काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना आज सकिन्दैछ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वानको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना जारी रहेको छ ।
बत्तीस वडा रहेको काठमाडौँ महानगरपालिकामा ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । भने, धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले आजै साझँसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।











