Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इन्टरनेट तथा टेलिभिजन कम्पनीहरुले प्राधिकरणलाई तिरेन पाेल भाडा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 22, 2022
3 shares

काठमाडौं। इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनीहरू कम्पनीहरूले पोल भाडाको बक्यौता भुक्तानी नगरेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।

गत असोजमा प्राधिकरण र इन्टरनेट तथा केबल सेवा प्रदायकबीच कात्तिकभित्र पोल भाडाको बक्यौता तिर्ने सम्झौता भएको थियो । त्यतिबेला पोल भाडा लगाउने विषयमा नयाँ सम्झौता गर्ने सहमति समेत भएको थियो । तर, तोकिएको म्याद सकिएको ३ महीना बितिसक्दा पनि सम्बन्धित सेवा प्रदायकले बक्यौता नबुझाएको प्राधिकरणको भनाइ छ ।

यसैगरी सेवा प्रदायक कम्पनीहरू पोल भाडा सम्बन्धमा सम्झौता गर्न पनि नआएको प्राधिकरणले बताएको छ । इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायकहरू बक्यौता तिर्न तथा नयाँ सम्झौता गर्न नआएपछि प्राधिकरणले पुनः तार काटिदिने चेतावनी समेत दिएको छ । प्राधिकरणले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै तत्काल बक्यौता तिर्न भनेको छ ।

सेवा प्रदायकले बक्यौता नतिरे पुनः तार काटिदिने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताएका छन् । ‘हामीले पोल भाडा बापतको बक्यौता तिर्न सूचना जारी गरिसकेका छौं । सूचनामा तोकिए बमोजिम सेवा प्रदायक कम्पनीहरू बक्यौता तिर्न नआए तार काट्नेछौं,’ उनले भने । इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले भने तत्काल यस विषयमा कुनै प्रतिक्रिया नदिने बताए ।

गत असोजमा पोल भाडासम्बन्धी विवाद अल्पकालीन तथा दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले कार्यदल गठन समेत गरिएको थियो । आर्थिक अभियान दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved