Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रबी लामिछानेको कर्तुक जनमैत्री अस्पतालमा ठगी धन्दा (प्रमाणसहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2021
816 shares

जेष्ठ १६ : चर्चित सञ्चारकर्मी रवी लामिछानेले ‘देशकै सर्वसुलभ अस्पताल’ भन्दै दावी गरेको वालाजुस्थित जनमैत्री अस्पतालले विरामी भर्ना गरेकै एक लाख असुल गर्ने गरेको पाईएको छ ।

रवि लामिछाने फाउन्डेसन र ग्यालेक्सी टेलिभिजनसहकार्यमा सो अस्पताल चलाइएको हो । उक्त अस्पतालमा छामिछानेले गोल्डेन शेयर लिएको (निशुल्क) चर्चा छ। नेकपा एमालेको भातृ संगठन युवा संघले जनाए अनुसार रवीले धम्क्याएरै गोल्डेन शेयर लिएका हुन । त्यसैले उनी ‘सरकारले कोरोना सङ्क्रमितको उपचार गर्न नसकेको र निजी अस्पतालमा शुल्क महँगो भएको’ भन्दै जनमैत्री अस्पतालको विज्ञापन गरिरहेका छन् ।

तर, सोहि अस्पतालले विरामी भर्ना गरेकै १ लाख रुपैयाँ असुलेको प्रमाण फेला परेको छ। जुन सरकारले तोकेको भन्दा वढि शुल्क हो ।
अस्पतालले नयाँ वजारका ६० वर्षिय रामचन्द्र श्रेष्ठ नामका विरामीसँग भर्ना शुल्क नै १ लाख लिएपछि ‘निःशुल्क तथा सर्वसुलभ उपचार’ भनेर गरिएको विज्ञापन अस्पतालको विजिनेस बढाउन गरिएको फण्डा मात्रै रहेको पुष्टि भएको छ।

यति मात्रै होईन, रवीले अस्पताल चलाउनका लागि जस्तो सुकै फण्डा प्रयोग गरिरहेका छन् । केहि दिन अघि उनले मन्त्री रामविर मानन्धरलाई अस्पतालकै गेटमा तथानाम गरे । यो पनि उनले अस्पतालतर्फ नागरिकको ध्यानाकर्षण गराउन सुनियोजित रुपमा गराएको घटनाकै रुपमा लिईएको छ।

मन्त्रीले एक सिलिण्डर अक्सिजन उपलब्ध गराउन नसक्दा आफुले १ सय सिलिण्डरको ब्यवस्थापन गरेको देखाउनकै लागि यो प्रकरण गराईएको उनीमाथि आरोप छ ।

हुन त छामिछानेका हरेक कृयाकलाप कृत्रिम हुने गरेको जानकारहरु वताउँछन्। उनको वाहिरी रुप सामाजसेवी भएपनि असरी रुप भने अर्कै भएको वताउनेहरुको संख्या ठुलो छ। पत्रकारिता छोडेर व्यापार÷व्यवसाय एवम् समानान्तर सरकार चलाउन खोजेको आरोप लागि रहेका तिनै रवी अहिले कमाउ धन्दामा लागेको उनीहरुको आरोप छ।

अर्कोतर्फ रवी लामिछानेले समाजसेवा तथा विपदमा परेकाहरुको सहयोग गर्ने भन्दै चन्दा पनि असुल गरिरहेका छन् । रवी लामिछाने फाउन्डेसनका नाममा भईरहेको चन्दा संकलनको हरहिसाव अहिलेसम्म कसैलाई जानकारी गराउने गरिएको छैन ।

फाउण्डेसनले ७ जेष्ठ ०७८ मा मात्रै ज्वाला संग्रौला, राम श्रेष्ठ, संगीता गुरुङ्ग, सर्मिला वाईवालगायत सँग ३१ लाख ५१ हजार असुल गरेको पाईएको छ। उनले यसरी, कयौ ब्यक्तिसँग चन्दाकै नाममा करोडौं रकम असुल गरेको हुन सक्ने आशंका गरिएको छ । यसको छानविन हुनु पर्ने आवाज पनि उठिरहेको छ।

यो समाचार नेपाल आज बाट लिएको हो

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved