काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुट्यो भने फेरि देश दुर्घटनामा जाने बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा प्रि–बजेटबारे छलफलमा बोल्दै प्रचण्डले देशलाई प्रतिगामी तत्वबाट बचाउनका लागि पनि अहिले गठबन्धन आवश्यक रहेको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई तिहाइ बुहमतको प्रतिनिधिसभा दुई दुई पटक भंग गरेको स्मरण गर्दै भने, ‘अहिले पनि देश प्रतिगामी तत्वहरुको खतरामा छ । त्यसैले यो गठबन्धन टुट्यो भने फेरि पनि देश दुर्घटनामा जान्छ, जानेछ । त्यसैले देशलाई दुर्घटनाबाट बचाउनका लागि भएपनि अहिलेको गठबन्धन कायम राख्न जरुरी छ ।’










