Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लोकप्रियलाई उम्मेद्वार बनाऊ : तारा लामगादे ” गिदाेन “

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 2, 2022
60 shares

काठमाडौ ।  तत्कालिन नेकपा माओवादीकाे बिचारले साच्चिनै दबिएकाे र पिछडियकाे बर्ग र समुदायकाे मुक्ति मिल्ने आशा सहित जनयुद्धमा हाेमिएका एक कम्युनिस्ट मानिस विभिन्न आराेह अबराेहहरुलाई आत्मसात गर्दै पत्रकारिताबाट नयाँ परिचय बनाउन सफल संचार उद्धमी तथा एकीकत  समाजवादीका नेता तारा लामगादे ( गिदाेन ) आगामि मंसिर ४ मा हुने प्रदेशसभा सनुसरी निर्वाचन क्षेत्र १ (क) बाट उम्मेद्वारका लागि सिफारिस भएका छन् ।

 

तर, उनी भन्छन्  “लोकप्रियलाई उम्मेद्वार बनाऊ !”
स्थानीय तहको चुनाव सकिए पछि अब प्रदेश र संघको चुनाव आगमी मंसिर ४ गते हुने भएको छ । चुनावको तयारीका लागि राजनीतिक दलका नेताहरु यतिबेला आफ्नो निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्नका लागि पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त देखिन्छन् । संसदवादी दलहरुको राजनीतिक दलबाट उमेद्वारीका लागि स्वीकृत पत्र प्राप्त गर्ने होडबाजी चल्नु स्वभाविक हो । कतिपय दलले आफ्ना उमेद्वार छनौटमा विभिन्न मापदण्ड बनाएर अघि बढेको छ । चुनाव जित्नेलाई उमेद्वार बनाउने र जसरी पनि आफ्नो पक्षमा विजयी सुनिश्चित गर्ने दाउपेचमा हुन्छन् ।

सामान्यता दलहरुले आफ्ना उमेद्वार छान्दा दलको विचार तथा सिद्धान्तप्रति प्रतिबद्ध भएको, आर्थिक तथा सामाजिक रुपमा पारदर्शी भएको, जनताका बीचमा लोकप्रिय भएको लगायत मापदण्ड राखेको पाइन्छ तर दलहरुको यी सब भन्ने कुरा मात्रै देखिन्छ । प्रतिनिधि छान्दा दलका नेतासँग नजिक सम्बन्ध भएका र पैसावाला व्यक्ति नै चुनावमा उमेद्वार बनेको यथार्थता सबैका सामू छर्लङ्ग छ ।

अधिकांश नेताहरुले वर्तमान व्यवस्था र यस व्यवस्थामार्फत् हुने निर्वाचनले जनताको वास्तविक समस्याको समाधान नगरी ५ वर्षका लागि करारको जागिर खाएजस्तो मात्रै हुने तर्क गर्न थालेका छन् । नेपालको राजनीतिक दलभन्दा कर्मचारीतन्त्र बलियो रहेको र कर्मचारीले नै सबै कुराको नियन्त्रण गरिरहेको भन्दै संसदीय व्यवस्थाको विकल्प पनि हेर्न थालिसकेका छन् । स्थानीय तहमा दलका उमेद्वारलाई पछि पारेर ३ स्थानमा स्वतन्त्र उमेद्वारले जित हासिल गरेपछि भने केहि आशावादी देखिएका छन् र अहिले राजनीतिमा स्वतन्त्रहरुको लहर पनि चलेको छ । दलमा गुट, उपगुट हुने र ति गुट उपगुटमा लागेर सिंगो पार्टीलाई नै ध्वस्त बनाउने सम्मका हर्कत हुने गरेको देखिन्छ । यस्तो गर्नु भनेको दलीय व्यवस्थाको खिलाप हो र दलतन्त्रलाई कमजोर बनाउने माध्यम हो ।

दलका नेताहरु पनि अहिलेको चुनावमा सुरक्षित छैनन्, किनकी नेता भएर मात्र हुदैन लोभीपापीहरुको कुरालाई मान्ने र उनीहरुका थुप्रै मागहरु पुरा गर्दै जादा अन्ततः नेताकै अस्तित्वमा प्रश्न खडा हुने गर्दछ । यसैले दलभित्र पनि व्यक्ति हाबी हुन थालेको छ । त्यसैले दलभित्रबाट निर्वाचन जित्ने कुरा आशंकाको विषय बन्न थालेको छ ।

कतिपय नेताहरु नेतृत्व तहमा पुगेपछि दिगो विकास भन्दा पनि भावनात्मक कार्यमा लागेको पाइन्छ । भावनाले भौतिक पूर्वाधारको जग बस्दैन काम गर्नुपर्छ तर गरिएका कामको विषयमा सरोकारवालास“ग बहस गर्ने र आवश्यकताको प्राथमिकीकरण गरी कार्ययोजना अनुसार काम गर्नुपर्दछ । योजना विनाका काम अपरिपक्व हुन्छन् र आवश्यकता भन्दा बाहिरका काम केही क्षण राम्रो र प्रभावकारी देखिए तापनि दीर्घकालिन महत्वविहिन हुन पुग्दछ । यसैले नेताले कुनै कामको शुरुवात गर्नुअघि गम्भिर भएर सोच्न, छलफल गर्न र योजना बनाउन आवश्यक छ । कतिपय नेताहरु अहिले भावनामा बगेर जनतालाई मानसिक र शारीरिक श्रम शोषण गरिरहेका छन् ।

जहा जनताको सम्लग्नता हुन्छ त्यहा सार्वजनिक चासो र सरोकारको विषय हो । सरकारी बजेट र योजनाभित्रको मात्र सार्वजनिक होइन जहा  जनताको सरोकार जोडिएको हुन्छ त्यहा सार्वजनिक सरोकारको हुन्छ । त्यसैले नेताहरुले जनताबाट चाहे श्रम लिएका हुन् चाहे नगद ति सबै सार्वजनिक हुन वा सरकारी हुन् । व्यक्तिको स्वामित्वमा नरहेका सबै कुराको हिसाव राज्यले दिनु पर्छ तर भावनामा गरिएका कतिपय कामहरु भावना परिवर्तन भएस“गै हराएर जान्छन् त्यसले समय, श्रम र नगदको अवमूल्यन गरेको हुन्छ ।

दिगो विकास भन्नाले एक पटक बनाएको वा निर्माण गरेको कुरा कहिल्यै अन्त्य नहुने भन्ने होइन तर निर्माण गरिएका बस्तु वा सेवाको आयु कति हो, कति समयसम्म उक्त आयोजना टिकाउ हुन्छ त्यो महत्वपूर्ण कुरा हो । जब हामीले त्यस्ता कुरामा ध्यान दिदैनौं तबसम्म नेताहरुले त्यस्तै कार्य गर्न बढि रुचाउ छन् । नेताहरु सबै नराम्रा वा खराब हु“दैनन् । कतिपय नेताहरु वास्तवमा नै जनताको सेवाका लागि आफ्नो व्यक्तिगत सम्पत्ति, परिवार र सुखभोग त्याग गरेर जनताकै लागि खटिरहेका हुन्छन्, उनीहरुको सोंच, बोली र ब्यवहार वास्तवमा जनकेन्द्रीत हुन्छ र उनीहरु नै जनताका वास्तविक प्रतिनिधि हुन् ।

चुनाव आएपछि जनताका माग अत्याधिक बढ्नु र नेताले अत्याधिक आश्वसन दिनु परम्परा र संस्कार नै भएको छ । चुनाव जिते पछि भत्ता र पारिश्रमिक लिने र जीवनलाई सुखसयलमा चलाउने मात्र देखिएको छ । जनताको बीचमा चुनावमा जसरी नेताहरु सक्रिय हुन्छन् त्यसरी खट्ने हो भने देशको विकास गर्न केही समय पनि लाग्दैन । कम्तिमा आफुले बाचा गरेका शर्तहरु पालना गर्न कार्यअवधि ५ वर्ष मात्रै इमान्दार भएर लाग्ने हो भने पनि धेरै हदसम्म विकास गर्न सकिन्छ । तर त्यस्तो नहुनुको कारण भनेको चुनावअघि दलबाट उमेद्वारी लिनका लागि गरिएको कसरत र खर्च, चुनावमा गरिएको खर्च र त्यो खर्च उठाउनका लागि उनीहरुले जुन प्रयास गर्छन् त्यसैले खर्चिलो हुने र खास विकासको रकममा भ्रष्टचार हुने गरेको हो ।

दलीय व्यवस्थाबाट वितृष्णा भएर नै व्यक्तिहरु अहिले व्यक्तिगत रुपमा उमेद्वार बन्ने र व्यक्ति प्रधान बन्दै गइरहेको छ । यसले दलतन्त्रको विकल्पको खोजी भइरहेको पुष्टि गरेको छ । त्यसैले अबका दिनमा पनि दलहरुले आफ्ना प्रतिनिधि छनौट गर्दा जनताले मन पराउने र जनतास“ग लोकप्रिय हुनै पर्छ । नत्र विकल्प नभएर बाध्य भई गरेको मतदानबाट खास विकास हुन सक्दैन । विकासका लागि योजना नभएका व्यक्तिले केहि गर्न सक्दैनन् उनीहरु भावनात्मक रुपमा जता जता मादल बच्छ उताउतै नाच्ने मात्रै हुनेछन् । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् पहिलो कार्यकाल ५ वर्षको अबधि वितिसक्दा पनि खासै दिगो विकास देखिएन ।

शिक्षा, स्वास्थ्य र रोजगारमा तीनै तहका सरकारले खासै काम गरेको पाइएन भने अब पनि ति नै असफल अनुहार र पात्रहरु नै कुनै न कुनै रुपमा शासक बन्ने होडवाजीमा देखिन्छन् । यस्तो तरिकाबाट व्यवस्था प्रति नै जनताको आशंका र बितृष्णा दुवै रहने भएकोले गम्भिर रुपमा सोचेर निर्णय गर्न आवश्यक छ । योजना बनाउन सक्ने, छलफल र बहस गरेर जनताका बीचमा काम गर्न सक्ने सक्षम नेतृत्व आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved