काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि जनकपुर आइपुगेका छन् । मेयरमा विजयी भएका साहलाई नेता निधिले बधाई दिएका छन् ।
कांग्रेसबाट मागी उम्मेदवार बनेका मेयर साहले आज उपमेयर, वडाध्यक्ष र सदस्यहरूलाई सपथग्रहण गराउने कार्यक्रम राखेका छन् । उक्त कार्यक्रमको प्रमुख अतिथिमा निधिलाई बोलाएपछि अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका छन् ।











