Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रजातन्त्रको स्थापना यसरी भयो,पाच बर्षिय बालकलाई राजा बनाइयो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 20, 2023
60 shares


काठमाडौं । बिक्रम सम्बत २००७ साल फागुन ७ गतेका दिन १०४ बर्षिय निरंकुर जहानिया राणा सासनको अन्त भएर नेपालमा प्रजातान्त्रिक सासनको स्थापना भएको स्मरण गर्दै हरेक बर्षको फागुन ७ गतेलाइ प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिन्छ।नेपालमा प्रजातन्त्र दिवस मात्र मनाइदैन तर लोकतन्त्र गणतन्त्र दिवस पनि मनाउने चलन छ।

स्मरण रहोस कि,हरेक राजनीतिक इतिहासलाई नियाल्ने हो भने कसैले कसैको हत्या नगरी रगतको खोलो नबगाइ कना देसमा कुनै सासकिय स्वरुप फेरिएको छैनन।बिडम्बना त यो छ कि,हाल माओवादी पार्टीले १७ हजार नेपालीको हत्या गरेर आएको गणतन्त्र भन्दै गणतन्त्र दरबारिया यथास्थितिबादी ब्यक्तिहरुले गणतन्त्र दिवसको निकै खिल्ली उडाउने काम गरेको देखिन्छ भने कति हजार जनाको हत्या भएपछि नेपालमा प्रजातन्त्रको स्थापना भयो होला?

त्यसबारेमा पनि चर्चा गर्नु उपयुक्त कसैले ठान्दैनन।नेपालमा प्रजातन्त्र दिवस मनाउदै गर्दा यता तिर पनि ध्यान दिनु जरुरी छ कि,कति हजार ब्यक्तिको हत्या भएपछि नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो?त्यसबारे कसैले बोल्दैनन।नेपालमा पृथ्वी जयन्ती पनि मनाइन्छ तर पृथ्वीनारायण साहले कति हजार जनाको हत्या गरेपछि मात्र नेपालमा हिन्दु साह राज्य बिस्तार भयो?त्यसबारे कसैले बोल्दैन।स्मरण रहोस कि,दस बर्षे माओवादी जनयुद्ध त हिजो अस्तिको कुरा भयो,सबैको हात हातमा क्यामरा भएको समयमा माओवादी जनयुद्ध भएको कारण कतिले फोटो खिचे,आपनै आखाले देखे र भोगे र पो माओवादीले १७ हजार नेपालीको हत्या गरे भन्न सजिलो भयो।

 नेपालमा क्यामरा चलन र संचार जगतले चर्चा नपाएको समयमा पृथ्वीनारायण साहले गोर्खा हिन्दु साह राज्य बिस्तार गर्दा हजारौको हत्या भयो,त्यसबारे चर्चा हुने त कुरै भएन।संचार जगत चर्चा नपाएको समयमा अनि सबैको हात हातमा क्यामरा नभएको समयमा बिक्रम सम्बत २००७ सालमा भएको जनयुद्धको बेला कति हजार नेपालीको हत्या भएपछि मात्र नेपालमा प्रजातन्त्रको स्थापना भयो?त्यसबारे चर्चा त हुने कुरै भएन।अब नेपालमा प्रजातन्त्रको स्थापना कसरी भयो?त्यसबारे छोटो चर्चा गराेैँ ।

क)नेपालमा प्रजातन्त्रको स्थापना हुनु भन्दा अगाडीको सासकिय स्वरुप बारे चर्चा।

कुरा बिक्रम सम्बत १९०३ साल भदौ महिनाको हो,तत्कालीन समयमा राजा राजेन्द्र साहको श्रीमति राज्य लक्ष्मि साहले गगनसिह खवासलाई आपनो प्रेमिका बनाएकी थिइन।रानी राज्य लक्ष्मी साह र काजी गगनसिह खवास बिच प्रेम बसेको कुरा राजा राजेन्द्र साहले थाहा पाइहाले।जब राजेन्द्र साहले आपनो श्रीमतिको प्रेमी काजी गगनसिह खवास भएको पत्ता लगाए तब आपनो छोरा सुरेन्द्र साहको अंगरक्षक जंग बहादुर राणालाइ आदेस दिएर भने,जंगे तैले काजी गगनसिह खवासलाइ खत्तम पारीदे वा हत्या गर,भनेर आदेस दिए।जब राजा राजेन्द्र साहको आदेसको पालना गर्दै युबराज सुरेन्द्रको जंग बहादुर राणाले काजी गगनसिह खवासको हत्या गरिदिए तब आपनो प्रेमिका गगनसिह खवास मारिएको कारण रानीलाई पिडा भएसगै गगनसिहको हत्यारा पत्ता लगाइ हत्या गर्ने उदेश्यले रानीको आदेसमा कोत पर्व,भण्डारखाल पर्ब र अलौ पर्बको आयोजना भयो।त्यही कोत पर्व,भण्डारखाल पर्व, अलौ पर्बको समयमा युबराज सुरेन्द्रको अंगरक्षक जंग बहादुर राणाको हातबाट करिब हजार जना ब्यक्तिहरुको हत्या गरिएसगै राजा राजेन्द्र साहको पदिय मर्यादामा समस्या भयो र राजा रानी सासन सत्ता छोडेर कासी तर्फ पलायन हुनु पर्ने अवस्था सिर्जना भयो।जब राजा राजेन्द्र साह आपनो रानीको साथ शासन सत्ता छोडेर कासी तर्फ पलायन भए तब सुस्त मनस्थितिको युबराज बालक सुरेन्द्रलाइ बाल राजा बेबिकिङ घोषणा गरि खोपिमा सिमित पार्दै बिक्रम सम्बत १९०३ साल असोज ३ गतेका दिन देखि जंग बहादुर राणा सासन सत्ता आपनो हातमा लिए।जंग बहादुर राणाले साह राजाहरुलाइ खोपिमा सिमित पार्दै अधिकार बिहिन बनाएर शासन सत्ता आपनो हातमा लिने संस्कारले १०४ बर्ष सम्म निरन्तरता पायो र यो संस्कार जंग बहादुर राणाको पाला देखि अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर राणाको पाला सम्म चली नै रहयो।नेपालमा १०४ बर्षे रानाकालमा राणा शासन विरुद्धमा र राणाहरु विरुद्धमा कसैले बोलेमा सिधै हत्याको सिकार हुनु पर्थ्यो।खुसिको कुरो प्रजातन्त्रको उदय भएपछि सासकहरुको बिरोध गर्न पाउने दिन आयो अझ हुदा हुदा अहिले त निचोर्दा नाकबाट दूध आउने ठेटनेहरुले समेत प्रधानमन्त्री राष्ट्रपतिको बदनाम गर्न पाउने दिन आयो।जहानिया १०४ बर्षे राणा सासनकाल भरी कुनै लिखित संविधान थिएन,हुकुमी शासन थियो,जंग बहादुर राणा बेलायत भ्रमणमा गएर फर्के लगतै बिक्रम सम्बत १९१० पहिलो लिखित कानुनको मुलुकी ऐन लागू गरिए त पनि बिक्रम सम्बत २००४ सालमा पदमा शमशेर राणाको पालामा लिखित संविधान लागू गरिए त पनि ती कथित संविधान कागजमा सिमित थिए,आखिर हुकुमी शासन नै चल्थ्यो,कसैले देसमा प्रचलित गलत सासन र सासकहरुको विरुद्धमा बोल्न पाइदैन थियो।

ख)जंग बहादुर राणाबाट सुरुवात भएको राणा सासन विरुद्ध बोल्ने आट गर्ने चलनको सुरुवात।

जब देसमा जंग बहादुर राणाको पाला देखि साह राजाहरुलाइ खोपीमा सिमित पार्दै शासन सत्ता आपनो हातमा लिने संस्कारको सुरुवात भयो तब तत्कालीन समयमा कसैले पनि राना सासनको विरुद्धमा बोल्नु परयो भने अब मेरो हत्या हुदैछ भनेर सोच्नु पर्ने अवस्था थियो।झन नेपालमा राणा सासनको सुरुवात हुदैगरेको अवस्थामा,बाघ सासक मानिएको जंग बहादुर राणाको पालामा राणा शासन विरुद्ध सासकहरुको विरुद्ध बोल्नु त झन कठिन अवस्था थियो त पनि गोर्खा जिल्ला अवस्थित बुङकोट गाउमा जन्मिएका क्याप्टेन लखन थापा मगरले सैनिक बिद्रोह गराइ जंग बहादुर राणालाई शासन सत्ताबाट हटाउने सहास गरेका थिए।जब क्याप्टेन लखन थापा मगरले सैनिक बिद्रोह गराइ जंग बहादुर राणालाइ शासन सत्ताबाट हटाउने षड्यन्त्र गर्दैछन भन्ने कुरो सुराकी मार्फत जंग बहादुर राणाले थाहा पाए तब जंग बहादुर राणाकै आदेसमा क्याप्टेन लखन थापालाइ तुरुन्त पक्राउ गरि गोर्खा जिल्लामा अवस्थित मनकामना मन्दिर अगाडिको रुखमा झुण्डयाइ बिक्रम सम्बत १९३३ साल फागुन २ गतेका दिन हत्या गर्ने काम भयो,स्मरण रहोस लखन थापा मगर पहिलो सहिद हुन।जब जंग राणालाइ रुखमा झुण्डयाइ हत्या गर्ने काम भयो त्यही दिन नै सर्लाही जिल्लाको पत्थरघट्टा भन्ने जंगलमा सेतो लिडे बाघको आक्रमणमा परि जंग बहादुर राणाको पनि मृत्यु भयो भनिन्छ।अब तराइमा सेतो हिउँ बाघ कसरी पुग्यो?लिडे सेतो बाघको अर्थ के हो?यहाहरु आफैले बिचार गर्दै गर्नुहोला।

ग)राणा शासन ढाल्नका लागी पहिलो राजनीतिका पार्टी प्रजापरिषद पार्टीको स्थापना भएको बारे चर्चा।

नेपालमा पहिलो राजनीतिक पार्टीको रुपमा बिक्रम सम्बत १९९३ साल जेठ २२ गतेका दिन टङक प्रसाद आचार्यको अध्यक्षतामा प्रजापरिषद पार्टीको स्थापना भयो र यो पार्टी स्थापना हुनुको उदेश्य नै राणा सासनलाइ हटाएर देसमा प्रजातान्त्रिक सासन प्रणालीको स्थापना गर्ने थियो र प्रजापरिषद पार्टीलाई तत्कालीन राजा त्रिभुवनको गोप्य समर्थन थियो।जब देसमा राणा सासनलाइ हटाएर प्रजातान्त्रिक सासनको स्थापना गर्ने उदेश्यका साथ प्रजापरिषद पार्टीको स्थापना भएसगै प्रजापरिषद पार्टीले आपनो दर्शनलाइ अगाडी सार्दै त्यसलाइ व्यबहारमा उतार्दै जाने क्रममा बिक्रम सम्बत १९९७ सालमा राणा बिरोधी पर्चा छर्न सफल भएलगत्तै तत्कालीन क्रुर राणा प्रधानमन्त्री जुध्द शमशेर राणाको आदेसमा ८ आठ जना सदस्यहरु पक्राउ परे र पक्राउ पर्ने ब्यक्तिहरु क्रमश टङक प्रसाद आचार्य,सिबराज शर्मा,रामहरी शर्मा,गणेशमान सिह,धर्माभक्त माथेमा,सुक्रराज सास्त्री,गङ्गाल श्रेष्ठ र दरथचन्द ठाकुर थिए।तत्कालीन समयमा पक्राउ परेका प्रजापरिषद पार्टीका आठ जना सदस्यहरु मध्य तीन जना सदस्यहरु क्रमश टङक प्रसाद आचार्य,रामहरि शर्मा र सिबराज शर्मा बाहुन भएको कारण हत्या गरिएन,कारण तत्कालीन समयमा राणाहरुलाइ बाहुनहरुले स्वस्ती दिने भएको कारण आफुलाइ स्वस्ती दिनेको हत्या गर्नु हुदैन पाप लाग्छ भन्ने सोचाइ राख्थे।अनि पक्राउ परेका अरु पाच जना चाही जनजाती भनिएकाहरुका सन्तानहरु भएको कारण हत्याको आदेस दिइयो,राणाहरु द्वारा हत्याको सिकार हुनै लागेको अवस्थामा गणेशमान सिह जेलको पर्खाल तोडेर भागेसगै भारतमा सरण लिन पुगे भने अरु चार जना क्रमश सुक्रराज सास्त्री,गङ्गालाल श्रेष्ठ,दसरथचन्द ठाकुर,धर्मभक्त माथेमालाई भने जुध्द शमशेर राणा प्रधानमन्त्रीको आदेसमा तत्कालीन सेनापति नर शमशेर राणाको नेतृत्वमा गोलि हानेर अनि रुखमा झुण्डयाएर हत्या गर्ने काम भयो।

घ)नेपाली काङग्रेस पार्टी द्वारा राणा शासन विरुद्धमा बिद्रोहको कदम चालेको बारेमा चर्चा।

बिक्रम सम्बत २००६ साल चैत २७ गतेका दिन नेपाली काङग्रेसको स्थापना भयो र बिक्रम सम्बत २००७ बैशाख १२ गतेका दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो।तत्कालीन समयमा नेपाली काङग्रेस पार्टी र नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुको उदेश्य नै राणा सासनलाइ ढालेर देसमा प्रजातान्त्रिक सासनको स्थापना गर्ने थियो।जब जहानिया राणा शासन सत्तालाइ ढालेर देसमा प्रजातान्त्रिक सासन प्रणालीको स्थापना गर्ने उदेश्यका साथ भारतमा बसेर नेपाली काङग्रेस पार्टी र नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो तब यी दुबै पार्टीको संयुक्त दर्शनलाइ एकै ठाउमा मिलाउदै बिक्रम सम्बत २००७ साल कार्तिक २१ गतेका दिन देखि राणा सासनको विरुद्ध बिरोध मात्र होइन हतियार नै उठाउने उदेश्यका साथ ससस्त्र जनयुद्धको सुरुवात घोषणासगै तत्कालीन काङग्रेस जनमुक्ति सेनाहरु द्वारा राणाहरुको अड्डाहरु देखि सैनिक ब्यारेक कम्जा गर्ने कामले तीव्रता पायो,धेरै जना ब्यक्तिको हत्या भयो,देसमा रगतको खोलो बग्यो,कतिले भन्न थाले छिमेकी छिमेकी बिच झगडा पर्दा पनि तेरो घरमा काङग्रेस पसोस।देसमा नेपाली काङग्रेस र नेपाल कम्युनिस्ट सम्मीलित काङग्रेस जनमुक्ति सेनाहरु द्वारा देसमा राणा शासन विरुद्ध हतियार उठाउने काम हुँदै गर्दा,राणाहरुको अड्डा र सेनाको ब्यारेक कब्जा हुँदै गर्दा तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरलाई थाहै नदिइ तत्कालीन राजा त्रिभुवन भने पाच बर्षको बालक ज्ञानेन्द्र साहलाइ मात्र नेपालमा छोडेर राखे अनि आपनो सम्पुर्ण सन्तानहरु सहित भारतीय सासकहरुको गोप्य सहयोग द्वारा दरबार नै खाली बनाएर बिक्रम सम्बत २००७ साल कार्तिक २३ गतेका दिन सुटुक्क दिल्लीमा सरण लिन पुगे।स्मरण रहोस कि,तत्कालीन समयमा राजा त्रिभुवनले आपनो छोरा महेन्द्रको साली अर्थात दोस्रो श्रीमति रत्नराज्यको कोखबाट बिवाह नै नगरी जन्मिएको बालक भएको कारण बालक ज्ञानेन्द्र साहलाइ दरबारमा नहुलिएको र मावली हजुरबुबा हरि शमशेर राणाकै बाघ दरबारमा राखिएको कारण त्रिभुवन दिल्ली सरण लिन जाने क्रममा पाच बर्षिय बालक ज्ञानेन्द्र साह नेपालमै छोडिनु परेको हो।बिक्रम सम्बत २००७ कार्तिक २३ गतेका दिन तत्कालीन ससस्त्र युद्धरत पार्टीहरु र भारतिय सासकहरुको गोप्य सहयोग द्वारा राजा त्रिभुवन दिल्लिमा सरण लिन पुगेको कुरा प्रधानमन्त्री मोहन शमशेर राणाले थाहा पाएसगै साह राजाहरु बारे खोजखबर हुन थाल्यो र पत्ता लाग्यो कि राणाहरुकै दरबारमा राजा त्रिभुवनको नासो पाच बर्षिय बालक ज्ञानेन्द्र साह छोडिएका छन भन्ने कुरा।जब राजा त्रिभुवनको नासो नाती ज्ञानेन्द्र साह हरि शमशेर राणाको दरबारमा हुर्कदै गरेको कुरा प्रधानमन्त्री मोहन शमशेर राणाले पत्ता लगाए तब उनै पाच बर्षिय बालक ज्ञानेन्द्र साहलाइ ल्याएर बिक्रम सम्बत २००७ साल कार्तिक २५ गतेका दिन प्रधानमन्त्री मोहन शमशेर राणाले राजा अभिषेक गरे।जब तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेर राणाले पाच बर्षिय बालक ज्ञानेन्द्र साहलाइ राजा अभिषेक गरे तब बेबिकिङ घोषणा गरेको बिरोधमा नेपाल देखि देस बिदेसको तर्फबाट बिरोध चर्किन थाल्यो। ब्रीटिसको आशिर्वादले टिकेको राणा सासनको बिरोधमा ब्रीटिस सरकार उभियो र भारतले पनि मोहन शमशेरको यो कदमलाइ बिरोध गरयो र ससस्त्र युद्धमा रहेको काङग्रेस कम्युनिस्ट सम्मीलित पार्टी द्वारा परिचालित काङग्रेस जनमुक्ति सेनाहरु द्वारा अझ ससस्त्र भण्डाफोरको क्रियाकलापले तिब्रता पाउदै गएसगै जहबारलाल नेहरुको मध्यस्थतामा दिल्लीमा त्रीपक्षिय सम्झौता भयो,ती त्रिपक्षिय सम्झौता यसप्रकार थियो।

१)जनता द्वारा निर्बाचित बिधान सभाले चुनाब गराउने र संविधान निर्माण गर्ने।
२)तुरुन्त ५ जना राणाहरुको पक्षबाट अनि ५ जना काङग्रेसको पक्षबाट गरि १० जना सदस्य भएको अस्थायी मन्त्री मण्डल गठन गर्ने।
३)श्री ३ मा निहित रहेको अधिकार राजामा सुम्पने र बैधानिक राजा पाच बर्षिय बालक ज्ञानेन्द्र नभएर त्रिभुवनलाई नै राजा मान्ने।
४)आन्दोलनकारीहरुले हतियार उठाउन बन्द गरि हतियार बुझाउने र युद्ध रोक्ने।

अब यी र यस्ता त्रिपक्षिय सम्झौता दिल्लीमा सम्पन्न भएसगै १०४ बर्ष लामो समय टिकेको जहानिया राणा सासनको अन्त भएर बिक्रम सम्बत २००७ साल फागुन ७ गतेका दिन देखि नेपालमा प्रजातान्त्रिक शासन प्रणालीको स्थापना भयो र राणा शासन सत्ता सदाको लागी अन्त भयो।

लेखक : डि बि मुखिया किराँति

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved