Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चीनले सीमा नमिचेको भन्ने ओलीको अभिब्यक्ती माथि सांसद शाहीको आपत्ति,तस्बिर देखाउने चुनौती

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 28, 2022
72 shares

काठमाडौं ।  हुम्ला जिल्लाकी एक्ली  सांसद रंगमति शाहीले उत्तरी छिमेकी चीनले हुम्लामा सीमा नमिचेको प्रतिपक्षी दलका नेता तथा पुर्व प्राधनमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएकी छन्।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा भाग लिँदै सांसद शाहीले प्रतिपक्षी दलका नेता तथा पुर्व प्राधनमन्त्री केपी शर्मा ओलीले नमिचिएको भूमि मिचिएको छ भनेर बबण्डर मच्याइयो भनेर झुटा भाषण गरेकोमा आपत्ति जनाएकी हुन्।

शाहीले ओलीलाई समय दिन आग्रह गर्दै सीमाको तस्बिर नै देखाएर कहाँ कहाँ मिचिएको छ भनेर देखाउने पनि उल्लेख गरिन।आफू स्थलगत अवलोकनमा गएको जानकारी गराउँदै सिंहदरबार र हेलिकोप्टरमा नदेखिएको मिचिएको भूभाग आफूले तस्बिरमार्फत देखाउने चुनौती दिइन्।

नमिचिएको भूमि मिचिएको छ भनेर बबण्डर मच्याइयो भनेर ओलीले हुम्ला पुगेर अभिव्यक्ति दिएको र यो झुटा भएको शाहीको भनाइ थियो  ।

‘हुम्ला पुगेर सीमा मिचिएको छैन भन्नुभयो। पहिला सिंहदरबारबाट मिचिएको देखिएन। अस्ति हेलिकोप्टरबाट पनि देख्नुभएनछ,’ उनले भनिन्, ‘म चुनौती दिन चाहन्छु म त्यहाँ स्थलगत भ्रमण गरेर आएको छु, म सँग फोटो छ। मैले तपाईलाई फोटो हेर्न आउन त भन्दिन। तपाईले समय दिनुहुन्छ भने म यो फोटो देखाएर कहाँ कहाँ के के भएको छ भन्ने कुरा ब्रिफिङ गर्छु। अनि त्यसपछि मात्र मलाई जवाफ दिनुहोला। हुम्ली जनतालाई जवाफ दिनुहोला।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

मिसनरीदेखि विपद् राहतसम्म : नेपाल र नेपालीसँग इसाई सेवाको सात दशक

  • September 17, 2026

व्यवसायीलाई आयकर तथा भ्याटको ई–फाइलिङसम्बन्धी तालिम

  • September 17, 2026

सुनको मूल्य बढ्यो, तोलामा ८ सयले वृद्धि

  • September 17, 2026

देउवा पक्षमा ठूलो पहिरो, ३१ नेता गगन थापा नेतृत्वको कार्यसमिति...

  • September 17, 2026

दुई महिनामै सरकारको राजस्व संकलन १ खर्ब ८३ अर्ब रुपैयाँ

  • September 17, 2026

राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल तीन वर्षमा सी...

  • September 17, 2026

सभामुख अर्यालले आज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रद...

  • September 17, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved