Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विदेशी शैक्षिक संस्थाको मनपरीविरुद्ध अखिल क्रान्तिकारीले आन्दोलन गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 1, 2022
15 shares

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)ले नेपालमा खुलेका विदेशी शैक्षिक संस्थाको मनपरीविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ  काठमाडौँमा हालै सम्पन्न संगठनको विशेष राष्ट्रिय भेलाले नेपाली शैक्षिक संस्थालाई धरासायी बनाउने गरी विदेश शैक्षिक संस्था अघि बढेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो ।

संवाद डबलीमा नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले पत्रकार सम्मेलन गरी विदेशी शैक्षिक संस्थासँगै मेडिकल शिक्षामा भइरहेको माफियाको दादागिरी अन्त्य गरी सरकारको लगानीमा मेडिकल कलेजहरुको विस्तारको लागि संगठनले संघर्ष गर्ने बताएको छ ।

भेलाबाट नवनिर्वाचित अध्यक्ष मिलन राईले विदेशी शैक्षिक संस्थाहरुले सम्बन्धनको हवाला दिँदै कमिसन खुवाएर वर्षमा दुई पटक भर्ना लिने गरेको तर शिक्षा गुणस्तर, भौतिक संरचनाको अनुगमन नहुने गरेको बताए । उनले विदेशी शैक्षिक संस्थाहरुले नेपाली विद्यार्थीहरुलाई लुटिरहेको समेत आरोप लगाए ।

‘विशेष राष्ट्रिय भेलाबाट संघर्षका निसाना ठोस गरेका छौं, आवश्यकतामा हामी सार्वजनिक गर्दै जानेछौं । सरकारीमा जागिर खाएर निजी शैक्षिक संस्था विज्ञापन गर्ने दलाल शिक्षक हाम्रो निसानामा पर्नेवाला छन् । सम्बन्धको हवाला दिएर विदेशी शैक्षिक संस्थाहरुले कमिसन खुवाएर बर्षमै दुईतिन पटकसम्म भर्ना लिएका छन्, विद्यार्थीलाई लुटिरहेका छन्, हाम्रो निसाना त्यस्ता शैक्षिक संस्थाहरु पनि हाम्रो संघर्षको निसामा छन्’ अध्यक्ष राईले भने ।

उनले त्रिविले पनि कमिसन खाएर जग्गा भाडा दिएको तर कहिलै नतिरेको बताउँदै त्यसविरुद्ध पनि आफूहरुले संघर्षको एजेण्डा बनाउने बताए ।

भेलाले बढ्दो छात्रा हिंसा नियन्त्रण गर्न, सुन्दरी प्रतियोगिता खारेज गर्न र छात्रा सशक्तिकरण कार्यक्रम हरेक शिक्षालयमा संचालन गर्न माग समेत गरेको छ । त्यस्तै, एमसीसी र एसपीपी समझौता अमेरिकी सैन्य रणनीति इण्डोप्यासिफिक रणनीति अन्तरगत भएको भन्दै भेलाले खारेजीको माग गरेको छ ।

पत्रकार सम्मेलनमा वितवरण गरिएको प्रेस विज्ञप्तिमा भेलाले विप्लव नेतृत्वको नेकपासँग सम्बन्ध विच्छेद गरी निरन्तर क्रान्तिको मार्गमा अघि बढ्ने पार्टी नेतृत्वको कदमको भेलाले स्वागत गरेको उल्लेख छ ।

‘विप्लव नेतृत्वको नेकपाभित्र देखापरेको दार्शिनिक रुपमा सारसंग्रहवाद, राजनीतिक रुपमले संसदीय संशोधनवाद, संगठनात्मक रुपले निषेधात्मक अधिभूतवाद तथा विसर्जनवाद, संघर्षमा आत्मसुरक्षावाद र आर्थिक हिसाबले जुझारु अर्थवादका विरु निर्णयक सम्बन्ध विच्छेद गरी निरन्तर क्रान्तिको मार्गमा अघि बढिरहेको कार्यप्रति यो विशेष राष्ट्रिय भेला हार्दिक स्वागत गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष विरेन्द्र शाह, महासचिव रुपा बुढामगर, सचिव नवराज भट्ट र कोषाध्यक्ष दिपक विष्टले आफूहरुले विगतको नेतृत्वले जस्तो पैसामा विद्यार्थीका एजेण्डा नसाट्ने र शैक्षिक क्षेमा भइरहेको दलाली र माफियाकरणविरुद्ध संघर्षमा उत्रिने प्रतिवद्धता समेत जाहेर गरे ।

भेलाले राईको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । त्यस्तै, सम्मेलनले वैज्ञानिक व्यवस्थामा मात्रै वैज्ञानिक शिक्षा प्राप्त हुने भन्दै त्यसको लागि समाजवादी क्रान्तिमा लामबद्ध हुने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

देशभरका प्रमुख राजमार्गमा अवरोध, यात्रा अघि सडकको अवस्था बुझ्न...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved