Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङमा प्रशासनको नियम उलंघन गर्ने दुई पुजारी सहित पाँच जना पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 26, 2021
291 shares
उमेश भुजेल-जेठ १२, खोटाङ। खोटाङमा कुलपुजा (देवाली) गर्दै गर्दा दुई पुजारी सहित पाँच जना पक्राउ परेका छन । जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेबाट उनीहरुलाई पक्राउ गरिएको हो। व्यापक रुपमा मानिसहरुको भेला जम्मा गरि कुलपुजा (देवाली) गर्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिए।
विगत लामो समयदेखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको चपेटामा रहेको यो अवस्थामा बिहे, भोजभतेर, जमघट, साकेला पर्व, देवाली लगाएतका सामाजिक कार्य नगर्न भनिए पनि उनीहरुले देवाली गरिरहेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको चिमरियाको भनाई छ। मानिस भेला भएको, अनावश्यक रुपमा घर बाहिर निस्कने र भेला जम्मा गरि सामाजिक कार्य गरेको थाहा पाए तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न जिल्लाभर सुरक्षा निकायलाई परिचालन गरिएको उनको भनाई छ।
जिल्ला प्रशासन कार्यालयले निकालेको विज्ञप्तीमा कोरोना भाइरसको संक्रमण जोखिमलाई मध्यनजर गरि समुहमा गरिने कुल पुजा (देवाली), साकेला पर्व लगायतका विभिन्न चाडपर्व र सामाजिक कार्यहरु नगर्ने, मनाउनै पर्ने भए घर परिवार भित्रका सदस्यहरुले मात्र विधि फुकाउने व्यवस्था गरि मनाउने, विकास निर्माण सम्वन्धि कार्यहरु संचालन गर्दा निर्माण कार्यसँग सम्वन्धित कर्मचारी तथा कामदारलाई निर्माणस्थलमै राख्ने (खाने बस्ने) व्यवस्था मिलाएर मात्र संचालन गर्ने भनिएको छ। बिहे, भोजभतेर, जमघट, साकेला पर्व, देवाली लगाएतका सामाजिक कार्य नगर्न भनिएको अवस्थामा कोही कसैले जवरजस्त यस्ता कार्य गरे संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए।
जिल्लाका १० वटै स्थानीय तहमा कतै विहेमा, कतै गुन्युचोलीमा सहभागीता हुँदा, कतै, रुद्रीपुजामा कतै भोजभतेर र कतै बाहिरबाट घर आएर क्वारेन्टिनमा नबसी तथा परीक्षण नगराई डुल्दिँदा र स्वास्थ्य सुरक्षाका न्यूननतम मापदण्ड पालना नगर्दा सल्केको कोरोना अहिले गाउँका कुनाकन्दरामा भुसको आगो झै फैलिएको छ। जिल्लाभर कोरोना सक्रिय संक्रमितको संख्या ५४६ पुगेको छ। दुई जनाले ज्यान गुमाएका छ्न्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved