Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गाेल्डेन सुनगाभा स्कुलले २५ औँ स्थापना दिवस साताव्यापीरुपले मनाउने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 17, 2023
18 shares

भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा ईङ्गलिस बोर्डिङ स्कुल स्थापनाको २५ वर्ष भएको अवसरमा साताव्यापी विविध कार्यक्रम आयोजना गरी रजत महोत्सव मनाउने भएको छ । विद्यालयले शुक्रवार पत्रकार सम्मेलन यही फागुन ७ गतेदेखी साताव्यापी कार्यक्रम आयोजना गरी रजत महोत्सव मनाउन लागिएको हो ।

सो सम्बन्धमा जानकारी दिँदैं विद्यालयका प्रधानाध्यापक महेश गौतमले रजत महोत्सवको पहिलो दिन फागुन ७ गते विद्यार्थीहरुबीच पिटी प्रतियोगिता हुने र अभिभावकहरुबीच विविध खेल प्रतियोगिता आयोजना गर्नुका साथै बिहान वाकाथुन हुने बताए ।दोस्रो दिन विद्यालयले सञ्चालन गरिरहेको गायन र डान्स आइडलको फाइनल सञ्चालन गरी विजेताहरुलाई पुरस्कार वितरण गर्नुका साथै विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत विविध कार्यक्रमका विजेताहरुलाई पुरस्कार वितरण गरिनेछ ।

तेस्रो दिन विद्यालयलमा परम्परागत कला संस्कृति र खानाको प्रदर्शनी, कला र विज्ञान प्रदर्शनी हुनुका साथै साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिने प्रधानाध्यापक गौतमले जानकारी दिए । विद्यार्थीहरुलाई नेपाली मौलिक खानाका प्रकार, कलासँस्कृति, भेषभुषाको बारेमा जानकारी दिने उद्देश्यले रजत महोत्सवको तेस्रो दिन कला संस्कृतिको प्रदर्शनी राखेका हौं, उनले बताए।

महोत्सवको चौंथो दिन सडक नाटक प्रदर्शन गरिनेछ । विद्यार्थीरुद्धारा तयार गरिएको करिव २० मिनेटको नाटक दुवाकोट मोड, निकोशेरा, दुवाकोट हाईट र व्यासीमा गरी चार स्थानमा प्रदर्शन गरिने प्रधानाध्यापक गौतमले जानकारी दिए । नाटक बालबालिकाहरुमा मोवाईल, टेलिभिजन, इन्टरनेटले पार्ने प्रभावका बारेमा केन्द्रीत रहेको उनले बताए ।

त्यसैगरी पाँचौं दिन मुठी दानको कार्यक्रम हुनेछ । विद्यार्थीहरुमा सेवाभाव जगाउने र उनीहरुलाई नैतिक शिक्षाको ज्ञान दिने उद्देश्यले विद्यार्थीहरुलाई एक मुठी चामल, केही दाना आलु, प्याज जस्ता तरकारी दान दिन आग्रह गरिएको र सो संकलन गरी मानव सेवा आश्रमलाई दान गरिने गौतमले बताए ।

 हालसम्म करिव एक सय किलो चामल र करिव ५० किलो आलु प्याज संकलन भईसकेको जानकारी दिँदैं उनले शिक्षक शिक्षिका, कर्मचारीहरुले पनि मुठी दान गर्ने र विद्यालयको तर्फबाट पनि त्यसमा थप गरी ती सामग्री आश्रमलाई दिने बताए ।
महोत्सवको छैंटौं र सातौं दिन अभिभावक दिवसको अवसरको रुपमा मनाईनेछ । जसअनुसार छैंटौं दिन कक्षा नर्सरीदेखी कक्षा ३ सम्म र सातौं दिन कक्षा ४ देखी कक्षा १० सम्मको अभिभावक दिवस मनाईनेछ ।

अभिभावक दिवसका अवसरमा सो विद्यालयबाट एसएलसी परीक्षा उत्तिर्ण गरी उच्च शिक्षा हासिल गरी ईंञ्जिनयर भएका तीन जना र आईटीमा उत्कृष्ट भएका एक जना गरी चार भुतपुर्व विद्यार्थीलाई सम्मान समेत गर्ने भएको छ ।
वि. सं. २०५३ सालमा स्थापना भएको गोल्डेन सुनगाभा स्कुलमा हाल ७९६ विद्यार्थी अध्ययनरत रहेको र जसमा १२० जना छात्रवृत्तिमा अध्ययन गरिरहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए ।

उनले विद्यालयले अपांगता भएका, द्धन्द्ध पिडित र यौन हिँसामा परेका अभिभावकका छोराछोरीहरु र गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई नगरपालिकाको सिफारिसमा छात्रवृत्ति प्रदान गरिएको बताए ।   उनका अनुसार दुई जना विद्यार्थीको विद्यालय पोशाक, स्टेशनरीलगायत सम्पूर्ण शुल्क निःशुल्क गरिएको छ । साथै स्थानीय टोल विकास समितिहरुको सिफारिसमा समेत छात्रवृत्ति प्रदान गर्दै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

देशभरका प्रमुख राजमार्गमा अवरोध, यात्रा अघि सडकको अवस्था बुझ्न...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved