Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बिजयखर्कका युवाले गरे आफ्नै खर्चमा स्वास्थ्य सामग्री वितरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 25, 2021
222 shares

उमेश भुजेल-जेठ ११, खोटाङ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका युवाले गाउँमा कोभिड–१९ बिरुद्ध स्वास्थ्य अभियान चलाएका छन् । बिजयखर्कका युवाको समुहले ‘बिजयखर्क कोरोना रोकथाम अभियान समिति’ नामक फेसबुक ग्रुपमार्फत रकम संकलन गरेर कोभिड–१९ बाट जोगिनका लागि उपयोग गरिने स्वास्थ्य सामग्री खरिद गरेर प्रत्येक घरका स्थानीयलाई वितरण गरेका छन् ।
विजयखर्कका गाउँमै बसिरहेका युवा, विभिन्न ठाउँमा काम गरिरहेका कर्मचारी र विभिन्न देशमा बसिरहेका ३० जनाभन्दा बढि युवाबाट संकलन भएको रकमबाट प्रत्येक घरमा मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको अभियानमा संलग्न मध्येका युवा किसन भुजेलले बताए । बिजयखर्कमा ३१ जना संक्रमित भेटिएपछि स्वास्थ्य सुरक्षाका सामग्र्री जुटाएर वितरण अभियान सञ्चालन गरिएको जनाइएको छ ।
युवाको समुहले संक्रमित र अन्य स्थानीको घरमा ५० पिस मास्क, दुई सय एमएलको सेनीटाइजर वितरण गरेका छन् । यस्तै, एउटा टोलका स्थानीयले उपयोग गर्नेगरी शरीरमा अक्सिजनको मात्रा मापन गर्ने एक/एक थान अक्सिमिटर र ज्वरो मापन गर्ने दुई/दुई थान
थर्मोमिटर वितरण गरिएको छ । संक्रमितलाई भने भिटामिन (सि) र (डि)को क्याप्सुल पनि वितरण गरिएको भुजेलले बताए ।
यस्तै, संक्रमितको घरमा जिवाणु नाशक विषादि स्प्रे गरिएको छ । अन्य इच्छुक स्थानीयको घरमा पनि किटाणु नाशक विषादि छर्किइएको बताइएको छ । पहिलो चरणमा करिब ३ लाखको हाराहारीमा स्वास्थ्य सामग्री खरिद गरेर ल्याएको युवा समुहले पुःन दोश्रो चरणमा स्वास्थ्य सामग्री वितरणको तयारी गरिरहेको जनाएको छ ।
‘जव गाउँमा संक्रमितको संख्या अधिक देखियो, त्यसपछि मन मिल्ने साथीबीचमा फेसबुक ग्रुपमार्फत केही गरौं भनेर सल्लाह गर्यौ ,’ भुजेलले भने, ‘एउटा जुम मिटिङ बसेर आफु–आफुबीचमै पैसा उठाउने निर्णय गरेर रकम जुटायौं । संकलन भएको रकम काठ्माण्डौं पठाएर स्वास्थ्य सुरक्षाका सामग्री वितरण सुर गरेका हौँ ।’
स्वयंसेवक लाई एन ९५ मास्क, ग्लोब्स, चश्मा र पिपिइ उपलव्ध गराएर घर–घरमा पुगेर स्वास्थ्य सामग्री वितरणमा खटाइएको भुजेलले जनाए । अझै ५० लिटर जिवाणु नाशक विषादि प्रयोगका लागि तयारी अवस्थामा राखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved