Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अमेरिकालाई पत्र, एसपिपीबाट अलग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 30, 2022
9 shares

काठमाडौं। परराष्ट्र मन्त्रालयले अमेरिकाबाट प्राप्त सहयोगमा निरन्तरताको अपेक्षासहित अमेरिकी साझेदारी कार्यक्रम (एसपिपी) बाट बाहिरिएको जानकारीसहित औपचारिक पत्र काठमाडौंस्थित अमेरिकी दूतावासलाई पठाएको छ।

नेपाल सन् २०१९ मा एसपिपीमा सहभागी भएको तथ्य सार्वजनिक भएसँगै चौतर्फी विरोध भएको र मन्त्रिपरिषद्को गत असार ६ मा बसेको बैठकले एसपिपीबाट बाहिरिने निर्णय गरेको थियो। त्यसको करिब एक महिनापछि परराष्ट्र मन्त्रालयले साउन ९ गते अमेरिकालाई पत्र पठाएको हो।

तालुकवाला परराष्ट्र मन्त्रालयले एसपिपीबारेमा अमेरिकालाई औपचारिक पत्र लेख्नुपूर्व रक्षा मन्त्रालय र नेपाली सेनाको अनुमति पर्खिरहेका कारण उक्त प्रक्रियामा केही समय लागेको थियो। औपचारिक रूपमा पत्र पठाउन ढिलाइ भइरहेको विषयमा प्रश्न उठेपछि सरकार एसपिपीसम्बन्धी पत्र पठाउन दबाबमा परेको थियो। परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रालयले एसपिपीबाट बाहिरिने निर्णयसहितको पत्र अमेरिकी दूतावासलाई पठाइसकेको जानकारी शुक्रबार बसेको संसद् बैठकमा गराएका हुन्।

‘नेपाल सरकारले एसपिपीबाट बाहिरिने निर्णयसहित पठाएको औपचारिक पत्र प्राप्त भएको छ। एसपिपीसम्बन्धी नेपालको निर्णयलाई हामी पूर्ण रूपमा स्वीकार गर्छौं,’ दूतावासका पब्लिक अफेयर्स प्रमुख ग्यारेट विल्कर्सनले भने।

अमेरिकालाई औपचारिक रूपमा पत्र पठाउनुअघि परराष्ट्रमन्त्री, मुख्यसचिव, परराष्ट्रसचिव र रक्षासचिवबीच छलफल भएको थियो। उक्त छलफलपछि एसपिपीबाट बाहिरिने बेहोरासहितको पत्र अमेरिकालाई पठाइएको हो।

पत्रमा अमेरिका नेपाललाई लामो समयदेखि सहयोग गर्दै आएको पुरानो मित्रराष्ट्र भएकाले उसले दिने अन्य सहयोग भने निरन्तर लिने जानकारी गराइएको उच्च स्रोतले बतायो। अमेरिकाले नेपाली सेनासँग पनि लामो समयदेखि रक्षा साझेदारी गर्दै आएको स्मरणपत्रमा गरिएको छ। पत्रमा अमेरिकाले नेपाललाई गर्दै आएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गरिएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाल सरकारको पत्र प्राप्त भएको जनाएको छ। ‘नेपाल सरकारले एसपिपीबाट बाहिरिने निर्णयसहित पठाएको औपचारिक पत्र प्राप्त भएको छ। एसपिपीसम्बन्धी नेपालको निर्णयलाई हामी पूर्ण रूपमा स्वीकार गर्छौं,’ दूतावासका पब्लिक अफेयर्स प्रमुख ग्यारेट विल्कर्सनले भने।

नेपालले एसपिपीमा सहभागी हुन भनेर पहिलोपटक सन् २०१५ मा अमेरिकालाई पत्र पठाएको थियो। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी साझेदार कार्यक्रममा सहभागिताका लागि आग्रह गर्दै नेपालस्थित अमेरिकी दूतावासलाई पत्र पठाएका थिए।

नेपालले सन् २०१७ मा एसपिपीमा सहभागिता जनाउन पुनः पत्र पठाएको थियो। अमेरिकाले भने सन् २०१९ मा मात्र नेपाललाई एसपिपीमा सहभागी गराएको थियो। एसपिपीलाई कतिपयले सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको हिन्द प्रशान्त रणनीतिकै अंग भएको दाबी गर्दै आएका छन्। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved