Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चुनाबमा अन्तरघात र जित,को बन्ला त्रीयुगा नगरको मेयर ??                                        

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 3, 2022
171 shares

???? आकाश मगर

त्रीयुगा पानी नपरेको धेरै भयो रामनबमिको दिन पानी पर्ला जस्तो भयो तर पानी परेन , मैसम अधिक  गर्मी तर्फ  जादैछ।एका तिर मैसमी गर्मी अर्को तिर चुनाबी गर्मीले त्रीयुगा नगरबासिलाई निकै तताएकोछ। स्थानिय तहको यो चुनाबलाई निकै अर्थपुर्ण र महत्वका साथ हेरिएकोछ। अघिल्लो चुनाबमा नेकपा एमालेबाट अधिबक्ता बलदेब चौधरिले नगरप्रमुखको कुर्सी हात पार्दा उप प्रमुख भने काङ्ग्रेसको  देबि कुमारी चौधरिले जितिन।फरक पार्टि र फरक शिदान्त आस्था बोकेको पार्टी भएपनी एकै समुदाय (जातका ) ब्यक्तिहरुले मेयर र उपमेयर जित्दा नेपाली काङ्ग्रेसका उम्मेद्बारी वसन्त बस्ने त नेकपा माओबादी केन्द्रका युवा नेता किरण राईले पराजय ब्यहर्नु पर्‍यो ।

प्रश्न यहाँ नेर तेर्सियो बलदेबले जित्दै गर्दा फेरि देबि कुमारी चौधरिले पनि चुनाब जित्नुमा कतै जातिय एकता वा त्यो भावनाले त फरक पार्टिका दुइ चौधरिहरुले जितेका होइनन भन्ने थियो ।अर्को प्रश्न र संङ्का कतै वसन्त बस्नेत हार्नु र देबि कुमारिले जित्नुमा पार्टी भित्रै अन्तरघात त भएको थिएन ? तरै पनि यो पालिको स्थानिय तहको चुनाबमा ५ बर्ष अघि पराजित भएका बसन्तको मनमा कतै न कतै मेयरको सिंहासनमा बिराजमान हुने सम्भावनाहरु नजिककै आईरहेको देख्दछ उनी।उनको मनमा यो पाली चुनाब जित्छु भन्ने निकै अत्मा बिस्वास बढेकोछ,उनका नगरपालिकाको कार्यलयमा बाजागाजा सहित प्रबेस गर्ने रहरहरु अझै जिवन्त नै छ।

त्यो सपनाहरु सजिनुको कारण उनको मुख्य प्रतिद्वन्दी नेकपा एमाले बिभाजन भएको छ, एमालेका एक ठुलै समूह बिभाजन भएर नेकपा एकीकृत समाजबादी पार्टि भएकोले तुलनात्मक रुपमा हिजो भन्दा एमाले आज कमजोर छ।एमाले कमजोर हुनुको अर्को कारण हो केपि ओलिको प्रतिगमको बिरुद्वमा उभिएका  १० भाइ पक्षका इस्वरमणी राउतहरु जस्तो अन्य धेरै पुराना पार्टिका  सक्रीय कार्यकर्तालाई बाईपास गर्नु पनि हो। यसैले २०७४ मा झिनो मतले पराजय ब्यहोरोलेको वसन्त बस्नेत यो पालिको चुनाबमा बाजि मार्ने लगभग सम्भावना देखिन्छ । मेयरका अर्का प्रतिस्पर्दी हुन एमालेका भगवात राउत , पार्टि भित्र अन्तरसंघर्ष हुदा हुँदै पनि पुराना नेता इस्वर मणि राउतले टिकट नपाएर भगवतले पाउनुमा पनि एमाले अझै एक कदम कमजोर हुनु बिष्लेषकहरु बताउछन तरै पनि २०७४ सालमा एमालेकै सुर्य चिन्हबाट बलदेब चौधरिले चुनाब जितेकोले यसपाली पनि सुर्यमा भरोसा उनको यथावतैछ र उनी निकै आसबादिछन।

ओलिको प्रतिगमनको चर्को बिरोधी र प्रखर बक्ता हुन बलदेब चौधरी। तत्कालिन एमालेमा माधबगुटका चौधरिले संघिय गणतन्त्रको रक्षाको लागि ओलिको दुई दुई पटकको संसद बिघटनको चर्को बिरोध गरेर पार्टि बिभाजन हुदा उनी इमान्दारिताको साथ माधब खेमामानै रहे,यदपी धेरैले गुट परिबर्तन गरे । यसले चौधरी आफ्नो मुद्दामा अडान हुने साहसिक नेता र स्वच्छ छवि भएको नेता भनेर बुझिन्छ । ५ बर्ष मेयर सम्हालेका चौधरी मेयरका अर्का उम्मेद्वारी हुन । उनी सङ्ग बिकासका अनुभब र दर्शन निकै रहेका उनका बिरोधी पार्टिहरुका नेताहरु समेत बताउछन । दुई बर्ष कोरोना र राजनितिक अस्थिरताको बिचमा समेत उनले नगरलाई निकै अघि बढाएको उनको दाबिछ । नेकपा एस आफै नया पार्टी भएकोले तुलनात्मक रुपमा कमजोर भए पनि उनले अर्को बाम पन्थी शक्ति नेकपा माओबादी केन्द्र सङ्ग गठबन्धन गरेकोछ यसैले उनी फेरि अर्को कार्यकाल  त्रीयुगाको मेयरमा दोहोरिने सम्भावना अरु भन्दा प्रबल छ।

अनुभबी र एक प्रखर स्पष्ट बक्ता भएकै कारण बलदेब चौधरी जनताको सामु अरु दुई प्रतिस्पर्दी भन्दा लोकप्रीय छन, उनको त्रीयुगा र बरुवा नदि शिर देखि तिर तट बन्ध , सोलार बिधुत प्लान्ट, र त्रीयुगालाई  उपमहानगरपालिका बनाउने , शिक्षित बिकशित ,स्वस्थ्य र उधमशिल नगरको परिकल्पनाले जनताले पार्टि नहेरी ब्यक्तिमा बलदेबलाई जिताउने सम्भाबना धेरै देखिन्छ ।

 

को होला त मेयरको सिंहासनमा बिराजमान ?                             

तिनै जना प्रतिस्पर्धिहरु आफ्नो पार्टि पङ्तिमा लोकप्रीय भए पनि, कसले मेयरको सिंहाससनमा बिराजमान हुन्छ ?जनताले कसलाई बहुमत दिन्छ भन्ने कुराले धेरै अर्थ राख्दछ। काङ्ग्रेसको दृष्टिकोणमा वसन्त बस्नेत, एमालेको दृष्टिकोणमा भागवत र बामपन्थी गठबन्धनको दृष्टिकोणमा बलदेब योग्य भए पनि जनताले कसलाई बहुमत दिन्छ भन्नेले खास अर्थ राख्दछ।
राजनितिमा सबै कुरा जायज हुन्छ। अझ नेपाली राजनितिमा धोका, छल ,अन्तरघात यी कुरा त सामान्य हुन । राजनितिले राष्ट र समाज निर्माणको नितिनियम र पद्दतिहरुको बिकास गरे नेपाली राजनितिले सेवक नभै मालिक उत्पादन गरिरहेको हुन्छ। राजनिती भन्ने बित्तिकै यो एक शक्ति संचयको खेलहो, यो शक्तिको खेलमा आफ्नै परिवारका सदस्यहरु बिचसमेत बैचारिक युद्वहरु परिरहेको हुन्छ । स्थानिय तहको यो निर्बाचन प्रदेश र संघिय संसदको चुनाबको पहिलो आखिझ्याल समेत हो ।यसले पार्टि कति बलियो र कमजोर रहेछ भनेर विश्लेषण गर्न र त्यही प्रकारले रणनितिहरु बनाउन दलहरुलाई मद्दत पुग्छ ।

आफ्नो अस्तित्वलाई जोगाई रहने हो भने अर्काको अस्थित्वलाई  कित कमजोर बनाउने कि त आफै शक्तिशाली हुनु पर्नेनै हुन्छ। शक्ति प्राप्तिको लागि पुर्बराजा ज्ञानेन्द्र शाहले आफ्नो दाजु पुर्ब राजा बिरेन्द्र शाहको बंश नाश गर्‍यो भन्ने संका आम जनमासमाछ। यसैले यो पाली कसले बाजि मार्ला र कसकसले अन्तरघातको सामना गर्नु पर्ला यो आउने चुनाबी नतिजाले नै देखाउला।

एमालेमा अन्तरघात कति सम्भावना?

हिजो संसद बिघटनको खुलेर चर्को बिरोध गरेका एमाले जिल्ला कमिटिका पुर्ब अध्यक्ष ईस्वर मणि राउत मेयरमा  टिकट पाउने प्रबल सम्भाबित नेता थिए, सबै तिर चर्चा उनकै थियो तर चुनाब भागवतको भागमा पर्‍यो ,जिल्ला भरिनै टिकट बितरणमा ओलि निकटकै ब्यक्तिहरु मनोनित भए जसकारण पुराना  पार्टिमा योगदान दिएका ब्यक्तिहरु बाईपास गरिदा ,उनिहरुको राजनितिक भबिष्यनै संकष्टमा परेको छ। यदि आफ्नो राजनिती करियरलाई अगाडि बढाउने र शक्तिलाई अझ ससक्तिकरण गर्ने हो भने यो चुनाबमा एमालेका १० भाइ पक्षले  पार्टिमा अन्तरघात गर्न आवस्यक नै देखिन्छ र यसरि मात्र उनिहरुको राजनितिक भबिष्यलाई जोगाईरहन सक्छ। यसैले यो सबै बुझेका पुर्ब अधक्ष्य राउत र अन्य पुराना नेताले पार्टिमा अन्तरघात गर्छन ।

पछिल्लो समयहरुमा ओलिले आदिबासी जनजातिलाई गिराएर तुच्छ शब्द प्रयोग गरि बोल्ने र लखन थापा नेपालको पहिलो सहिद हैन भनेर दिएको अभिब्यक्तिहरुले गर्दा पनि एमालेमा अन्तरघात हुने सम्भावना प्रबल छ जसकारण काङ्रेस र गठगन्धनले यसबाट फाईदा लिन सक्छ ।

बसन्तको पालुवाले के रुखमा नया  आशाको पालुवा पलाउला त ? भन्ने एक खालको प्रश्न जनतामा छ। काङ्ग्रेसको क्षेत्रीय सभापतिको लागि खगेन्द्र राइलाई जिताएर वसन्त बस्नेतलाई हराउन   चुनाबको अघिल्ला दिनहरुमा डा. नारायण खड्का स्वयम् अभियानको साथ चौदण्डि नगतपालिकामा र त्रीयुगा नगरपालिकामै पनि उनले गौण अभियान चलाएका थिए । यदि नारायण खड्का र विशेष हिमाल कार्किले राजनितिमा आफ्नो बर्सच्व कायम राखिरहनु हो भने , आफू भन्दा पछि आउने सम्भाबित नेतालाई उनले यश म्यान बनाएर राख्नु पर्ने हुन्छ ताकी उ आफ्नै कुममा कुम जुधाउने नहोस ।

यदि बस्नेतले आफ्नो बस्नेत कुलको बिरासत उभ्याउन सक्यो भने ,हिमाल कार्की र अन्य नेताहरुको राजनितिक जिवनको लागि घातक बन्न सक्छ भन्ने कुरामा कार्की जानकारनैछन, यसैले अहिले जुन छवि र गरिमा जिल्लामा उनको छ ,यदि अर्को शक्तिशाली नेता आएमा त्यो उनको लागि पतनको शुरुवात हुन सक्छ यसैले बसन्तको पालुवा फेर्नै लाग्दा अन्तरघातको प्रहारले ओईलाउन सक्ने सम्भावनाहरु धेरैछन ।कार्किलाई के थाहा छ भने बस्नेत एक ब्यावसायिक ब्यक्ती हुन यदि उनले चुनाब जिते ,उनको लोकप्रीयता र पैसाको अघाडी कार्किहरु ओझेल पर्न सक्ने भएकोले पनि यो पालिको चुनाबमा बलदेबले फाईदा लिन सक्छ ।

बलदेब चौधरी यो बर्षको उत्कृष्ट चुनाबी खेलाडि बन्न सक्ने सम्भावना धेरै छ, नेकपा समाजबादी पार्टि र माओबादी केन्द्रको गठबन्धन यो चुनाबमा निकै लोकप्रीय देखिएकोछ । काङ्ग्रेस र एमाले आफ्नै पार्टि भित्रको अन्तरघात बलदेबको लागि सुनमा सुगन्ध बन्न सक्ने सम्भावना छ । केही जनता असन्तुष्ट भए पनि अनुभव र कामको आधारमा यो चुनाबमा पनि जनताले बलदेब चौधरिलाई नै मेयरमा स्वागत गर्ने राजनितिक बिष्लेशकहरु बताउछन ।

चुनाबमा जित जसको भए पनि जनताले भोट ,जनताको सेवक हुनका लागि दिएकाहुन,मालिक हुनको लागि होइन यसैले बिजेता नया मेयरले जनताको जीवन परिबर्तनको लागि, सुखी र समृदिको लागि काम गर्न आवस्यकछ , आफ्नो आसेपासे र चाप्लुसी गर्नेहरुको लागि होइन तर समस्त नगरबासिको मुहारमा मुस्कान दिन जरुरिछ ।

 

लेखक  यस suchanachautari.com का जिल्ला सम्बादाता स्वतन्त्र पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved