Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरकारकाे २५लाख सहयाेगमा ओखलढुंगामा पिसिआर मेसिन राखिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 24, 2021
354 shares

पूर्णप्रसाद न्याैपाने-ओखलढुंगा

कोरोना संक्रमितको स्वास्थ्य परीक्षण गर्न ओखलढुंगामा पिसिआर मेसिन राख्ने सरकारी तयारी छ । कोरोनाको लक्षण देखिएका वा शंका लागेकाहरुको स्वाब परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटारमा मेसिन राखिने भएको हो ।ओखलढुंगामा पिसिआर मेसिन खरिदका लागि सरकारले २५ लाख बजेट विनियोजन गरेको प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए ।जिल्लामै पिसिआर मेसिन राखेपछि स्वाब परीक्षणका लागि प्रदेश र संघको राजधानी सम्म लैजानुपर्ने बाध्यता हट्ने मन्त्री गुरुङको भनाई छ । ‘सरकारले जिल्ला अस्पतालमै पिसिआर मेसिन राख्न बजेट विनियोजन गरेको छ ।

 

तत्काल मेसिन राखेर सेवा सुरु गर्ने प्रकृयाको थालनी गर्न मैले निर्देशन दिईसकेको छु ।’ मन्त्री गुरुङले भने, ‘यो क्षेत्रमा स्वाब संकलन गरेर टेकु र विराटनगर पठाउँदा साहै्र समस्या भएको पाइयो । अब त्यो समस्या बाध्यता हट्यो । मेसिन खरिद गर्ने र कर्मचारी व्यवस्थापन गर्ने प्रकृयामा हामी लागिसकेका छौं ।’ मन्त्री गुरुङले माथिल्लो सगरमाथा क्षेत्रका ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुरका उत्तरी बेल्डका नागरिकलाई लक्षित गर्दै रुम्जाटार अस्पतालमा पिसिआर मेसिन राख्न पहल गरिएको बताए । काेभिडले समस्यामा परेका जिल्लाबासीले सम्पर्क गरेपछि उनीहरुको उद्धार र उपचारमा सहयोग गर्ने गरेको मन्त्री गुरुङले बताउनुभयो ।कोरोना संक्रमण समुदायस्तरमा समेत फैलिएपछि जिल्लामै पिसिआर मेसिन राखेर परीक्षणको दायरा बढाउनुपर्ने जिल्लाबासीको माग थियो ।

 

जिल्लामै पिसिआर मेसिन राख्न सरकारले बजेट व्यवस्था गरेपछि अब यस क्षेत्रका नागरिकको कोरोना परीक्षणमा सहजता आउने जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । उनका अनुसार स्वास्थ्य कार्यालयमा पर्याप्त जनशक्ति र सवारी साधन नहुँदा कोरोना परीक्षणको दायरा बढाउन समस्या थियो । अझ पर्याप्त एन्टिजेन किट र स्वाब संकलनका लागि आवश्यक औजार अभाव झेल्नुपर्ने समस्या थियो । संकलित स्वाबलाई परीक्षणका लागि विराटनगर र राजधानी काठमाडौं सम्म पुर्याएर निरञ्तर समन्वय गर्न थप झमेला थियो ।

अब रुम्जाटार अस्पतालमा पिसिआर मेसिन जडान भएपछि सोलुखुम्बु, खोटाङ र उदयपुरको उत्तरी क्षेत्रका नागरिकको कोरोना परीक्षणमा समेत सहजता आउने छ ।यसअघि प्रदेश सरकारले जिल्ला प्रशासन र जिल्ला अस्पताललाई कोभिड व्यवस्थापन र हर्कपुरमा होल्डीङ सेन्टर राख्न ३० लाख बजेट पठाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved