Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजस्व छली प्रकरणः अनुसन्धानमा ढिलाइ हुँदा आशंका, प्रतिवेदन बनाउन आलटाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 21, 2022
0 shares

काठमाडौं । करोडौं राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकले अनुसन्धान प्रक्रियालाई प्रभावमा पार्न विभिन्न उपाय अपनाउन थालेका छन् ।

शक्तिकेन्द्र धाउनेदेखि राजस्व अनुसन्धान कार्यालय इटहरीका अनुसन्धान अधिकृतलाई नै प्रभावमा पार्नेगरी चलखेल गरिरहेको दाबी स्रोतको छ । जसका कारण इटहरी कार्यालयले केही समयदेखि यो विषयको अनुसन्धान प्रक्रियालाई समेत तीव्रता दिन सकेको छैन ।

स्रोतका अनुसार इटहरी कार्यालयबाट यस प्रकरणको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत सबै जना झापा निवासी भएकाले उनीहरूले यो अनुसन्धानलाई टुंगोमा पु¥याउन चाहिरहेका छैनन् । भगवती लेमिनेट्सको केन्द्रीय कार्यालय झापामा छ र यसका अधिकांश सञ्चालक पनि झापा निवासी हुन् ।

सञ्चालकले यस प्रकरणलाई आन्तरिक रूपमा मिलाउन अनुसन्धान अधिकृतहरूलाई नै प्रभावमा पार्न थालेको स्रोतको दाबी छ । भवगती लेमिनेट्सको राजस्व छलीको छानबिन गरिरहेको इटहरी कार्यालयले त्यसको प्रतिवेदन राजस्व अनुसन्धान विभागमा पठाउनसमेत आनाकानी गरिरहेको बताइएको छ । विभागका अधिकारीले भने यस प्रकरणलाई गम्भीरतापूर्वक लिइएको दाबी गरेका छन् ।

भगवती लेमिनेट्सका सञ्चालकहरूले भने विभिन्न शक्तिकेन्द्रहरूसँग आपूmहरूको सम्बन्ध रहेकाले जतिसुकै राजस्व छली गरे पनि उम्कन सक्ने भन्दै सरकारी अधिकारीको निष्पक्षतामाथि प्रश्न उठाउने काम गरिहेको बताइन्छ । आर्थिक अपराधबाट उम्कन उनीहरूले विभिन्न खाले सेटिङको प्रयास गरिरहेको र सो सेटिङमा राजस्व कार्यालय इटहरीकै अनुसन्धान अधिकृतसमेत पर्न थालेको चर्चा चल्न थालेको छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले बयानका लागि भगवती लेमिनेट्स प्रालिका सातै जना सञ्चालकलाई बोलाएर औपचारिकता मात्रै निभाएको कार्यालयका कर्मचारीको भनाइ छ । सञ्चालक रजनीश कर्नानी, सन्तोष आचार्य र रतनलाल अग्रवाल बयानका लागि गएका थिए भने बाँकी सञ्चालक निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाल हालसम्म पनि बयानका लागि नगएको बताइएको छ ।

इटहरी कार्यालयले अनुसन्धानमा ढिलाइ गरेकाले अब यस प्रकरणलाई राजस्व अनुसन्धान विभागले केन्द्रीय रूपमा नै हेर्नुपर्ने दबाब बढेको छ । इटहरी कार्यालयले अुसन्धानमा ढिलाइ गरेकाले विभागले यस सम्बन्धमा इटहरी कार्यालयसँग आवश्यक जानकारी लिने काम गरिरहेको बताइएको छ ।

छानबिनकै क्रममा राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतले भगवती लेमिनेट्स प्रालिका सात जना सञ्चालकहरूको सबै बैंक खाता र बैंक स्टेटमेन्ट माग गरे पनि उनीहरूले सबै विवरण दिन आलटाल गरिरहेका छन् । पछिल्लो समयमा इटहरी कार्यालयले पनि उनीहरूमाथि कडाइ गर्न सकेको छैन । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved