काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९र८० को बजेटमा राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको लागि पेश गरेको बजेटमा राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका ६ वटा कार्यक्रमलाई २७ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको नाममा तीन/तीन वटा कार्यक्रम रहेका छन् । तीमध्ये राष्ट्रपतिको नाममा रहेका तीन कार्यक्रममा ११ अर्ब ३९ करोड रुपैयाँ र प्रधानमन्त्रीको नाममा रहेका तीन कार्यक्रममा १६ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको कूल बजेटको १.५ प्रतिशत हिस्सा राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका कार्यक्रमले ओगटेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।










