Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मन्त्री नफेरिकन बाबुरामलाई रोक्ने उपेन्द्र यादवको रणनीति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 19, 2022
9 shares

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा मन्त्री फेर्नका लागि दबाब बढेको छ । पार्टीभित्र आन्तरिक विवाद चुलिरहेका बेला अध्यक्ष यादवमाथि मन्त्रीहरुको हेरफेरका लागि दबाब बढेको हो ।

आन्तरिक विवादकै बीच दुई पक्षका नेताहरुले आआफ्नो पक्षमा बहुमत पुर्याउन दौडधुप गर्दै आएका छन् ।

जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले आफूसँग बहुमत रहेको भन्दै तीव्र दौडधुप गर्दै आएका छन् । यस्तै रक्षात्मक अवस्थामा रहेका यादवले पनि आफ्नो पक्षमा माहोल बनाउन रणनीतिक योजना बनाइरहेका छन् । उनले यो बीचमा सांसदहरुसँग एकपछि अर्को छलफल गर्दै आएका छन् ।

यादवले केही दिन पहिले बानेश्वरस्थित संसद भवनमा पार्टीका सांसदहरुको भेला गरेका थिए । सांसदको मुड थाह पाउनका लागि बोलाइएको बैठकमा बहुमत सांसदले मन्त्री फेर्न सुझाव दिएका थिए । ‘तपाईंले त ६ महिनापछि मन्त्री फेर्ने भन्नुभएको थियो, १० महिना भइसक्यो अहिलेसम्म किन फेर्नुभएन ?’ उनीहरुले भनेका थिए, ‘पार्टीको निर्णय एकातिर कार्यान्वयन अर्कोतिर किन भइरहेको छ ?’

उनीहरुले जसलाई सरकारमा पठाएपनि ढिलाइ भने गर्न नहुनेमा जोड दिएका थिए । जसपाका सांसद सुरेन्द्र यादवले ६–६ महिनामा मन्त्री फेर्ने निर्णय पार्टीमा भएको स्मरण गरे । सो छलफलमा आफूहरुले विगतको निर्णय कार्यान्वयन गराउन आग्रह गरेको बताए । बैठकमा बाबुराम भट्टराई, राजकिशोर यादव, महेन्द्र राय यादवबाहेक सबै सांसद थिए । हाल मन्त्रिपरिषद्मा रहेका रेणु यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव बाहेकका सबैजनाले एकस्वरमै मन्त्री फेरिनुपर्ने कुरा उठाएका थिए ।

तर अध्यक्ष यादवले यसबारे स्पष्ट जवाफ दिएनन् । उनले अहिले राजनीतिक उथलपुथल अवस्थामा रहेकाले थप छलफल गरि कुनै निर्णय लिने आश्वासन दिएका थिए । पछिल्लो समय मन्त्री फेर्ने कुरा जसपामा यादवका लागि ठूलो टाउको दुखाइको विषय बनेको छ भने संघीय परिषद्का अध्यक्ष भट्टराईका लागि त्यो अवसर बनेको छ । भट्टराई पार्टी कब्जा गर्ने रणनीतिका साथ अघि बढ्दै गर्दा यादवले भने मन्त्रीहरुको हेरफेर पनि नगर्ने बरु भट्टराईलाई रोक्दै पार्टीलाई जोगाउने रणनीतिमा छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved