Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चुनावी गठबन्धनकाे लागि भेटघाटमा डा : राउत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 8, 2022
18 shares

काठमाडौ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश तथा संघीय चुनावमा गठबन्धनका लागि विभिन्न दलका नेताहरुको घर घर पुगेर वार्ता थालेको छ । तर कुन दलसँग गठबन्धन हुने भन्नेमा निश्चित भएको छैन । जनमत पार्टीले हालसम्म एमाले, काँग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग छलफल गरिसकेको छ । यी वार्ता गरेको दलमध्ये जनमतलाई एमालेसँग चुनावी गठबन्धन गर्न सहज भए जस्तो देखिन्छ ।

जनमत पार्टीका एक शीर्ष नेताले भने, ‘अहिलेसम्म हामी जुन जुन दलसँग वार्ता गर्यौं, त्यसमध्ये एमालेसँग गठबन्धन हुने सम्भावना बढी देखिएको छ ।’ काँग्रेस, जसपा पहिलादेखि गठबन्धनमै छन् । लोसपा पनि सत्ता गठबन्धनमै जाने लगभग पक्काजस्तै भएको छ । त्यही भएर उनीहरु मनैदेखि सकारात्मक नदेखिएको ती नेताले बताए ।

एमाले अहिले कुनै दलसँग गठबन्धन नगरेको कारण त्यो दलसँग जनमतको गठबन्धन हुने सम्भावना रहेको ती नेताले बताए । कुन चुनावी क्षेत्रमा गठबन्धन गर्न सकिन्छ, त्यसको अध्ययन गरौं र गठबन्धन बनाएर अगाडि बढौं भनी एमालेबाट कुरा आएको जनमत पार्टीका ती नेताले बताए ।

साउन २ गते तपोवनमा नौ दिने ध्यान शिविरमा जानुअघि राउत र महासचिव चन्दन सिंहले जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका थिए ।

जनमत पार्टीका अध्यक्ष राउतले उनीहरुसँग भेटेको तस्विर सार्वजनिक गर्दै भनेका छन्, ‘जसपा अध्यक्ष उपेन्द्र यादव आफ्नो निर्वाचन क्षेत्र बदल्दै आउनु भएको छ । उहाँ पहिला मोरङ्ग, पछि सुनसरी, त्यसपछि सप्तरी आउनुभएको हो । र, यसपालि सप्तरीबाट लड्नुहुन्न भनेर चर्चा हुँदै आएको छ । जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग पनि केही दिन अगाडि डा.राउतको निकै सकारात्मक भेटघाट भएको हो । उहाँहरूले अर्को क्षेत्र रोज्नुहुन्छ र डा. राउतलाई सघाउनु हुन्छ भनेर हामी विश्वस्त छौं ।’

भेटघाटमा संलग्न जनमत पार्टीका महासचिव चन्दन सिंहले लोसपा र जसपा गठबन्धनका लागि सकारात्मक रहेको दाबी गरे । यद्यपी औपचारिक रुपमा कुरा अगाडि बढ्न सकेको छैन । सप्तरी क्षेत्र नं २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले राउतलाई सघाउने कुरामा आफू विश्वस्त रहेको महासचिव सिंहको जिकिर छ । राउतको गृहजिल्लाका साथै उनको आफ्नो घर भएको क्षेत्र हो सप्तरी क्षेत्र नं २ । उनले भने, ‘हामीलाई विश्वास छ, उपेन्द्रजी सप्तरी–२ बाट चुनाव लड्नु हुन्न । अरु ठाउँबाट चुनाव लड्नु हुन्छ अनि त्यहाँ हामीलाई सघाउनु हुनेछ ।’

उनले एमालेसँग पनि गठबन्धनका लागि कुराकानी भइरहेको बताउँदै त्यहाँ पनि अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए । अरु दलभन्दा एमालेसँग अलि सकारात्मक कुरा भएको तर फाइनल नभएको सिंहको भनाइ छ ।

जेलमा रहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग पनि चुनावी गठबन्धनका लागि छलफल भइरहेको छ । रेशम चौधरीले पश्चिममा आफूलाई सघाए, पूर्वमा जनमतलाई सघाउने कुरा राखेको सिंहले बताए ।

त्यसो त जसपा अध्यक्ष यादवले पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारी विगत पाँच वर्षदेखि गर्दै आएका छन् । जसपा सप्तरीका अध्यक्ष केदार यादवले केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाटै चुनाव लड्ने र त्यसको तयारी भइरहेको दावी गरे । यद्यपी अध्यक्ष उपेन्द्र यादव यसपटक पनि अन्यत्र कतैबाट चुनाव लड्न सक्ने चर्चा पनि पार्टीभित्र रहेको छ । राताेपाटीबाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved