Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रपतिले लगाइन् सवा १६ खर्बको बजेटमा लालमोहर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 29, 2021
378 shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सवा १६ खर्बको बजेटमा लालमोहर लगाएकी छिन् । राष्ट्रपतिले केही समय अघि अध्यादेशमार्फत ल्याउन लागिएको बजेटमा लालमोहर लगाएकी हुन् । मन्त्री रिषदले आगामी आर्थिक वर्षको बजेट पारित गरेपछि राष्ट्रपतिले बजेटमा लालमोहर लगाएकी हुन् ।

अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट आज ४ बजे सार्वजनिक गर्दैछन् । सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हासिल हुने गरी बजेट तयार पारेको छ । सरकारले आगामी आर्थिक वर्षमा ८ देखि ९ प्रतिशतसम्म आर्थिक वृद्धिदर हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

राष्ट्रपतिबाट जारी भएको बजेट अध्यादेश राजपत्रमा प्रकाशित नगर्दै अर्थमन्त्री पौडेलले सिंहदरबारबाट वाचन गर्ने छन् । अर्थमन्त्रालय स्रोतका अनुसार चालु आर्थिक वर्षको भन्दा १० प्रतिशतको हाराहारीमा बजेटको आकार बढाइएको छ । चालु आवको बजेट १४ खर्ब ७४ अर्ब विनियोजन भएको थियो । आगामी आवको लागि भने सवा १६ खर्बसम्मको बजेट आउने निश्चित जस्तै भएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा भने १० खर्ब राजस्व, झन्डै ३ खर्ब बाह्य ऋण, सवा २ अर्ब आन्तरिक ऋण र ६० अर्ब अनुदान रहेको छ ।

बजेटमा २५ वटा राष्ट्रिय गौरवका आयोजन सहित प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका १ सय ६५ वटा रणनीतिक सडक र केही समय अगाडि शिलान्यास भएका स्वास्थ्य संस्था निर्माणका लागि आवश्यता अनुसार बजेट विनियोजन भएको छ ।

आन्तरिक विमानस्थलको स्तरोन्नती, स्वास्थ्य पूर्वाधार, पर्यटन पूर्वाधार र सडक निर्माणको लागि पनि चालु आवमा विनियोजन भएको बजेट भन्दा बढी विनियोजन भएको छ । सरकारले रेल र पानी जहाज सञ्चालन गर्न पनि बजेट विनियोजन गरेको छ ।

चुनावी खर्चदेखि स्वास्थ्य सेवामा विस्तार, कोभिड नियन्त्रण, रोगथाम तथा यसबाट प्रभावित क्षेत्रको पुनरउत्थानको लागि बजेट विशेष प्याकेज सहित बजेट निर्माण भएको छ ।

कृषि भण्डार निर्माणदेखि कृषि आधुनिकीकरण परियोजना र प्रधानमन्त्री रोजगार कार्यक्रमले पनि बजेटमा निरन्तरता पाएका छन् । तराईमा सिँचाईदेखि तटबन्ध निर्माण र चुरे संरक्षणमा पनि रकम विनियोजन गरिएको डिजिटल नेपालको अवधारण साकार बनाउने कामको लागि पनि रकम विनियोजन भएको छ ।

onlinekhabar.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved