अलनासर फुटबल क्लब् साऊदी अरब र पी.एस. जी. क्लब् (पेरिस् सेंट जर्मन्) को मैत्रीपूर्ण खेल आज किंङ फाहाद स्टेडियम् साउदीमा नेपाली समय १०:४५ बेलूकी हुँदैछ। यो खेल मैत्रीपूर्ण भनिएपनी फुटबल प्रेमिहरुले बढि महत्वका साथ हेर्नेछन् किनकी कीर्तिमानी रकम् बार्षिक दुईसय मिलियन् डलरमा सम्झौता गरेर ल्याईएका ख्रीष्टयानों रोनाल्डोले अलनासरबाट पहिलो खेल खेल्नेछन् सो खेलमा उनले कप्तानी सम्हाल्ने छन् भनें- भर्खर बिश्वकप जितेका अर्जेंटिनी खेलाडी पी.एस.जी. बाट लिउन् मेसी खेल्नेछन्। रोनाल्डो र मेसि यस् पुस्ताका महान् खेलाडी मानिन्छन् जो आज एक् अर्काको बिरुद्दमा खेल्नेछन्। यो खेल हेर्न एक उद्योपतिले २.६ मिलियन डलर अर्थात् ३३ करोड ६० लाख नेपाली रुपैयाँ खर्च गरेर स्पेशल टीकट खरिद गरेका छन् । उक्त विशेष टीकट खरिद गर्ने उद्योगपति मुशरफ अल घामदी हुन् । उनले यो टीकट लीलामीमा खरिद गरेका हुन् ।
यो खेलको लागि एउटा स्पेशल टीकट लीलामीमा राखिएको थियो । सो टीकट हासिल गर्ने व्यक्तिले खेलाडीहरुको लकर रुमसम्म जान छुट पाउने छ ।साथै दुवै टोलीका खेलाडीहरुसँग फोटो खिच्न पनि पाउने छ । यो स्पेशल टीकटबाट उठेको रकम समाजसेवामा समर्पित संस्थाहरुलाई दान गरिनेछ । स्पेशल टीकट यति ठूलो रकममा विक्रि हुनुको मुख्य कारण मेस्सी र रोनाल्डोलाई मानिएको छ । यो खेल हेर्न २० लाख टीकटको माग भएको थियो । खेलको सबै टीकट विक्रि भइसकेको छ।
- September 11, 2026









