Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न पाइने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 11, 2022
3 shares
काठमाडौं। होटललगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालनका लागि स्थानीय प्रशासनलाई व्यवसायीहरूसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी उक्त व्यवसाय सञ्चालनका लागि जारी ‘मापदण्ड तथा आचारसंहिता’ अपनाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो । गृह प्रवक्ता एवं सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा गठित समितिले रात्रिकालीन मनोरञ्जनप्रधान पर्यटनमूलक व्यवसायलाई समय सान्दर्भिक रूपमा व्यवस्थित र मर्यादित बनाउन अध्ययन प्रतिवेदन तयार पारेको थियो ।

प्रत्येक व्यवसाय प्रचलित कानुनबमोजिम आवश्यक दर्ता प्रक्रिया पूरा गरी सञ्चालन हुनुपर्ने छ । अश्लील नृत्य पूर्ण रूपमा निषेध गरी मौलिक र सीपमूलक नृत्यहरू प्रस्तुत गरी आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने मनोरञ्जन प्रदान गर्नुपर्ने छ ।

त्यस्तै कामदारलाई पदअनुसार पोसाक, परिचयपत्र खाना–नास्ता तथा व्यवसायस्थलदेखि घरकोठा पुग्न यातायात व्यवस्था मिलाउनुपर्ने छ । ग्राहकलाई यातायातको असुविधा भएमा सःशुल्क सवारी व्यवस्था गर्नुपर्ने जारी आचारसंहितामा उल्लेख छ । प्रचलित कानुनअनुसार करार सम्झौताका आधारमा कामदारलाई नियुक्तिपत्र दिई पदअनुरूप पारिश्रमिक (तलब भत्ता सुविधा) प्रत्येक महिना मसान्तभित्र उपलब्ध गराउनुपर्ने छ ।

डान्स रेस्टुरेन्ट एन्ड बार, लाइभ ब्यान्ड, लाउन्जबार, पपबार, डिस्को क्लबजस्ता व्यवसायमा १८ वर्षमुनिको बालबालिकालाई कामदार तथा ग्राहकका रूपमा प्रवेशमा निषेध गरिएको छ । सबैले मेनुमा निर्धारित मूल्य सूचीबाहेक थप बिलिङ र ओभर बिलिङ गरी ग्राहकलाई दुःख दिन पाइने छैन । कोभिड–१९ महामारी नियन्त्रण स्वास्थ्य मापदण्डलाई पूर्णपालना गर्नुपर्ने छ । सुरक्षा व्यवस्थापनका लागि प्रवेशद्वार र प्रत्येक टेबुलहरू प्रस्ट देखिने गरी सिसी क्यामेरा गरी त्यसको रेकर्ड कम्तीमा ३० दिनसम्म बस्ने व्यवस्था मिलाउनुपर्ने छ ।

कामदारको बोली व्यवहार सुधार र सरसफाइमा विशेष जोड दिएको छ । ध्वनि प्रदूषण रोक्न साउन्ड प्रुफ, बत्ती, आपत्कालीन ढोका र कामदारलाई नियमित प्रशिक्षणको व्यवस्था गर्नुपर्ने छ । ठमेल पर्यटन विकास परिषद् रात्रिकालीन व्यवसाय उपसमितिका महासचिव आयुष ठकुरीले गृह मन्त्रालयबाट जारी मापदण्ड तथा आचरसंहिता स्वागतयोग्य रहेको बताउनुभयो । काठमाडौँं उपत्यकामा डिस्को क्लब १५, दोहोरी करिब ७०, डान्स १०५, लाइभ रेस्टुरेन्ट तथा पप र गजलबार २५ गरी करिब पाँच सय व्यवसाय छन् । त्यसमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० हजार श्रमिक संलग्न रहेको अनुमान छ । गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

मनसुनमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् प्राधिकरणको आग्रह,...

  • July 23, 2026

पुष्पलालको ४८औँ स्मृति दिवस आज, देशभर विविध कार्यक्रम आयोजना

  • July 23, 2026

दाइजो प्रथा अन्त्यका लागि सरकारको सक्रियता, मन्त्री सिता बादी ...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved