काठमाडौं । आज पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन ‘इच्छुक’को सम्झनामा २०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
प्रेस सेन्टर नेपालले इच्छुकको २०औँ स्मृति दिवसको अवसरमा आज काठमाडौंमा अन्र्तक्रिया तथा पुरुस्कार प्रदान समारोहको आयोजना गरेको छ ।

इच्छुकको महेन्द्र पुलिस क्लबका २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातना दिएर हत्या भएको थियो । सेन हत्याको २० बर्ष पुगिसक्दा पनि घटनाको सत्यतथ्य छानबिन हुन सकिरहेको छैन । हत्यारालाई कार्वाही हुन सकेको छैन ।










