Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भिडबाट विजय हुन सफल दिरुमनपाका ४ वडा प्रमुखहरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 31, 2022
3 shares

खोटाङ।  बैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पूराना धेरै जनप्रतिनिधिले दोश्रो कार्यकाल दोहोराउन उम्मेदवारी दर्ता गराएका थिए ,तर उनीहरुले हार स्विकार गर्न आध्य भए ।

दोश्रो कार्यकाल दोहोराउन उम्मेदवारी दर्ता गराएका भिडमा यस्ता पनि जनप्रतिनिधि भेटिए जसले दोश्रो कार्यकालका लागि पनि जनताको मन जितेर विजय हाँसिल गरे । जनताको मतलाई सुरक्षित गरे । पार्टीको विश्वास र टिकटलाई पुनः अर्को ५ वर्षलाई पकडमा राखिदिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा माथि उल्लेख गरे जस्तै भएको छ । यहाँको वडा नं.६ नेर्पामा माधव राई पुनः दोश्रो कार्यकालका लागि जनताको मन जितेर वडाध्यक्षमा निर्वाचित भएका छन्। २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका राई दोश्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन्।राईले ६०१ मत पाएका थिए । त्यहाँ वडामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धन गरेको थियो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडाको वडाध्यक्षमा एमालेका लिला कुमार चौहान पुनः दोहोरिएका छन्।
यसअघिको निर्वाचनमा पनि एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका चौहान गठबन्धनलाई हराउँदै दोश्रो कार्यकालका लागि भारी मतले वडाध्यक्षमा निर्वाचित भएका हुन्। चौहानले ५९७ मत ल्याएर विजयी हाँसिल गरेका हुन्।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको वडाध्यक्षमा जनता समाजवादी पार्टीका मुगाधन राई पनि पपुलर मतका साथमा दोहोरिएका छन्। राईले ७५५ मत पाएका थिए। पाथेका वडामा जसपा, माओवादी केन्द्र र नेकपा एसवीच गठबन्धन भएको थियो।

यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाको वडाध्यक्षमा एमालेबाट दिनेश राई दोश्रो कार्यकाललाई दोहोरिएका छन्। यसअघिको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित उनले यस पटक गठबन्धनलाई परास्त गर्दै र जनताको मन जित्दै विजयको झण्डा फहराए।
राईले १ हजार १११ मत पाएका थिए। ५ वर्षको कार्य सम्पादनका आधारमा पुनः जनताले निर्वाचित गराएको वडाध्यक्ष राईले बताए।

सोल्माका निवर्तमान वडाध्यक्ष हर्क खत्री, खाल्लेका डिल्ली राई र खामीका रामचन्द्र राईले दोश्रो कार्यकालका लागि वडाध्यक्षमै उम्मेदवारी दिए पनि जनताको मन जित्न सकेनन्। अन्ततः हार ब्यहोर्नु पर्‍यो ।

समायोजन खबरबाट सभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

व्यवसायीलाई आयकर तथा भ्याटको ई–फाइलिङसम्बन्धी तालिम

  • September 17, 2026

सुनको मूल्य बढ्यो, तोलामा ८ सयले वृद्धि

  • September 17, 2026

देउवा पक्षमा ठूलो पहिरो, ३१ नेता गगन थापा नेतृत्वको कार्यसमिति...

  • September 17, 2026

दुई महिनामै सरकारको राजस्व संकलन १ खर्ब ८३ अर्ब रुपैयाँ

  • September 17, 2026

राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल तीन वर्षमा सी...

  • September 17, 2026

सभामुख अर्यालले आज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रद...

  • September 17, 2026

कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ऊर्जा सचिव दवाडीको सरुवा

  • September 17, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved