काठमाडौँ । रौतहटको कटहरिया नगरपालिकामा नेपाली काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् । मंगलबार भएको चुनावी प्रक्रिया अनुसार कार्यपालिका सदस्यमा काँग्रेसका सबै ८ जना उम्मेदवार निर्वाचित भएका हुन।
कार्यपालिका सदस्यको जिम्मेवारी पाउनेहरूमा जनजाति अल्पसङ्ख्यकबाट मनोज कुमार जयसवाल, दिलीप कुमार जयसवाल र जामुन ठाकुर हजाम रहेका छन् ।

त्यसैगरी निर्वाचित दलित तथा महिला सदस्यहरूबाट शान्ति कुमारी ,शोभा देवी, श्रीपती चमैन, सोनी देवी, बुधीया देवी गरी ८ जना रहेको निर्वाचन अधिकृत रामचन्द्र लुइँटेलले जानकारी दिएका छन् ।
कार्यपालिका सदस्यको निर्वाचनमा एमाले बाट उम्मेदवारी दिएका हेमप्रसाद साह पराजित भएको अधिकृत लुइँटेलले बताए ।










