Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लिभिङ स्टोन स्कुलको अर्को काण्ड बाहिरियो, कमजोरी ढाक्न आन्तरिक भेटघाट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 28, 2022
1.5K shares

काठमाडौं । नेपालमा विभिन्न देशहरुबाट विदेशीहरु विभिन्न भिसामा नेपाल आउने गरेका छन् । कतिपय विदेशीहरु घुम्नका लागि आउँछन् भने कोहीको उदेश्य भने अलि अरु भन्दा फरक हुन्छ । नेपालमा कोरियन र अमेरिकी नागरिकहरुको भित्रिनेको संख्या भने अरु भन्दा बढदो छ ।

नेपाल सरकारले विदेशीहरुको नेपाल आउनु पछाडीको उदेश्यबारे गम्भिर नहुँदा सजिलै नेपाल प्रवेश गर्ने विशेष गरी कोरियन मिशनरीहरु विजनेश भिसा र भिजिट भिसाको नाममा सबैभन्दा धेरै ख्रीष्टियन मिशन लिएर आउने गरेका छन् । सबैभन्दा बढीजसो कोरियन नागरिकको बसोबास रहेको क्षेत्र हो ललितपुरको भैसेँपाटी । व्यापारको आवरणमा ख्रीष्टियन मिशन संचालन गरेका कोरियाली मिसनरीहरुको दबदबा विभिन्न क्षेत्रमा रहेको छ । त्यो मध्य शैक्षिक क्षेत्रको एक प्रतिनिधिमुलक नमुना कोरियन नागरिकको संस्थापनमा संचालित स्कुल हो ललितपुर स्थित लिभिङ स्टोन स्कुल ।

गत शुक्रवार बेलुकी सोहि स्कुलमा अध्ययनरत बिध्यार्थी लिडिया पन्तको नाममा स्कुलले जारी गरेको स्कुलको विल सोही विद्यार्थीका अभिभावक राजेश पन्तले आफ्नो फेसबुक स्टाटसमा स्कुलको मासिक शुल्कको सन्दर्भमा चित्तनबुझेको र स्कुल प्रशासनसँग सम्पर्क गर्दा फोन सम्पर्क नभएको भनी विषय उठान गरएपछि रातोपाटी न्यज डट कमले ख्रीष्टियन स्कुल लिभिङ स्टोन एकेडेमीले मनपरी शुल्क असुल्दै, सरकारसँग नियमन गर्ने ल्याकत नै छैनू भन्ने शिर्षकमा समाचार लेख्यो।https://ratopatinews.com/?p=21033


तत्कालै पर्सीपल्ट आइतबार सो स्कुलको शुल्कका विषयमा स्पष्ट पारिदिन भन्दै स्कुलका संस्थापक कोरियन नागरिक एनी किम तथा स्कुल व्यवस्थापन साथै स्कुलका प्रिन्सिपलसँग रातोपाटीन्यूजले लगातार सम्पर्क गर्दा सूचना दिनबाट पन्छिएपछि ललितपुर महानगरपालिका शिक्षा शाखा सँग सो स्कुलको बिषय उठान हुँदा केही दिनमा स्कुलको अनुगमन गरिने सहितको अर्को समाचार पनि बाहिरियो,https://ratopatinews.com/?p=21066

तत्पश्चात हाम्रो पनि यो स्कुल र उठेका बिषयतर्फ ध्यानाकर्षण भयो र के रहेछ भने उक्त पीडित भनिएको अभिभावक राजेश पन्तसँग भेटेर बुझ्दा पन्त यसो भन्छन्, ‘स्कुल नजिकैको एक क्याफेमा स्कुलका संस्थापक र प्रिन्सिपल सहितको टोली मसँग भेट गर्न आउनुभयो, भेटका क्रममा मसँग सामाजिक सञ्जालमा उठेका विषयमा सोध्नुभयो स्कुलबाट गम्भिर त्रुटि भएको भन्दै अब देखि यस्तो गल्ति नदोहोरिने भन्दै मलाई माफी मागे, यो कुरा यतिमै मिलाम भन्यो तर समाचारमा व्यापक स्कुलका विषयमा नराम्रो प्रचार भएको भन्दै हटाइदिन लगाउन मलाई अनुरोध गर्नुभयो अनि कुरा सकियो।’

स्वतन्त्र पत्रकार संघ ललितपुर शाखा सचिब तथा सिलोआम चर्च ललितपुरका पास्टर समेत रहेका राजेश पन्तको यस्तो किसिमको गैर जिम्मेवार र फजुल कुराबाट चित्त नबुझेपछि स्कुल प्रिन्सिपल प्रणय कुमार गुरुङलाई सम्पर्क गर्दा पीडित अभिभावकलाई भेटर स्कुलका शुल्कबारे गम्भिर त्रुटि भएकोले अब आइन्दा नदोहोरिने भन्दै क्षमायाचना गरिएको बताए तर अन्य अभिभावककाे पिडाबारे कुरा उठान गरेनन्।

हामीले सोहि स्कुलका स्कुल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मणि कोईरालासँग यो बिषय के हो भनी बुझ्दा उनी भन्छन्, ‘नगरपालिका शिक्षा शाखा तथा स्कुलबाट पनि कुनै लिखित नियुक्ति नभएको र सो स्कुल के कसरी चलेको छ याे बिषयमा मलाई जानकारी छैन् र त्यस कुरामा म जवाफदेहि छैन, किनकि न म त्यहाँको कुनै आधिकारिक जिम्मेवारी व्यक्ति हो न मेरो बच्चाहरु त्यस स्कुलमा पढ्छन् ।’

मिसनरी रहेर अपांगता भएका, दुःखि, गरिव तथा असहाय अनि असक्तहरुको बालबच्चाहरुलाई शिक्षाको क्षेत्रबाट सेवा गर्छु भनेर संचालन गरिएको यो स्कुलले यस्ता किसिमका बिध्यार्थिहरु कति जनालाई सेवा गरेका छन् भन्ने प्रस्न त यसै छ भने बिगद केही बर्ष देखि सोहि स्कुलमा ३ बच्चाहरूलाई पढाइ रहेका अर्का अभिभावक बलराम अधिकारिको पनि उस्तै गुनासो छ।

यदि सेवाको लागि स्कुल संचालनमा हो भने हरेक अंग्रेजि महिनाको अन्तमा मासिक सुल्क नबुझाए १०%अर्को महिना पनि नबुझाए २०% र यसेगरि ३०% हुँदै बढाउँदै अभिभावक ठगिरहेको छ। यो बिषयमा कुरा गर्ने कोहि छैन,न यो स्कुलले कहिल्यै अभिभावक भेला बोलाउँ छ , न त मासिक सुल्क बृद्दि गर्दा अभिभावक सँग सल्लाह लिन्छ,, अधिकारीको आक्रोस र गुनासो छ।

पीडित राजेश पन्तले संजालमा असन्तुष्टि प्रकट गरेपछि फेरि स्कुलका संस्थापक तथा प्रिन्सिपल सहितलाई भेटेर फेरि यो समस्या हाल भयो भन्नुको पछि कतै राजेश स्कुल सँग प्रलोभनमा पो परेकि भन्ने शंका रह्यो भने यदि अभिभावकहरु साच्चिनै पिडित छन् स्कुलबाट भन्ने जान्दा जान्दै अन्य पिडित अभिभावकहरुको पीडा त गुपचुप भएन ? प्रस्न यो हो ।

यिनिहरु वास्तविक ख्रीष्टीयन हाेइनन् ख्रीष्टीयनकाे नाममा व्यापार गर्न आएका हुन् कि साँच्चिकै सेवाकाे भावले स्कुल संचालन गरेकाे हाेईन भन्ने बिषयमा ख्रीष्टीयन समुदायमा स्पष्ट हुनु पर्ने देखिएकाे छ।

यहि बिषयकाे अन्तिम जवाफ  शिक्षा मन्त्रि देवेन्द्र पाैड्याल सँग समेत खाेज्ने प्रकृयामा छाैँ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved