Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यस्ता मानिसमा धेरै डिप्रेसन हुने गर्छ !

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 17, 2022
3 shares

काठमाडौँ । डिप्रेसन भन्ने बितिक्कै हामी मस्तिस्क को क्षमता पुरै गुमाएको वा पागल भएको हो भन्ने सोच्दछौं । तर वास्तब मा त्यो होईन । डिप्रेसन जो कोहिलाई हुने एक मानसिक रोग हो । यो रोग प्राय आफ्नो जीवन को फ्रस्टेसन बाट सुरुवात हुदछ ।

कहिले काही सामान्य डिप्रेसन मा हरेक मानिस पर्ने गर्दछ । तर यो डिप्रेसन भने त्यति ठुलो हुदैन २र४ दिन मा आफै ठिक हुने र हराएर जाने गर्दछ र हामि पुन फ्रेस महसुस गर्न सुरु गर्दछौं यस्तो किसिम को डिप्रेसन लाई हामी कुनै पनि कुरा को फ्रस्टेसन भएको भनेर पनि बुझ्न सक्छौं ।

उदाहरण को लागि

तपाँई सँधै दुखि भइरहनुहुन्छ । निरास भइरहनु हुन्छ । कुनैपनी कामको ईच्छा रुची हराउदै जान्छ । एक्लै एकान्त मा बस्न मन लाग्छ । कसैले बोल्दा झंर्को लाग्छ वा कसैसँग बोल्दा रिस उठ्ने वा झर्किने गर्नुहुन्छ । खानपिन मा ध्यान हराउछ । निन्द्रा कम लाग्ने र दिमाग मा बढी कुराहरु खेल्ने आदि ।

सुखको जीवन बिताएका मानिसमा पनी डिप्रेसन हुन्छ । किनकी हाम्रो शरिरले एकप्रकारको हर्मोन उत्पादन गर्छ जसले गर्दा मनोरन्जन गर्ने,शरिरलाई खुसी दिने, यौन उतेजना जगाउने,रमाइलो गर्ने, समाजिक ब्यबहार राम्रो देखाउने ईच्छा जगाँउदछ तर उक्त हर्मोनको उत्पादन कमी हुँदा हामिलाई डिप्रेसन हुन्छ रमाइलो गर्ने ,मनोरन्जन गर्ने इच्छा घटद्छ समाजमा हिडडुल गर्ने इच्छा हराउन थाल्छ र डिप्रेसन हुन्छ ।

डिप्रेसन हिजो आज धेरैलाई भएको पाइन्छ । अहिले को समयमा डिप्रेसन कमन रोग भईसकेको छ । तपाँईले गर्ने काम, तपाँईले सोच्ने विषय सबैमा नकारात्मक असर पर्ने गर्छ ।

कुनैपनी व्याक्तिलाई‌ मानसिक तनाब धेरै परेको छ भने उसलाई डिप्रेसन हुने समभावना धेरै हुन्छ ।मानसिक तनाब कतिपय लाई‌ बिभिन्न समस्या को कारण ले पर्दछ र डिप्रेसन को अवस्था आँउदछ । तन्देरी उमेर मा माया प्रेम ले डिप्रेसन बनाउदछ त्यसै गरी पारिवारिक गतिविधी ठिक नहुँदा पनि डिप्रेसन हुने गर्दछ ।

डिप्रेसन का लक्षणहरू

सँधै गरिरहेका काम प्रती मन नजानु ,वा गर्न मन नलाग्नु । कुनै रोचक विषयमा पनी ध्यान नलाग्नु ।

उदासी, निरास, डराएको जस्तो, एकोहोरो टोलाउने, साना साना कुरामा झर्किने,दिक्क लाग्ने, रिस उठ्ने, निन्द्रा लाग्न छोड्ने कि अति धेरै निन्द्रा लाग्ने, शरीर गलेको जस्तो हुने, शरीर स्लो हुने, हिड्दा पनि बिस्तारै, एकहोरो टाइपले हिड्ने दाँयाबाँया ध्यान नदिने, बोल्नु पर्दा पनी बिस्तारै बोल्ने, कमजोरी हुने, काम गर्न नसक्ने वा साना काम गर्नुपरे पनी धेरै बल लगाएर गर्नु।

खाना खान मन नलाग्ने ,भोक नलाग्ने,साथै वजन घट्ने वा बढ्ने, धेरै चिन्ता लिने, ईच्छा आकाङ्क्षाहरू हराउने ।

बितेका कुनै घट्नाहरू वा असफल्ताहरू सम्झिएर म तेस्तो हुन सकिन,वा मैंले तेस्तो गर्न सकिन भन्ने भावनात्मक पश्चाताप गर्ने, बेकारका कुराहरू गरिरहने ।

सकारात्मक कुराहरूलाई वास्ता नगर्ने तर नकारात्मक कुराहरूलाई सम्झीरहने ।

गलत व्यवहारलाई सम्झीरहने, राम्रा कुरा याद नहुने गलत कुरा सधैं सम्झी रहेने र आँफै निर्णय मात्र सही लाग्ने अरुको गलत मात्र देखि रहने ।

घरमा मात्रै बसिरहने बाहिर कतै नजाने , सम्झिने क्षमता मा कमि आउने ,जस्तो कपडा लगाए पनि आफुले लागेको कपडा प्रति वास्ता नहुने ।

बाँचेर केही गर्न सक्दिन मर्न पाए हुन्थियो भन्ने जस्ता नकारात्मक बिचारहरू धेरै आउने ।

मर्न मन लाग्ने अब बाँच्दिन होला भन्ने लाग्ने टाउको दुख्ने,शरीर दुख्ने, ढाड दुख्ने जस्ता लक्षणहृरू देखिए डिप्रेसन भएको लक्षण हुन् भनेर सोच्नु पर्दछ ।

किन र कसरी हुन्छ डिप्रेसन ?

मस्तिस्कको रसायनिक पदार्थ मा कमी हुनसाथ डिप्रेसन हुन्छ । मस्तिष्कमा पाइने विभिन्न रसायनहरू सेरोटोनिन, इपिनैफरिन, तथा डोपामिनको को कमि हुँदा यस्तो हुन्छ ।

यी रसायन तत्वहरु ले हामीलाई खुसि, सकारात्मक सोच र उर्जा दिने किसिम को सोचाइ उत्पादन गर्ने हुन् । र जब यी रसायन मा कमि आउदछ तब हामी मा खुसि र सकारात्मक सोच को कमि हुन्छ र नाकारात्मक सोच को मात्र फिलिन्ग्स बढेर हामीलाई डिप्रेसन हुने गर्दछ ।

कस्ता मानिसमा धेरै डिप्रेसन हुने गर्छ 

जो मानिस अरुको आड, भरोसामा बस्ने गर्दथ्यो र पछि आडभरोसा टुटदछ । त्यस्ता लाइ डिप्रेसन हुने गर्दछ । यो चाहे परिवार होस् वा साथीभाई वा कुनै पनि आड भरोसा को जीवन भै आड भरोसा टुटेको बेला डिप्रेसन बढ्ने सम्भावना बढी हुदछ ।

कुनैपनी दर्दनाक वा तनावपुर्ण घटनाहरू को कारणबाट पनि डिप्रेसन हुन सक्दछ । महिला वा पुरुष मा हुने प्रजनन अङ्ग को सम्सया को कारणबाट पनी मानिसहरूलाई डिप्रेसन हुने गरेको छ ।

मानसिक बिकारहरू जस्तो सानो सानो कुरामा धेरै चिन्ता लिने, खानेकुरा सम्बन्धी समस्या मा चिन्ता लिने मानिसहरुमा डिप्रेसन हुने गरेको पाइन्छ । अत्याधिक रक्सी पिउने मानिसहरुमा पनि बढी डिप्रेसन हुन्छ ।

त्यसैगरी बिभिन्न खालका लागुऔषध खाने मानिसहरुमा पनी डिप्रेसन हुने गर्दछ ।

कुनैपनी गम्भिर निको नहुने रोग लागेका मानिसहरुमा पनी डिप्रेसन हुन्छ । जस्तो क्यानसर लागेका मानिसमा, मुटु रोग भएका मानिसमा, मृगौलामा समस्या भएका मानिसमा, डिप्रेसन हुने गर्दछ ।

डिप्रेसन बाट बच्ने उपाय

सर्वप्रथम डिप्रेसन को बिमारीको कुराहरू कोहि सम्बन्धित ब्याक्तिले ध्यान दिएर सुनी दिने र उसलाई मन हलुका बनाइ दिने कार्य गर्दिनु पर्दछ । उसले भनेका कुराहरू नराम्रै भएपनी उसको कुराहरू लाई बिना टिप्पणी सुन्नु पर्दछ ।

हो नि सही हो तिम्रो कुरा सही हो अरु भनन भन्दै उसलाई अझ उसको मन को कुरा ओकल्न लगाउनु पर्दछ यसो गर्दा उसको मन को बोझ कम हुदछ र उसलाई आराम भएको महसुस हुदछ । उसका कुराहरुलाई कुनै पनी कमेन्ट नगर्ने ,उसले भन्न खोजेका कुराहरूलाई स्पस्ट रुपमा भन्न दिनुपर्छ ।

कुनैपनी कुराहरू नढाट्ने ,माया गरेर सान्तवना दिएर खुशी बनाउने प्रयास गर्नुपर्दछ । डिप्रेसन को जती औषधी खाएपनी परिवारमा राम्रो ब्यबहार छैन भने त्यो औषधी को काम छैन । औषधी बिना पारिवारिक साथ,माया ममता ,ब्यबहार राम्रो गर्दा पनी डिप्रेसन पूर्ण रुपमा निको हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved