आजबाट बिक्रम सम्बत २०८० सुरु भयो
विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको पात्रो हो। विक्रम संवत् भारतका विभिन्न राज्यहरूमा पनि प्रचलनमा रहेको छ । यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो। यो इस्वी सम्वत् (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रोमा वर्षको सुरूवात वैशाखको पहिलो दिनबाट हुन्छ। नयाँ वर्षको सुरूवात सामान्यतया ग्रेगोरी पात्रोको अप्रिल महिनाको १३ वा १४ तारिकमा पर्दछ। विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बतमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन्।


कलिको ३००० वर्ष समाप्त भए पछि १०१ ईस्वी पूर्व सम्राट विक्रमादित्यको राज्यारोहण भयो उनी वर्त्तमान भारत अन्तर्गत पर्ने उज्जैनका राजा थिए । उनले १०० वर्ष राज्य गरे उनी यसस्वी परोपकार र उदारताका लागि प्रसिद्ध थिए । विक्रम सम्बतको सुरुवात पनि विक्रमादित्यद्वारा नै भएको थियो यो सम्बतको पुष्टि ज्योतिर्विदाभरण नामक ग्रन्थ द्वारा हुन्छ जसलाई ३४ इशा पुर्व लेखिएको थियो यसको अनुसार विक्रमादित्यले ५७ इशा पुर्व विक्रम सम्बतको सुरुवात गरेका थिए ।

तर,नेपालमा चाहिँ भारतको मिनि कन्ट्रीको रुपमा स्विकारेकोले यो बिक्रम सम्वत मानेकाे हाे भन्न सकिन्छ। नेपाला सबैभन्दा पुरानो पात्रो येले सम्बत हो । जुन अहिले ५०८४ बर्षमा लाग्दैछ ।


















