसहरुले नै न्याय प्राप्तिका लागि बलपूर्वक ताेड्नु पर्दछ र याे घृणित कुसँस्कार तथा कुसँस्कृतिबाट पूर्ण र समग्र रुपले मुक्ति पाउनु पर्दछ,दिनु र दिलाउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved