Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आफैलाई ढुँगा बर्साउने प्रदर्शनकारीलाई रगत दिएर बचाउने प्रहरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 26, 2022
12 shares

काठमाडौं । अमेरिकी अनुदान सहायता (एमसीसी)को विरोधमा प्रहरीमाथि ढुङ्गा हान्ने क्रममा घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । काठमाडौँको बुद्धनगरमा बिहीबार भएको एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका डडेल्धुरा नवदुर्गा गाउँपालिका–५ का २९ वर्षीय हेमराज अवस्थी गम्भीर घाइते भएका थिए ।

प्रदर्शनकारीले प्रहरीलाई हानेको ईंटा अचानक अवस्थीलाई पछाडिबाट लागेर गम्भिर घाइते भएपछि उनलाई प्रहरीले उद्धार गरी नयाँबानेश्वरको एभरेस्ट अस्पताल पुर्‍याएको थियो । ईंटा लागेर उनको टाउकोको हड्डी फुटेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले प्रदर्शनकारी घाइते भएको सूचना पाउनासाथ नजिकैको प्रहरी टोलीलाई उद्धार गर्न निर्देशन दिइएको बताए । उनले भने, “घाइतेको टाउको पछाडि चोट लागेकाले प्रदर्शनकारीले नै हानेको हुनुपर्छ । यद्यपि यसबारे हामी अनुसन्धान गरिरहेका छौँ ।”

बुद्धनगरमा घाइते भएका अवस्थीलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो । टाउकोमा गहिरो चोट लागेर बेहोस भएका उनलाई थप उपचारका लागि एभरेस्ट अस्पतालबाट राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पताल पुर्‍याइएको थियो । ट्रमा सेन्टरमा समेत उपचार हुन नसकेपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो ।

न्युरो अस्पतालले तत्काल शल्यक्रिया गर्न रगत आवश्यक पर्ने जानकारी दिएको थियो । घाइतेको रगत समूह ओ नेगेटिभ रहेको र उक्त समूहको रगत अभाव देखिएपछि प्रहरीले उपत्यकाभरका प्रहरी कार्यालयमा सन्देश पठायो । प्रहरी गण नम्बर–१ नक्साल काठमाडौँमा कार्यरत २३ वर्षीय प्रहरी जवान सामिनाथ यादवले अस्पताल पुगेर रक्तदान गरे र शल्यक्रिया सफल भएको छ । गोरखापत्र

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved