Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रदेश १ सरकार : कुन सवारी साधनमा कति कर वृद्धि ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 19, 2022
6 shares

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९र०८० मा चालू आर्थिक वर्षको भन्दा ८८ करोड बढी आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको प्रदेश १ सरकारले सवारी साधनहरुमा करको दर ६७ प्रतिशतसम्म वृद्धि गरेको छ ।

कार, जीप, भ्यान, माइक्रोबस, अटो रिक्सा, थ्री ह्वीलर, टेम्पो, ट्याक्टर, पावर टिलर, ट्रक, बस, मोटरसाइकल, भाडामा दर्ता भएका सवारी साधन, निजी विद्युतीय सवारी साधनमा पनि प्रदेश सरकारले विभिन्न करका दर वृद्धि गरेको छ । तर, प्रदेश सरकारले ठूला सवारी साधन डोजर एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेनजस्ता मेसिनरी उपकरणमा भने वार्षिक कर २ हजार रुपैयाँ घटाएको छ ।

उक्त उपकरणका लागि चालू आर्थिक वर्षमा ४९ हजार ५०० रुपैयाँ वार्षिक कर लाग्दै आएको थियो । हाल प्रस्ताव गरिएको करको दरमा भने २ हजारले घटाएर ३८ हजार ५ सयमा झारिएको छ । यस्तै मिनी टिपरमा पनि करको दर घटाइएको छ । मिनी टिपरमा यसअघि २९ हजार रुपैयाँ वार्षिक कर लाग्दै आएको थियो भने प्रस्तावित आर्थिक विधेयकमा २७ हजार ५ सय कर प्रस्ताव गरिएको छ ।

यस्तै विद्युतीय कार, जीप भ्यान, माइक्रो बस र बसका लागि पनि कर निर्धारण गरिएको छ । जसअनुसार ५० देखि १ सय २५ किलोवाटसम्मकोलाई १५ हजार, १२६ देखि २ सय किलोवाटसम्मकोलाई २० हजार र २०१ किलोवाटदेखि माथिका सबैलाई ३० हजार रुपैयाँ कर निर्धारण गरिएको विधेयकमा उल्लेख छ ।

इन्धनबाट चल्ने मोटरसाइकल तथा स्कुटरका लागि भने १२५ सीसीसम्मकोलाई ३ हजार, १२६ देखि १ सय ६० सिसीसम्मकोलाई ४ हजार, १ सय १६१ देखि २ सय ५० सीसीसम्मकोलाई ५ हजार ५ सय, २ सय ५१ देखि ४ सय सीसीसम्मकोलाई १० हजार र ४ सय १ सीसी र सो भन्दा माथिकालाई १८ हजार वार्षिक कर निर्धारण गरिएको छ । यसअघिको करको दरभन्दा यो पटक बढेको हो । अघिल्लो आर्थिक वर्षमा भने १२५ सीसीसम्मकोलाई २ हजार ८ सय, १२६ देखि २ सय ५० सिसीसम्मकोलाई ४ हजार ५ सय, २ सय ५१ देखि ४ सय सीसीसम्मकोलाई ९ हजार र ४ सय १ सीसी र सो भन्दा माथिकालाई १६ हजार ५ सय वार्षिक कर निर्धारण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved