Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्वर्गीय डा: सरीता थापा एक परिचय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 21, 2023
1.5K shares

 

“पास्टर : किरण कार्कि”

आशिष् चर्च सामाखुशीकाे चम्किलि तारा तथा नेपाल बाइबल कलेजकी संस्थापक स्वर्गीय डा: सरीता थापाकाे जन्म २०१९ साल चैत्र २५ गत्ते ललितपुर २५ छ्यासीकाेट , सैँभुमा बुवा सीताराम गिरी र आमा माया गिरीकाे काेखबाट जन्मिएकि हुन्। बुवा सीतारामकाे सात सन्तानमध्य उनी पाँचाै सन्तान थिईन भने तीन दाजुभाई सहित चार दिदी बहिनी हुनुहुन्थ्याे।

स्वर्गीय थापाकाे विवाह इस्वि सम्वत १९९०सालमा डा: सुन्दर थापा सँग भएकाे थियाे भने उहाँकाे एक छाेरि र दुई छाेराहरु छन्।हाल काठमाडाै महानगरपालिका ३ रानीबारीमा परिवार सहित बस्दै आएकि थिईन। थापा संसारकै दुर्लभ राेग ALS नामक  राेगबाट गत दुई बर्ष देखि बिरामी थिइन्।

भारतकाे भेलाेर अस्पताल, अमेरिकाकाे UCLA Hospital California मा समेत उपचार गराएर आएकि डा : थापा केही महिना देखि श्रीमान डा : सुन्दर थापा, दुइ छाेराहरु र एक छाेरी सहित दुई नर्सकाे साथमा घरमै उपचारार्थ थिईन् ।

चर्च सेवामा डा: सुन्दर थापा आफ्नै पारिवारिक बिषय बस्तुहरु समेटेर  परिवारमा एकले अर्काकाे सारथि बन्नु, परिपार सँग समय बिताउनु जसका कारण माया  र संवन्ध सुधार हुन्छ भनेर आमा दिदी बहिन तथा दाजुभाइकाे माझमा पर्मेस्वरकाे बचनद्वारा सिकाउनु हुन्थ्याे।

केही दिन अघि ललितपुर स्थित नेपाल मेडिसिटि अस्पतालमा उपचार गरायर घर फर्केकि स्वर्गीय सरिता थापालाई पुन: धापासी स्थित ग्रेण्डि अस्पताल लगिएकाे थियाे तर अन्तत नलाई बचाउन सकिएन  गत सुक्रबार २०७९साल पाैस ३० गत्ते साँझ ४:३० बजे संसारबाट बिदा भइन्।

विलक्षण प्रतिभाकी धनी डा: सरीता गिरी दिदी बिष्णुमायाकाे रेखदेखमा सानै उमेरदेखि पढ्नमा अब्बल थिइन् ,ललितपुरकाे मदन स्मारक मेमोरियल माध्यमिक विध्यालयबाट अध्ययन सुरु गरेकि स्वर्गीय थापाले कक्षा तीन देखि एस एल सी सम्मकाे अध्ययन भने महेन्द्र भवन उच्च माध्यमिक विध्यालय ज्ञानेश्वरबाट गरेकि थिइन् ।
सानै उमेरबाट ख्रीष्टमा भने ज्ञानेस्वर चर्चका वरिष्ठ पाष्टर राेवर्ट कार्थक तथा डा : राजेन्द्र राेङ्गगाेङ्गकाे ठुलाे याेगदान थियाे।

इन्जिनियर बन्ने ठुलाे चाहाना बाेकेकि थापा पर्मेस्वरकाे सेवाकार्य गर्न बाेलावट भएकाले आफ्नाे बाेलावटमा आज्ञाकारी भइ ” नीर भवन नर्सिङ क्यम्पस ( हालकाे ललितपुर नर्सिङ क्याम्पस) मा  पढ्न थालिन् र तेहिँबाट स्टाफ नर्स गरेकि थिइन्।

नर्सिङ पढाइमा सर्वाेत्कृष्ठ भएबापत तत्कालिन नेपालकी बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहकाे बाहुलीबाट ऐश्वर्य गाेल्ड मेडल पदक समेत प्राप्त गरेकि थिइन्। त्यस सश्चात डा: थापाले ( शान्त भवन  अस्पताल ) हालकाे पाटन अस्पतालमा केही बर्ष काम समेत गरेकि थिइन् , महेन्द्र भवन छात्रावासकाे Clinic मा नर्स रहेर सेवा समेत गरेकि रहेछिन्। साथै NBCBS मार्फत विध्यार्थीहरुलाई ख्रीष्टकाेबाटाेमा डाेहाेर्याउने र उत्साह देने कार्यमा सक्रिय भएर काम गरेकि थिइन्।

सेवाकार्यकाे बाेलावटलाई ध्यानमाराखि इश्वरशास्त्रकाे अध्ययन गर्न १९८३मा CATS seminary,seoul दक्षिण काेरिया गएर त्यहाँबाट M-Div गरि सन १९८६ सालमा नेपाल फर्किएकाे स्वर्गीय डा: थापाले नीर भवन ललितपुर क्याम्पसमा अध्यापन समेत गरेकि थिइन्।

यसै सिलसिलामा Nepal Bible College संचालन गर्ज १५ जना  विध्यार्थीलाई तालिम दिएकि थिइन् भने अन्तत बाइबल कलेज खाेल्न सफलमात्र भइनन् कलेज खाेलेर पनि कलेजकाे प्रिन्सिपलकाे रुपमा काम सम्हालिन्। साे कलेजबाट  हाल ५०० भन्दा बढि विध्यार्थीहरु दिक्षान्तित हुँदै स्थानिय चर्चहरुमा पर्मेस्वरकाे सेवामा सेवारत रहेका छन्।

स्वर्गीय डा: सरिता सन १९९१ मा Master’s of Theology ( TH.M ) गर्न ITS Seminary,California America मा भर्ना भइन्, जसबाट १९९२ मा दिक्षान्तर हुँदै नेपाल फर्किएर नेपालकाे चर्चहरुमा भएकाे अभाव कसरी  पूरा गर्न सकिन्छ, नभएकाे स्थानहरुमा कसरी चर्चहरु स्थापना गर्न सकिन्छ, मण्डलि तथा विश्वाशिहरुलाई कसरी आत्मनिर्भर बनाउने,आत्मिकरुपमा चर्चहरुलाई कसरी बलियाे बनाउन सकिन्छ भन्ने लक्ष्य तथा दर्शनबाेकि श्रिमान सुन्दर थापा सँगै विभिन्न चर्चहरुमा तालिम दनमा तल्लिन भइन्।

२०१० मा भारतकाे Throne of Grace Theological seminary  and Ministry बाट Ph.D गरिन्, तत् पश्चात् भने नेपालमै बसेर अनवरतरुपले सेवाकाे काममा लागिइनै रहिन्। सेवाकै दाैरानमा  Dr:Philip Eyster,Rev, Dr:Joe Handley, Dr: jim Haward,Ralph Moore,jim Millard,Noel Bacchetti, Mary Joi wilson,Gary Barnes,Gerorge wilspn लगाएत धेरै प्रभुका जनहुकाे साथ , समर्थन , सहयाेग प्राप्त गरेकि थिइन्।

सानै उमेरदेखि किताब पढ्ने,लेख्ने साथै परिवार, साथिभाइहरुकाे फिक्रि र प्रेम गर्ने मिलनसार र खाँचाे परेका मानिसहरुलाइ सहयाेग गर्न मन पराउने थापा चर्चमा दिदि बहिनिहरुलाई उत्साह,सल्लाह राेगिलाई राेगि बिरामिहरुकाे घर घर पुगेर प्रार्थना सहित उत्साह थपिदिने गर्थिन्।

बाइबल कलेजमा पढाउने,सेमिनारहरु आयाेजना गरि सिकाउने, मण्डलीका याेजनाहरु बनाउने कार्यमा ब्यस्त रहने स्वर्गीय डा : थापानेपाल,भारत,भुठान,मलेसिया,थाइल्याण्ड,सिंगापुर,काेरिया,जापान म्यानमार,श्रीलंका, बंगालादेश हाेल्याण्ड,अमेरिका तथा क्यानडा सम्म पुगेर बाइबलबाट सिक्ने र सिकाउँदै जागृति कार्यक्रम गर्ने कार्यहरुमा सरिक थिइन् ।

मण्डलिमा भएका दानबरदान चलाउनु पर्छ र पवित्रआत्माकाे भरिपुरिमा  पर्मेस्वरकाे राज्यबिस्ता सँगै उहाँकाे महिमाकाे काममा अग्रसर हुनुपर्नेमा जाेड दिई रहन्थिन्। मण्डलिमा बालबालिका,टिनएजर,यूथ,दाजुभाई,दिदिबहिनिहरुलाई सँधै प्रभुकाे डरमा हिड्नु पर्छ भनी सम्झाउने साथै प्रभुकाे सेवागर्ने आफ्नाे बाेलावट र मिनिष्ट्रिकाे कामलाई टेवादिन आफ्नाे व्यवसायलाई सहि सन्तुलनमा राखेर सँगै लैजानुपर्ने सल्लाह श्रीमान सुन्दर थापालाई  सल्लाह दिने गर्थिन्।

हरेकले आफ्नाे घरलाई  ” प्रार्थनाकाे वेदी ” र पर्मेश्वरलाई पहिलाे स्थान दिनु पर्छ भनी निरन्तर जाेड दिने डा : थापा नेपालकाे कुना काप्चामा रहेकाे मण्डलीहरुका अगुवा तथा विश्वासीहरुलाई बाइबलबाट सिकाउनुका साथै उत्साह दिनका लागि बक्ताकाे रुपमा आफुले हुर्काएकाे छाेरि चेलाहरुसँगै लिएर पुग्थिन्।

स्वर्गीय डा: थापा सन १९८६ देखिनै आशिष् चर्च सामाखुसीका पास्टरिय टिमकाे सदस्य थिइन् , मण्डलिहरुलाई हुर्काउन, बलियाे बनाउन र वृद्धि गर्नकालागि इ.सि.एफ.नेपाल CYMA Nepal,हस्पिटल ख्रीष्टियन फेलाेसिप,लिडिया प्रार्थना संगतीका संस्थापक पनि थिइन्।पवित्र धर्म शास्त्र बाइबल लुका : १०काे २७ ले भने झैँ ” लूका  “तैंले परमप्रभु, आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले, आफ्‍नो सारा समझले र आफ्‍नो सारा मनले प्रेम गर्‌, र आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्‌।” भनेकाे छ।

यहि पदलाई मध्यनजर गर्दै सेवाकार्यमा श्रीमान सुन्दर थापा सँगैहिड्न मन पराउने डा : थापा नेपालकाे अधिकांश जिल्लाहरुमा गई प्रभुकाे सेवक सेविकाहरुलाई सिकाउने, सल्लाह दिने , प्रार्थना गर्नेकाम निरन्तर गरिरहन्थिन्।

स्वर्गीय डा: थापा मानवअधिकार, महिला तथा बालबालिका अधिकार सँग संबन्धित थुप्रै संघ संस्थाहरु संबन्धित भइ आफ्नाे याेगदान दिएकि थिइन्। साथै Asian Access नेपालका Director, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका सह-अध्यक्ष Nepali Women Forumका उपाध्यक्ष NCS नेपालका सल्लाहाकार UMN,TEACH Ministry र ATTENका बाेर्डसदस्य समेत रहि आफ्नाे जिम्मेवारी पूरा गरेकि थिइन्। अभियान मासिक पत्रिकाकाे सम्पादक,नारी तृष्णाका सम्पादक साथै महान मासिक पत्रिकाकाे सह-सम्पादक समेत थिइन। उनले समुदायका महिला,बालबालिका,यूथ तथा टिनएजरहरुलाई उत्साह दिने विभिन्न पत्र पत्रिकाहरुमा लेखहरु समेत लेखेकि थिइन्।

नेपाली ख्रीष्टियनहरुकाे पहिचान र हक हितकालागि आवाज उठाँदै सरकारले नेपाली ख्रीष्टियनहरुलाई मृत्यदफन गर्ने ठाउँ उपलब्ध गराउन् भनी २०६७ सालमा काठमाडौंको रत्नपार्कमा उनकै नेतृत्वमा ख्रीष्टियन महासंघद्वारा आयाेजित ४० दिने अनसन ( उपवास सहित ) आयाेजना गरेकि थिईन ।

तत्कालिन सरकारले २०७८ बैशाष १८ गत्ते समस्त ख्रीष्टियनहरुका लागि मृत्यु दफनका लागि सरकारका तर्फबाट ख्रीष्टियन महासंघ सँग ६ बुँधे लिखित सहमति समेत गरेका थिए। २०६९ जेठ १३ गत्ते सरकारले पसन: लिखित प्रतिबद्धता समेत गरेकाे थियाे।

जुन प्रतिबद्धता पत्रमा स्वर्गीय डा: थापाले समेत हस्ताक्षर गरेकि थिईन्।तर, सरकार आफैले  जनाएकाे  सहमतिपत्रकाे पालना नगरिदिँदा ख्रीष्टियन विधि बिपरित उहाँकाे पार्थिव शरिरलाइ विध्धुत शबदाहमा गृहमै जलाउन बाध्य भएकाे छ।

५९ बर्षिय स्वर्गीय डा : थापाले दर्जनाैँ संघ संस्थाहरुमा आवद्धता जनाउँदै संसारमा रहेर गरेका अनगिन्ति सेवा, उद्धार र पुर्ण जिम्मेवारी ख्रीष्टले निर्देशन गरेकै अनुरुप पूरा गर्दै बाईबल धर्म शास्त्र २ तिमाेथि ४ काे ७ र ८ अनुसार नै ( मैले उत्तम लड़ाइँ लड़ेको छु। मैले दौड सिद्ध्याएको छु। मैले विश्‍वासलाई बचाइराखेको छु।
अब उप्रान्‍त मेरो निम्‍ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताका न्‍यायाधीश प्रभुले त्‍यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन, तर उहाँको पुनरागमन प्रिय मान्‍नेहरू सबैलाई दिनुहुनेछ।)


स्वर्गीग डा : सरिता थापाकाे जिवनिका लागि पाष्टर किरण कार्कि र पत्रकार दिपेश श्रेष्ठकाे सहयाेगमा तयार गरिएकाे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved