काठमाडौं । डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटेको छ । डिजेल र पेट्रोलमा लिटरमा १०र१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको हो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार १०र१० रुपैयाले घटाएर उद्योग मन्त्रालयलाई मंगलबार पत्र पठाएको हो । अब मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय उद्योग वाणिज्य मन्त्रालयले गर्नेछ । डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजन हुनेछ ।











