Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रारम्भिक बाल विकास शिक्षाको सवालमा सिंगो नगरपालिका गम्भिर भएर काम गरिरहेकोछ,नगर प्रमुख बस्नेत: दक्षिणकाली नगरपालिका

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 16, 2022
45 shares

काठमाडौं । दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतले प्रारम्भिक बाल विकास शिक्षाको सवालमा सिंगो नगरपालिका गम्भिर भएर काम गरिरहेको बताउनुभएको छ । शनिबार बाल सुधार आधारभुत विद्यालयमा सम्पन्न प्रारम्भिक बाल विकास(ईसिडी) सम्बन्धि ४ दिने तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर बस्नेतले बजेटको सिमितताको बाबजुत पनि नगरपालिकाले नीति तथा कार्यक्रममा यस क्षेत्रको समग्र शैक्षिक सुधारका विषय समावेश गरेको बताउनुभयो ।

सबै विद्यालयले विद्यार्थीहरुको क्षमता विकास गर्दै विद्यार्थी संख्या बढाउने गरेर कार्यक्रम ल्याए विद्यालय भवन लागयतका भौतिक संरचना निर्माण र विस्तारमा कुनै चिन्ता नगर्न उहाँले आग्रह गर्नुभयो ।

काठमाडौ विश्वविद्यालय अन्तर्गत पोष्ट ग्रेजुएट डिप्लोमाका विद्यार्थीहरुको आयोजना साथै सम्पूर्ण नेपाल र लियो–लायन्स क्लब दक्षिणकालीको सहकार्यमा बाल सुधार आधारभुत विद्यालय, बाँसवारीमा ४ दिने तालिमको आयोजना गरिएको हो । चार दिने तालिममा सहभागी २२ जनालाई नगर प्रमुख बस्नेत र उप–प्रमुख बसन्ती डंगोल तामाङले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

सम्बोधनका क्रममा उप–प्रमुख तामाङले काठमाडौ विश्वविद्यालयका विधार्थीहरुले ईसिडी तालिमको लागि दक्षिणकाली नगरपालिका रोजेकोमा धन्यवाद ज्ञापन गर्दै यस्ता तालिमले विद्यालयको जग बलियो बनाउने र विद्यार्थी संख्या बढाउन ठुलो मद्धत पुग्ने बताउनुभयो । संस्कार सहितको शिक्षामा जोड दिदै उप–प्रमुख तामाङले साना बालबालिकाहरुलाई कक्षा कोठा बाट नै आफ्नो भाषा संस्कृति र परम्परा प्रति जिम्मेवार बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति संयोजक प्रकाश विशुन्के, आर्थिक विकास समिति सुरेश बस्याल, दक्षिण काली वडा नं ४ का कार्यवाहक वडाध्यक्ष, इसीइसी नेपालका प्रतिनिधि लगायतको सहभागीता थियो । ईसिडी तालिमलाई निकट भविष्यमा सम्झौता गरेर नै नगरपालिकाका सबै विद्यालयमा सञ्चालन गर्नेबारे कार्यक्रममा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved