काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले प्रतिपक्षलाई सिध्याउन राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभामा सरकारले आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै ओलीले सत्ता पक्षले प्रतिपक्षलाई राज्य संयन्त्रलाई दुरुपयोग गरेर पेल्ने काम गरेको आरोप लगाएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले चुनावमा जित र पराजित स्वाभाविक कुरा भएपनि सत्ता पक्षले एमालेलाई सिध्याउँछु भनेरै लागेको आरोप लगाए ।










