Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लघु कथा- “खुशी हुँदै छोराले भन्यो”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 8, 2023
18 shares

ममि मलाई मेरो जन्म दिनमा मोटरसाइकल चाहिन्छ सोह्र बर्षीय छोराले आफ्नो आमा इन्दिरा लाई भन्यो: तैले मोटरसाइकल त राम्रोसँग चलाउन जान्दछस छोरा? आमा इन्दिरा ले अचम्म मान्दै भनिन्।
आउँछ ममि मैले स्कुलमा साथीको मोटरसाइकल सिकेको छु। तपाईंले मलाई एउटा मोटरसाइकल मात्रै ल्याइदिनुस म चलाएर देखाइदिन्छु। “खुशी हुँदै छोराले भन्यो।”

उम्रदैको तिनपात भर्खर See दिएर बसेको छस, आफै कमाउने आफै चड्ने अब १६ बर्ष पनि पुगिस नागरिकता बनाइदिन्छु प्लस टु पढ्न थालेपछि काम गर्दै पढ्ने, कामको पैसाले मोटरसाइकल किन्ने जागीर खाने पेट्रोल हाल्ने जे मनलाग्छ त्यही गर्नु। बुबा रमेश ले भने।

“छोराले मोटरसाइकल चलाउन जान्दछु भन्दै छ त, तपाईंले पनि जतिबेला पायो त्यतिबेला यसलाई कराउनुहुन्छ, यो बेला नचडेको मोटरसाइकल कहिले चड्छ त? छोराले रहर गरिगयो जानुस् न गएर एउटा मोटरसाइकल लिदिनुस। छोराको ममिले भनिन्।

रहर गरिगयो रे?
यसको नागरिकता बनाएको छैन लाइसेन्सको त झन अत्तोपत्तो छैन त्यसैपनी सरकारले उमेर नपुगेका बालबालिकालाई सवारी चलाउनको लागि रोक लगाएको छ। बुबा रमेश ले भने।

“तपाईंले आफ्नो उपदेश आफैसँग राख्नुहोस, छोरा ठूलो भैसक्यो, पर्सि क्याम्पस जानलाई पनि त एउटा साधन चाहिन्छ।… खुरुक्क भरै साँझमा छोरालाई लगेर सोरुमबाट एउटा मोटरसाइकल झिक्दिनुस। ममि इन्दिरा ले भनिन्।”

बुबा रमेश ले लाखौं पटक सम्झाउने कोशिश गरेपनि अन्ततः छोराको जन्मदिनमा मोटरसाइकल किनाएरै छाडे। मोटरसाइकलको पुजा गरियो र छोराले आफ्नो साथीहरूलाई मोटरसाइकल देखाउन र पार्टी दिनलाई घरबाट निस्कियो।

“हेर न इन्दिरा अहिलेसम्म छोरा घरमा आएको छैन। आधारात सम्म छोरा घरमा नआएपछि मनमा चिन्ता गर्दै बुबा रमेशले श्रीमती इन्दिरा लाई भने।”

“आइहाल्छ नि कति चिन्ता गर्नुहुन्छ, चुपचाप सुत्नुहोस न अब हाम्रो छोरा पनि ठूलो भैसक्यो। इन्दिरा ले भनिन्। इन्दिरा ले भन्दै गर्दा फोनको घण्टी बज्यो। उनले फोन उठाइन कुरा गरिन, हातखुट्टा कमाउदै भुइँमा बसिन, किनकि फोन प्रहरीको थियो छोराले हाईवेमा तिब्र गतिमा मोटरसाइकल चलाउँदै गर्दा गाडीमा ठोकियो, उसलाई धेरै चोट लागेको थियो।

आमाबुबा दुबै अस्पतालमा पुग्दा छोरा जीवन र मृत्युसँग लडिरहेको देखे। आमा इन्दिरा ले छोराको जिद्दीपनमा बुबालाई भनेर बुबाले लाखौं पटक सम्झाउदा पनि नमानेपछि मोटरसाइकल किनाएरै छाडेकी थिइन। उनलाई अहिले आफ्नै खुट्टामा आफैले बन्चरो हानेको महसुस भएको छ।

सरकार गलत होइन उसले बनाएको नियम हाम्रो सुरक्षाको लागि हो। त्यसैले आफ्ना नाबालक छोराछोरीलाई सवारी सुम्पनु अघि एकपटक सोचौं ताकि तपाईंको लाडप्यार र उनिहरुको जिद्दीपनले तपाईंको खुट्टामा बन्चरो प्रहार नगरोस्।।

शन्ताेष कार्कि

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved