काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले नभएको बताएका छन् । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सम्पन्न स्थानिय निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा नभएको बताएका हुन्।
निर्वाचन सम्पन्न भएको आज १४ दिनसम्म पनि नतिजा नआएको उल्लेख गर्दै ओलीले चुनावमा सत्ता पक्षले धाँधली गरेको आरोप समेत लगाए। ‘एमालेलाई पत्तासाफ गरिदिने’ सत्ता गठबन्धनको घोषित नीति नै भएको र त्यहीअनुसार निर्वाचन गराइएको ओलीकाे भनाइ छ । चुनावमा कतिपय ठाउँमा सत्ता पक्षले बुथ नै कब्जा गरेको समेत ओलिकाे आरोप थियो।

नीति तथा कार्यक्रमको सुरुमा भनिएझैं निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा नभएको ओलिले बताए। उनले भने, ‘निर्वाचन स्वच्छ हुन सकेन, धाँधलीरहित हुन सकेन। कतिपय ठाउँमा सत्ता पक्षले बुथ कब्जा गर्दा प्रहरी मूकदर्शक बनेर हेरेर बसेको छ।’सत्ता धारी गठबन्धनले देसका धेरै ठाउँमा स्वत स्फुर्त रुपले चुनाव लडेकाे थियाे भने थुप्रैठाउँ उनिहरुले पराजय ब्यहाेर्नाे पर्ने थियाे, त्याे पनि एकलाे नेकपा एमाले सँग, ओलिले थपे।










