काठमाडौं । काठमाडौं महानगरपालिकाकको मेयरमा पराजित नेकपा एमाले उम्मेदवार केशव स्थापितले बालेन साहलाई शुभकामना दिँदै रचनात्मक सहयोग गर्ने बताएका छन् ।
उनले काठमाडौंको विकास र समृद्धिसँगै मेयर बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने भन्दै हरेक कमजोरीमा भने निरन्तर खवरदारी गरिरहने बताए ।

स्थापितले विज्ञप्ति निकाल्दै भनेका छन्, ‘काठमाडौं महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु । पाँच वर्षे कार्यकालमा तपाईँको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको छु ।’










